सर्प दम्सको समस्या,

सर्पदंश सचेतना लिएर गाउँ गाउँ जादै रोटरी, दमकमा गरियो बृहत अन्तरकृया

यो अभियान देशभर चलाइरहिएको र यसले सर्प दम्स सम्बन्धीको सचेतना बृद्धि गर्ने बिस्वास

 

 

दमक, साउन १७/ सर्पले डसीहालेमा तत्कालै के गर्ने? भन्नेबारेमा जानकारी दिनुहुदै रोटरी क्लब अफ काठमाडौंका रोटेरियन डा. निर्मल रिजाल । उहाँको टिम अहिले देशव्यापी रुपमा सर्प दम्सको सुरक्षीत र व्यवस्थित उपचार हुनु पर्छ भन्दै अभियान चलाइरहेको छ । सोहि अन्तर्गत शुक्रबार नेपाल रेडक्रस सोसाईटी दमक उप शाखाले सञ्चालनमा ल्याएको सर्प दम्स उपचार केन्द्रमा उहाँको टोली आइपुग्यो ।

 

टोलीले यस क्षेत्रमा सर्प दम्सको समस्या, उपचारको अवस्था र यसको सहजतामा के गर्न सकिन्छ भन्नेबारेमा सामुहिक छलफल गर्यो । सो क्रममा दमकको सर्पदम्स उपचार केन्द्रमा स्थापनाकालदेखीनै सर्प दम्स उपचारको प्राविधिकको रुपमा काम गरिरहनु भएका देवि भण्डारीले यस ठाउँको सर्पको जोखिम र अहिले यस उपचार केन्द्रमा उपलब्ध उपचारको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले अहिले सम्म यस क्षेत्रमा ६ प्रकारका विशालु करेन्ट सर्प उपलब्ध रहेको, गोमन सर्प तीन प्रकारका पाइने र यसको टोकाईको लक्ष्य फरक फरक ढंगले थाह हुने जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा दमक सहित आसपासका सामाजीक अभियान्ता र स्थानीयबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो क्रममा इलामको चुलाचुलीबाट प्रतिनिधित्व गर्दै सहभागीता जनाउन आउनु भएका सामाजीक अभियान्ता चक्र गजेमेरले यसखाले कर्याक्रम चुलाचुली जस्तो बढि प्रभावित र ग्रामीण क्षेत्रमा गरिएको भए अझ प्रभावकारी बन्न सक्ने सुझाव दिनु भयो ।

 

साथै अन्य बिभिन्न सहभागीहरुले सो अवसरमा सर्प दम्सको जोखिम, सुरक्षीत उपचार र तत्कालै गरिहाल्न पर्ने प्राथमिक उपचार तथा उपायका बारेमा विज्ञहरुलाइ प्रश्न गरेका थीए । सहभागीहरुको प्रश्नको आ आफ्नो बिज्ञताका आधारमा कार्यक्रममा सहभागीता जनाउनु भएका बिज्ञ तथा जानकारहरुले जवाफ दिनु भएको थियो । यहि क्रममा दमकमा रहेको निम्स नेशनल हस्पिटलमा मेडिकल अफिसर विक्रान्त विक्रम खरेलले सर्पले टोकीहालेमा तत्कालै के गर्ने र अस्पताल सम्म कसरी सुरक्षीत ढंगले ल्याउने भन्नेबारेमा आफ्ना बिचार राख्नु भएको थियो ।

 

सर्प दम्सको उपचारका अझैपनि रुडीवादी सोच रहेको छ । जसले गर्दा बिरामी उपचार पाउँनैबाट वञ्चीत भइरहेका छन् । त्यस्ता गलत धारणा र सोचलाई परिवर्तन गर्न दमकको रेडक्रसले गाउँगाउँमा गएर बिभिन्न खाले सचेतनामुलक कार्यक्रम गरिएको दमक रेडक्रसका सभापति प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

नेपालभर १२० वटा सर्प दम्स उपचार केन्द्र रहेको र त्यहाँ अझैपनि पर्याप्त दक्ष जनशक्ति र नयाँ उपकरणको अभाव रहेको भन्दै त्यसको सुधार र व्यवस्थापनमा रोटरीले के गर्न सक्छ त्यस अनुसारको सहयोग र सहजीकरण गर्ने गरि यो अभियान चलाइएको रोटरी नेपालको सेवा परियोजनाका अध्यक्ष डा. निर्मल रिजालले बताउनु भयो । यो अभियान देशभर चलाइरहिएको र यसले सर्प दम्स सम्बन्धीको सचेतना बृद्धि गर्ने बिस्वास रहेको उहाँले बताउनु भयो । सर्प दम्स र यसको उपचारबारेमा अझैपनि पर्याप्त बुझाई र ज्ञानकै अभावमा समस्या र्सिजना भएको उहाँको ठहर छ ।

कार्यक्रमको आयोजना रोटरी क्लब अफ काठमाडौ मिड टाउन, स्थानीय समन्वयमा रोटरी क्लव अफ दमक र रोट्र्याक दमक, नेपाल रेडक्रस सोसाइटी दमक शाखाको मुख्य भूमिका रहेको थियो । यसको प्राविधिक सहयोग विश्व वन्यजन्तु संरक्षण नेपाल, विश्व स्वास्थ्य संगठन नेपाल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, र स्वास्थ्य मन्त्रालय अन्तर्गत रोग नियन्त्रण महाशाखाको रहेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको