विकासमा हेलचेक्राई

दमकको बेलडाँगी जाने सडकले निम्ताउँदै छ जोखिम

समयमा निर्माण नभएपछि यात्रु र स्थानीयबासी बिभिन्न सास्ती भोग्न बाध्य

दमक, १३ साउन |  दमकबाट उत्तर तर्फ बेलडाँगी जाने सडक अहिले निर्माणाधीन छ । तर यो निर्माणाधीन काम असार अघी सम्म हुनुपर्ने हो । असारमै काम सक्ने सम्झौता भएपनि ठेकेदार कम्पनीले समयमा काम नसक्दा यो सडकले अनेकन जोखीम बढाइरहेको छ । सडकको दुवै किनारमा खनेर बिचमा डील सहितको सडक अलपत्र पारिएपछि सडक जोखिमयूक्त बनेको हो ।

 

असार मसान्तसम्म काम सक्ने गरि निर्माण कम्पनीले ठेक्का लिगेको दमकको बेलडाँगी रोड अन्तर्गत पर्ने रामचोक देखी बेलडाँगी सम्मको सडकको काम साउनको दोस्रो हप्ता सुरु भईसक्दा पनि सम्पन्न हुनसकेको छैन । दमकको बेलडाँगी हुदैँ इलाम, पाँचथर र ताप्लेजुङ सम्म जाने गाडी समेत कुद्ने यो सडक निकै व्यस्त छ । यो सडकलाई फराकिला बनाउने भन्दै निर्माण कार्य थालिएको भएपनि यसले समयमा सम्पन्नता नपाउँदा दुर्घटनाको पासो बनीरहेको छ ।

 

 

यहाँ डे्रनको लागी खनिएको ठाउँमा डे्रनको निर्माण कार्य ढिलो हुदाँ सडक किनारमा रहेका बिजुलीका पोलहरु ढल्न थालेका छन् । यसरी पोल लडेर घरमा लाग्दा हाफ्‌नो ज्यान जोगाउन पनि गाह्रो भएको बताउनुहुन्छ दमक २की स्थानिय कन्चन लिम्बु ।

 

 

फराकिलो बनाउने भन्दै निर्माण कार्य थालिएको बेलडाँगी सडकमा अहिले पैदल हिड्न पनि असहज छ । सामान्य वर्षा भयो भने बाटो चिप्लो हुन्छ । सवारी साधन चलाउनै गाह्रो । पानी नपरेर घाम लाग्यो र हावा चल्यो भने सडकको धुलो घरको भान्साकोठा सम्मै पुग्छ । यसरी अलपत्र पारिएको सडकले सास्ती दिइरहेको अर्को स्थानीयबासी सुकुमारी खड्का दुखेसो सुनाउनु हुन्छ ।

 

 

यहाँ चोविसै घण्टा सवारी साधन चल्ने गर्छ । तर यो सडकमा अहिले भने सवारी साधन चलाईरहँदा निकै जोखिमको सामना गर्नुपरेको यही सडक भएर अटो रिक्सा कुदाइरहनु भएका वीवन लिम्बुले आफ्‌नो सास्ती सुनाउनु हुन्छ ।

 

यस अघी यो काम असार मसान्त सम्म सक्ने सम्झौता भएको थियो । तर अहिले काम गर्ने सम्झौतानै ढिला भएको र मौसमका कारणपनि काम गर्न अवरोध भएकोले तीन महिना समय थप गराइएको दमक नगरपालिका वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु