श्रीमतीको हत्या

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

killed_te7Mbp4z4Q

 

 

झापा : भद्रपुरमा मोबाइल फोन बिग्रिएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- १ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

तामाङले आफ्नै घरमा ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई सोमबार बिहान हत्या गरेका हुन्। प्रहरीका अनुसार मोबाइल फोन बिग्रेको निहुँमा उनीहरूबीच झगडा भएको थियो।

झगडाको क्रममा श्रीमानले श्रीमतीको घाँटीमा चक्कु र शरीरमा ढुङ्गा प्रहार गरी हत्या गरेको डिएसपी पाठकले जानकारी दिए। घटना भएलगत्तै  सीमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर तामालाई पक्राउ गरेको छ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन