दमकको बजार अनुगमन

छ्यापछ्याप्ति अखाद्य बस्तु, व्यापारीलाई कार्बाही

यस प्रकारको अनुगमनले उपभोक्ताहरूलाई सुरक्षित, स्वच्छ र मापदण्डअनुकूल सेवा प्राप्त गर्न मद्दत गर्ने विश्वास नगरपालिकाले लिएको छ।

दमक, १८, साउन । दमक नगरपालिकाले हालै तीन दिनसम्म दमक क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न उद्योग र पसलहरूमा व्यापक अनुगमन गरेको छ। नगरबासीबाट आएको गुनासो, बजारमा अखाद्य वस्तु बिक्री भइरहेको, स्वच्छता अभाव, तथा मापदण्ड विपरीत व्यवसाय सञ्चालन भइरहेकोलाई मध्यनजर गर्दै नगरपालिकाले अनुगमन कार्य अघि बढाएको हो।

 

 

नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईको अगुवाइमा, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय बिराटनगरको प्राविधिक टोलीको सहकार्यमा अनुगमन गरिएको थियो। टोलीले विशेषगरी औषधी पसल, डेरी उद्योग, पानी उद्योग तथा मिठाई पसलहरूमा निरीक्षण गरेको हो।

 

अनुगमनका क्रममा विभिन्न डेरी उद्योगहरूमा म्याद गुज्रिएका खाद्य वस्तु फेला परे। ती वस्तुहरू तत्काल जफत गरी सुरक्षित रूपमा नष्ट गरिएको थियो । म्याद गुज्रिएका वस्तु बजारमा पठाउने काम गम्भीर अपराध भएको भन्दै नगरपालिकाले यस्तो कार्य दोहोरिएमा कडा कारबाही गरिने चेतावनी पनि दिएको छ। त्यस्तै मिठाई पसलहरूमा स्वच्छताको कमी भेटिएको थियो।

 

कतिपय पसलमा खाद्य सामग्री ढाकेर नराखिएको, कीरा लाग्ने सम्भावना देखिएको, तथा श्रमिकहरूले अनिवार्य पोशाक र पञ्जा प्रयोग नगरेको पाइयो। सोही कारण, ती पसलहरूलाई रु १५,००० देखि ५०,००० सम्म जरिवाना गराइएको नगरपालिकाले जनाएको छ। केही व्यवसायीहरूलाई चेतावनी दिइएको छ र स्वच्छता सुधार्न निर्देशन पनि दिइएको छ।

 

 

पानी उद्योगहरूमा गरिएको अनुगमनमा भने सकारात्मक पाटो देखिएको छ। अधिकांश पानी उद्योगहरू मापदण्डअनुसार संचालन भइरहेको पाइयो। यद्यपि, केही उद्योगहरूमा सामान्य सुधारको खाँचो देखिएको अनुगमन टोलीको भनाइ छ ।

 

खाद्य अधिकृतहरूद्वारा स्थलगत गुणस्तर मापन र लाइभ टेस्ट समेत गरिएको थियो । दूध, पानी र प्याक गरिएका खाद्य वस्तुहरूमा परीक्षण गर्दा अधिकांशमा गुणस्तरीयता कायम रहेको देखियो, तर केही वस्तुमा सावधानी अपनाउनु पर्ने सुझाव पनि दिइएको छ।

 

 

नगर उप–प्रमुख प्रसाईले यो अनुगमनलाई चेतावनीको रूपमा मात्र होइन, जनस्वास्थ्यको सुरक्षाको लागि निरन्तर गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा अझ कडा अनुगमन र आवश्यक परे व्यवसायीक तालिमहरू समेत सञ्चालन गरिने जनाउनुभयो ।

 

 

यस प्रकारको अनुगमनले उपभोक्ताहरूलाई सुरक्षित, स्वच्छ र मापदण्डअनुकूल सेवा प्राप्त गर्न मद्दत गर्ने विश्वास नगरपालिकाले लिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका