दमकका ट्याक्सीहरुमा ह्विल लक

अटेर गरे ट्याक्सी चलाउनै रोक्नेसम्मको चेतावनी

खासगरी रातो नम्बर प्लेट भएका ट्याक्सीहरू बजारमै लाइन लागेर बस्ने गरेका छन् ।

दमक, १५ साउन ।  झापाको दमक नगरपालिकाले एक वर्षअघि दमक चोकमा भीड र ट्राफिक जाम नियन्त्रण गर्न ट्याक्सी स्टेण्डलाई दमक–७ स्थित पशुहाटको खुल्ला स्थानमा स्थानान्तरण गरेको थियो।

 

व्यवस्थित पार्किङ र यातायात व्यवस्थापनका लागि गरिएको यो निर्णयको पालना अझै पनि पूर्णरूपमा हुन सकेको छैन। ट्याक्सी चालकहरूलाई नयाँ स्टेण्डमा जान पटकपटक आग्रह गरिए पनि, केही चालकहरू अझै साबिककै स्थान दमक चोक क्षेत्रमै अव्यवस्थित रूपमा पार्किङ गर्दै आएका छन्।

 

खासगरि रातो नम्बर प्लेट भएका निजी सवारी साधनका ट्याक्सीहरू बजारमै लाइन लागेर बस्ने गरेका छन । जसका कारण बजार क्षेत्र ट्राफिक जामले प्रभावित हुनुका साथै पैदलयात्रीहरूलाई समेत असहज भएको छ।

 

दमक नगरपालिका र नगर प्रहरीको पटकपटकको अनुरोध बेवास्ता गर्दै आएको भन्दै, आज नगर प्रहरी एक्सनमा उत्रिएको छ। नगर प्रहरी प्रमुख रुद्र बहादुर कार्कीको नेतृत्वमा गएको टोलीले बुधबार दमक मुख्य बजार क्षेत्रका पाँच वटा ट्याक्सीमा ह्विल लक लगाएको छ।

 

 

प्रमुख कार्कीका अनुसार नगरपालिका अब नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गर्ने तयारीमा रहेको छ। अझै अटेर गरे दमकमा यसखाले ट्याक्सी सञ्चानमै रोक लगाउने तयारी समेत नगरमा छलफल भएको र त्यसको भागेदार नबन्न समेत नगर प्रहरी प्रमुख कार्कीले चेतावनी दिनुभएको छ ।

 

यसबीच, केही ट्याक्सी चालकहरूले भने नयाँ स्टेण्डमा यात्रु नपाइने गुनासो गर्दै आएका छन्। यसैगरि नया ट्याक्सि स्टयाण्ड ब्याबस्थित नभएको समेत उनीहरुको गुनासो छ । तर त्यस ठाउँमा निशुल्क वाईफाई, खानेपानी, खुल्ला र हरियाली सहितको व्यवस्थापन गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका