दमक, साउन १७/ सर्पले डसीहालेमा तत्कालै के गर्ने? भन्नेबारेमा जानकारी दिनुहुदै रोटरी क्लब अफ काठमाडौंका रोटेरियन डा. निर्मल रिजाल । उहाँको टिम अहिले देशव्यापी रुपमा सर्प दम्सको सुरक्षीत र व्यवस्थित उपचार हुनु पर्छ भन्दै अभियान चलाइरहेको छ । सोहि अन्तर्गत शुक्रबार नेपाल रेडक्रस सोसाईटी दमक उप शाखाले सञ्चालनमा ल्याएको सर्प दम्स उपचार केन्द्रमा उहाँको टोली आइपुग्यो ।
टोलीले यस क्षेत्रमा सर्प दम्सको समस्या, उपचारको अवस्था र यसको सहजतामा के गर्न सकिन्छ भन्नेबारेमा सामुहिक छलफल गर्यो । सो क्रममा दमकको सर्पदम्स उपचार केन्द्रमा स्थापनाकालदेखीनै सर्प दम्स उपचारको प्राविधिकको रुपमा काम गरिरहनु भएका देवि भण्डारीले यस ठाउँको सर्पको जोखिम र अहिले यस उपचार केन्द्रमा उपलब्ध उपचारको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले अहिले सम्म यस क्षेत्रमा ६ प्रकारका विशालु करेन्ट सर्प उपलब्ध रहेको, गोमन सर्प तीन प्रकारका पाइने र यसको टोकाईको लक्ष्य फरक फरक ढंगले थाह हुने जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा दमक सहित आसपासका सामाजीक अभियान्ता र स्थानीयबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो क्रममा इलामको चुलाचुलीबाट प्रतिनिधित्व गर्दै सहभागीता जनाउन आउनु भएका सामाजीक अभियान्ता चक्र गजेमेरले यसखाले कर्याक्रम चुलाचुली जस्तो बढि प्रभावित र ग्रामीण क्षेत्रमा गरिएको भए अझ प्रभावकारी बन्न सक्ने सुझाव दिनु भयो ।
साथै अन्य बिभिन्न सहभागीहरुले सो अवसरमा सर्प दम्सको जोखिम, सुरक्षीत उपचार र तत्कालै गरिहाल्न पर्ने प्राथमिक उपचार तथा उपायका बारेमा विज्ञहरुलाइ प्रश्न गरेका थीए । सहभागीहरुको प्रश्नको आ आफ्नो बिज्ञताका आधारमा कार्यक्रममा सहभागीता जनाउनु भएका बिज्ञ तथा जानकारहरुले जवाफ दिनु भएको थियो । यहि क्रममा दमकमा रहेको निम्स नेशनल हस्पिटलमा मेडिकल अफिसर विक्रान्त विक्रम खरेलले सर्पले टोकीहालेमा तत्कालै के गर्ने र अस्पताल सम्म कसरी सुरक्षीत ढंगले ल्याउने भन्नेबारेमा आफ्ना बिचार राख्नु भएको थियो ।
सर्प दम्सको उपचारका अझैपनि रुडीवादी सोच रहेको छ । जसले गर्दा बिरामी उपचार पाउँनैबाट वञ्चीत भइरहेका छन् । त्यस्ता गलत धारणा र सोचलाई परिवर्तन गर्न दमकको रेडक्रसले गाउँगाउँमा गएर बिभिन्न खाले सचेतनामुलक कार्यक्रम गरिएको दमक रेडक्रसका सभापति प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालभर १२० वटा सर्प दम्स उपचार केन्द्र रहेको र त्यहाँ अझैपनि पर्याप्त दक्ष जनशक्ति र नयाँ उपकरणको अभाव रहेको भन्दै त्यसको सुधार र व्यवस्थापनमा रोटरीले के गर्न सक्छ त्यस अनुसारको सहयोग र सहजीकरण गर्ने गरि यो अभियान चलाइएको रोटरी नेपालको सेवा परियोजनाका अध्यक्ष डा. निर्मल रिजालले बताउनु भयो । यो अभियान देशभर चलाइरहिएको र यसले सर्प दम्स सम्बन्धीको सचेतना बृद्धि गर्ने बिस्वास रहेको उहाँले बताउनु भयो । सर्प दम्स र यसको उपचारबारेमा अझैपनि पर्याप्त बुझाई र ज्ञानकै अभावमा समस्या र्सिजना भएको उहाँको ठहर छ ।
कार्यक्रमको आयोजना रोटरी क्लब अफ काठमाडौ मिड टाउन, स्थानीय समन्वयमा रोटरी क्लव अफ दमक र रोट्र्याक दमक, नेपाल रेडक्रस सोसाइटी दमक शाखाको मुख्य भूमिका रहेको थियो । यसको प्राविधिक सहयोग विश्व वन्यजन्तु संरक्षण नेपाल, विश्व स्वास्थ्य संगठन नेपाल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, र स्वास्थ्य मन्त्रालय अन्तर्गत रोग नियन्त्रण महाशाखाको रहेको थियो।









