संघर्षका सारथी

शरीर गलेपनि संर्घष गलेको छैन : डा. भम्पा राई

दमक /

भुटानमा राम्रो सम्पन्न परिवार भित्र जन्मे । मेरो बाल्यकाल समेत यसरी सुखसयलमा नै बित्यो । सानैमा राम्रो शिक्षा अध्ययन गर्ने मौका पाए । त्यसैले त्यो बेला नै मैले डाक्टरी पढ्ने अवसर समेत पाएँ । यो डाक्टरी पेशाले मलाई तत्कालिन भुटानको राजदरबार भित्र पारिवारिक जस्तै नजिकको सम्बन्ध स्थापित भयो ।

म दरबार भित्रको चिकित्सक हँदै गर्दा भुटानमा एक प्रकारको राजनीतिक आन्दोलन समेत सुरु भयो । भुटानमा भाषिक स्वतन्त्रता तथा मानवअधिकारको आन्दोलन उठ्न थालेपछि त्यहाँको सरकारले छानीछानी नेपाली भाषी भुटानी नागरिकलाई देश निकाला गर्न थाल्यो । अगुवा नेता तथा भुटानी शरणार्थी स्वेदश फिर्ती समिति (बिआरआरआरसी) का अध्यक्ष डाक्टर भम्पा राईले समेत यही आन्दोलनको पक्षमा उभिएर देश छाड्नु भयो ।

यसै क्रममा धेरै नेपाली भाषी भुटानी नागरिक भुटान छाडेर भारतको बाटो हुँदै पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गरे । तत्कालिन अवस्थामा लगभग एक लाख २१ हजार भुटानी नागरिक शरणार्थी बनाएर देश निकाला गरियो । त्यो अवस्थामा पनि मलाई लखेटिएको होइन तर सबै नेपाली भाषी आमा बुबा दाजुभाइ दिदीबहिनी लखेटिएपछि म मात्र बस्नु आफ्नो आस्था नैतिकताले सहज लागेन । सबै नेपाली भाषी भुटानी नागरिक देश निकाला भएपछि मैले यहाँ बसेर हुँदैन भन्ने निणर्य गरे । उनीहरुलाई साथ दिनु यो बेला मेरो दायित्व हो मैले यही सोचेँ नेपालका शिविर टीमाई, माई, हुँदै बेलडाँगी शिविरमा बसँ ।

शरीर हृष्टपुष्ट थियो । कपाल कालो थियो । मुखभरी भरिला दाँत थिए । मनमा आँट अनि जोसजाँगरले भरिएको थियो । ३३ वर्ष अघि लखेटिँदा डाक्टर राई यस्तै भरीलो जवानी शरीर लिएर नेपाल आएका थिए ।

भुटानमा भाषिक अधिकार र मानव अधिकारको बिषयमा आवाज उठाउँदा उहाँ अन्य शरणार्थीसँगै भुटान सरकारले लखेटेको थियो । भुटानमा रहँदा तत्काल भुटानी राजदरबारभित्रको विश्वासपात्र राजपरिवारको निजी चिकित्सकको रुपमा समेत लामो समय काम गरेका डाक्टर नेपाल आएर भुटानी शरणार्थीको पक्षमा त्यसरी नै लडिरहनु भयो । तत्काल डाक्टर राईले चाहँदा राम्रो सुविधासम्पन्न जीवन जिउन कुनै समस्या थिएन ।

नेपालमा शरणार्थी भएर आउँदै गर्दा सन् १९९० मा उनी ३९ वर्षका जवान थिए । नेपाल आएर लगातार स्वदेश फिर्तीको पक्षमा बिभिन्न आन्दोलनको अगुवाइ गरेका डाक्टर राईले भुटान त जान सक्नुभएन तर आवाज उठान भने थाक्नु भएको छैन । यो बीचमा शरणार्थीका धेरै चरणका स्वदेश फिर्तीको पक्षमा आन्दोलन भए ।
अब मेरो शरीर पनि अस्वस्थ्य अवस्थामा बृद्ध हुँदै गएर गलेको छ तर स्वदेश फिर्ने आन्दोलनकोे आशा जाँगर भने ताजै छ डाक्टर राई भन्छन्- डाक्टर राईले नेपाल छिर्दाको पोटिला गाला चाउरी परेका छन् । हृष्टपुष्ट पाखुराको मासुले छोडेर छाला झुण्डिन थालेको छ । कपाल पाक्दै गएको छ । मुखका दाँतले ठोस बस्तु खान नसक्ने भएका छन् । आवाज मधुरो हुन थालेको छ । तर उनको मनमा एक दिन भुटानी शरणार्थी स-सम्मान स्वदेश फिर्न पाउने आशा मरेको छैन ।

पछिल्लो सयम स्वदेश फिर्ती विकल्पको रुपमा अघि सारिएको तेस्रो मुलुक पुनर्वासमा अधिकांश शरणार्थी गए । यो बीचमा भुटान फिर्न पाउनु पर्छ भन्ने शरणार्थी अगुवाई गर्ने डाक्टर राई भुटानी शरणार्थीसँगै निरन्तर आवाज उठाइ रहेका छन् । नेपालमा रहेका भुटानी शरणार्थी प्रिय चिकित्सक भएर अधिकांश शरणार्थीको निःशुल्क उपचार समेत गरेको बताउँछन् । शरणार्थीसँग पैसा थिएन त्यतिबेला मेरो क्लिनिकमा आएर उपचार गर्थे उनीहरुलाई मैले निःशुल्क नै धेरैको उपचार गरे ।

करिव डेढ लाखको हाराहारीमा आएका धेरै शरणार्थी शिविर छोडेर तेस्रो मुलुक पुनर्वासमा गए । जसरी डाक्टर राईलाई शरणार्थीले शिविरको साथ छोडेर तेस्रो मुलुक गए । यस्तै परिवारभित्र पनि नेपालमा आमा बुबा र श्रीमतीको मृत्यु भएपछि एक्लो पीडादायी जीवन गुजार्नु परेको दुःख पोख्छन् उनी । मलाई नेपालमा शरणार्थी जीवन बिताइरहँदा श्रीमती बितेको आलो घाउ छँदैछ । आमा, बुबाको स्मरणले त्यतिकै सताउने गरेको बताउँछन् ।

यस्तै विषम परिस्थितिमा समेत शरणार्थीले आफ्नो मुलुकमा ससम्मान फिर्न पाउनु पर्छ भन्ने आवाज भने उठाइरहेका छन् । भुटानी शरणार्थी त्यतिबेलाको अवस्थामा नेपालको पनि झापा र मोरङका बिभिन्न सात वटा शिविरमा थिए । शिविरको जीवन यापन निक्कै कष्टकर थियो । अहिले तेस्रो मुलुक पुनर्वासमा विश्वका आठ वटा मुलुकमा छरिएर बसेका छन् ।

शरणार्थी जहाँ जहाँ रहेपनि स्वदेशमा फिर्न पाउने अधिकार सुनिश्चित हुनु पर्ने उनको जोडदार माग छ ।
नेपालमा नयाँ सरकार गठन भए लगत्तै बिआरआरआरसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र समेत पठाएको छ । यसमा अझै आफ्नो मुलुक फिर्न चाहने भुटानी शरणार्थीहरुलाई फिर्ता गर्न पहल गरियोस् माग गरिएको छ । भुटानमा आफ्नो खेतबारी, गाई, भैंसी, गोठ छोडेर आएका थिए । उनीहरु अहिले पनि भुटान फिर्न चाहन्छन् ।

नेपाल आएर हुर्के बढेका धेरैले नेपाल नै बस्ने रुची गरेका छन् । उनीहरुलाई नेपाल सरकारले भुटानी शरणार्थीको परिचय सहित सरकारी कार्यालयमा जन्म, मृत्यु, विवाह तथा घटना दर्तादेखि विद्यालयमा अध्ययन गर्न पाउने सुविधा समेत प्रदान गर्न थालेको छ । तर भुटान फिर्न चाहने शरणार्थीले कहिलेसम्म आफ्नो मुलुक फिर्न पाउने हुन् ? यो प्रश्न गरिरहेका छन् । हाल झापाको दमक बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा गरी लगभग ६ हजार ५ शरणार्थी बस्दै आएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण