के हो मिकल्स डाईभरकुलिटिस?

किओच बाल अस्पतालमा दुर्लभ रोगको सफल शल्यक्रिया

पुर्वी नेपालकै लागि आशाको केन्द्र यस सफल शल्यक्रियाले दमकलाई बाल स्वास्थ्य उपचारको केन्द्रका रूपमा अझ स्थापित गराएको छ ।

दमक, १३ साउन । दमक जस्तो सहर—जहाँ गाउँ र सहरको संवेदना एकैसाथ धड्किन्छ । यहाँको अस्पतालमा पनि कहिले काहीँ चमत्कार झैँ हुने गर्छ । हालै दमक ७ मा अवस्थित किओच बाल अस्पतालले गराएको एक दुर्लभ र जटिल शल्यक्रियाले यस सहरलाई चिकित्सा सेवाको नयाँ पहिचान दिएको छ ।

 

मोरङको नेपोखरी गाउँपालिका–६ का २ वर्ष ८ महिनाका बालक मिकल्स डाईभरकुलिटिस नामक दुर्लभ रोगबाट पीडित थिए । पेट दुख्ने, रगतसहित दिशा आउने जस्ता लक्षण देखिएपछि उनीहरू झापाकै दमक रेडक्रसमा रगत परीक्षणका लागि आए । परीक्षणबाट पनि केही ठोस थाहा नभएपछि बालकलाई राजधानी काठमाडौँ लगियो । त्यहाँ रोग त पत्ता लाग्यो, तर तत्काल सल्यक्रिया सम्भव भएन । चिकित्सकले १५ दिन पर्खन सुझाए ।

 

 

तर नियतीले त्यो समय दिएन । बालकको अवस्था अचानक बिग्रियो । काठमाडौँ फर्किन सक्ने अवस्था थिएन । संकटको घडीमा अभिभावकले आशा राखे—दमकमै केही सम्भव छ कि?

 

त्यसपछि बालकलाई किओच बाल अस्पताल ल्याइयो । काठमाडौँबाट आएका शल्यचिकित्सक डा. दिनेश कोईरालाको नेतृत्वमा विशेष टिमले शल्यक्रिया गर्‍यो । नाजुक अवस्थामा ल्याइएका ती बालकको सफल शल्यक्रिया भयो, र अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

 

बालककी आमा रीना राईले आँखा रसाउँदै भनिन्,
“दमकमै यस्तो शल्यक्रिया सफल हुने भन्ने त कल्पनै थिएन, हामीलाई नया जीवन जस्तै भयो यो ।

के हो मिकल्स डाईभरकुलिटिस?
बालरोग विशेषज्ञ डा. सुनिल कोईरालाका अनुसार मिकल्स डाईभरकुलिटिस पेटको सानो आन्द्रामा हुने जन्मजात थैलीमा संक्रमण हुने गम्भीर रोग हो । समयमै पत्ता नलागेमा आन्द्रामा प्वाल समेत पर्न सक्छ ।

“यो रोग अलिक ढिलो पत्ता लाग्ने खालको हुन्छ,“
डा. कोईरालाले जानकारी दिँदै थपे,
“दाँया पेट दुख्ने, दिशा गर्दा बारम्बार रगत आउने जस्ता लक्षण देखिएमा तुरुन्तै अस्पतालमा जाँच गराउनु पर्छ ।

पुर्वी नेपालकै लागि आशाको केन्द्र
यस सफल शल्यक्रियाले दमकलाई बाल स्वास्थ्य उपचारको केन्द्रका रूपमा अझ स्थापित गराएको छ । विशेषगरी ग्रामीण क्षेत्रका बिपन्न परिवारलाई राजधानी जान नसक्ने अवस्थामै दमकमै जटिल रोगको उपचार सम्भव भएको सन्देश दिएको छ ।

अस्पतालका चिकित्सकहरू भन्छन्—अब हरेक जटिल केसको लागि राजधानी धाउनै पर्छ भन्ने अवस्था छैन ।
“यस घटनाले देखायो कि अब जटिल शल्यक्रिया पनि दमकमै सम्भव छ, यसले पूर्वी नेपालका धेरै बालबालिकालाई फाइदा पुर्याउने छ ।“

न्युनतम शुल्कमा, उच्च सेवा
महँगो उपचार खर्च र टाढाको यात्राको डरले थलिएका सयौं अभिभावकका लागि किओच बाल अस्पताल न्युनतम शुल्कमा पनि जटिल सेवा सम्भव छ भन्ने उदाहरण बनिदिएको छ ।

यो सफलताको पछाडि अस्पतालको निरन्तर लगानी, दक्ष चिकित्सक टिम र आधुनिक उपकरणहरूको सहयोग छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु