दमकको बजार अनुगमन

छ्यापछ्याप्ति अखाद्य बस्तु, व्यापारीलाई कार्बाही

यस प्रकारको अनुगमनले उपभोक्ताहरूलाई सुरक्षित, स्वच्छ र मापदण्डअनुकूल सेवा प्राप्त गर्न मद्दत गर्ने विश्वास नगरपालिकाले लिएको छ।

दमक, १८, साउन । दमक नगरपालिकाले हालै तीन दिनसम्म दमक क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न उद्योग र पसलहरूमा व्यापक अनुगमन गरेको छ। नगरबासीबाट आएको गुनासो, बजारमा अखाद्य वस्तु बिक्री भइरहेको, स्वच्छता अभाव, तथा मापदण्ड विपरीत व्यवसाय सञ्चालन भइरहेकोलाई मध्यनजर गर्दै नगरपालिकाले अनुगमन कार्य अघि बढाएको हो।

 

 

नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईको अगुवाइमा, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय बिराटनगरको प्राविधिक टोलीको सहकार्यमा अनुगमन गरिएको थियो। टोलीले विशेषगरी औषधी पसल, डेरी उद्योग, पानी उद्योग तथा मिठाई पसलहरूमा निरीक्षण गरेको हो।

 

अनुगमनका क्रममा विभिन्न डेरी उद्योगहरूमा म्याद गुज्रिएका खाद्य वस्तु फेला परे। ती वस्तुहरू तत्काल जफत गरी सुरक्षित रूपमा नष्ट गरिएको थियो । म्याद गुज्रिएका वस्तु बजारमा पठाउने काम गम्भीर अपराध भएको भन्दै नगरपालिकाले यस्तो कार्य दोहोरिएमा कडा कारबाही गरिने चेतावनी पनि दिएको छ। त्यस्तै मिठाई पसलहरूमा स्वच्छताको कमी भेटिएको थियो।

 

कतिपय पसलमा खाद्य सामग्री ढाकेर नराखिएको, कीरा लाग्ने सम्भावना देखिएको, तथा श्रमिकहरूले अनिवार्य पोशाक र पञ्जा प्रयोग नगरेको पाइयो। सोही कारण, ती पसलहरूलाई रु १५,००० देखि ५०,००० सम्म जरिवाना गराइएको नगरपालिकाले जनाएको छ। केही व्यवसायीहरूलाई चेतावनी दिइएको छ र स्वच्छता सुधार्न निर्देशन पनि दिइएको छ।

 

 

पानी उद्योगहरूमा गरिएको अनुगमनमा भने सकारात्मक पाटो देखिएको छ। अधिकांश पानी उद्योगहरू मापदण्डअनुसार संचालन भइरहेको पाइयो। यद्यपि, केही उद्योगहरूमा सामान्य सुधारको खाँचो देखिएको अनुगमन टोलीको भनाइ छ ।

 

खाद्य अधिकृतहरूद्वारा स्थलगत गुणस्तर मापन र लाइभ टेस्ट समेत गरिएको थियो । दूध, पानी र प्याक गरिएका खाद्य वस्तुहरूमा परीक्षण गर्दा अधिकांशमा गुणस्तरीयता कायम रहेको देखियो, तर केही वस्तुमा सावधानी अपनाउनु पर्ने सुझाव पनि दिइएको छ।

 

 

नगर उप–प्रमुख प्रसाईले यो अनुगमनलाई चेतावनीको रूपमा मात्र होइन, जनस्वास्थ्यको सुरक्षाको लागि निरन्तर गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा अझ कडा अनुगमन र आवश्यक परे व्यवसायीक तालिमहरू समेत सञ्चालन गरिने जनाउनुभयो ।

 

 

यस प्रकारको अनुगमनले उपभोक्ताहरूलाई सुरक्षित, स्वच्छ र मापदण्डअनुकूल सेवा प्राप्त गर्न मद्दत गर्ने विश्वास नगरपालिकाले लिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति