दमकका ट्याक्सीहरुमा ह्विल लक

अटेर गरे ट्याक्सी चलाउनै रोक्नेसम्मको चेतावनी

खासगरी रातो नम्बर प्लेट भएका ट्याक्सीहरू बजारमै लाइन लागेर बस्ने गरेका छन् ।

दमक, १५ साउन ।  झापाको दमक नगरपालिकाले एक वर्षअघि दमक चोकमा भीड र ट्राफिक जाम नियन्त्रण गर्न ट्याक्सी स्टेण्डलाई दमक–७ स्थित पशुहाटको खुल्ला स्थानमा स्थानान्तरण गरेको थियो।

 

व्यवस्थित पार्किङ र यातायात व्यवस्थापनका लागि गरिएको यो निर्णयको पालना अझै पनि पूर्णरूपमा हुन सकेको छैन। ट्याक्सी चालकहरूलाई नयाँ स्टेण्डमा जान पटकपटक आग्रह गरिए पनि, केही चालकहरू अझै साबिककै स्थान दमक चोक क्षेत्रमै अव्यवस्थित रूपमा पार्किङ गर्दै आएका छन्।

 

खासगरि रातो नम्बर प्लेट भएका निजी सवारी साधनका ट्याक्सीहरू बजारमै लाइन लागेर बस्ने गरेका छन । जसका कारण बजार क्षेत्र ट्राफिक जामले प्रभावित हुनुका साथै पैदलयात्रीहरूलाई समेत असहज भएको छ।

 

दमक नगरपालिका र नगर प्रहरीको पटकपटकको अनुरोध बेवास्ता गर्दै आएको भन्दै, आज नगर प्रहरी एक्सनमा उत्रिएको छ। नगर प्रहरी प्रमुख रुद्र बहादुर कार्कीको नेतृत्वमा गएको टोलीले बुधबार दमक मुख्य बजार क्षेत्रका पाँच वटा ट्याक्सीमा ह्विल लक लगाएको छ।

 

 

प्रमुख कार्कीका अनुसार नगरपालिका अब नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गर्ने तयारीमा रहेको छ। अझै अटेर गरे दमकमा यसखाले ट्याक्सी सञ्चानमै रोक लगाउने तयारी समेत नगरमा छलफल भएको र त्यसको भागेदार नबन्न समेत नगर प्रहरी प्रमुख कार्कीले चेतावनी दिनुभएको छ ।

 

यसबीच, केही ट्याक्सी चालकहरूले भने नयाँ स्टेण्डमा यात्रु नपाइने गुनासो गर्दै आएका छन्। यसैगरि नया ट्याक्सि स्टयाण्ड ब्याबस्थित नभएको समेत उनीहरुको गुनासो छ । तर त्यस ठाउँमा निशुल्क वाईफाई, खानेपानी, खुल्ला र हरियाली सहितको व्यवस्थापन गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप