आम्दा कलेजमा विद्यार्थी बिदाई

स्वास्थ्य सस्थाका जनशक्ति तयार पारेर विदाई, भविष्य निर्माणको संकल्प

स्वास्थ्य सस्थामा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरेर अव सेवामा लाग्न योग्य जनशत्तिक्त पनि उत्पादन

दमक, २० साउन |   दमक–२ खरखरेमा रहेको आम्दा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा आइतबार एक भव्य तथा भावनात्मक बिदाइ समारोह सम्पन्न भएको छ । सामान्य चिकित्सा अर्थात जेनरल मेडिसिन, रेडियोग्राफी, पिसिएल नर्सिङ लगायतका विषयमा अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई विदाई गरिएको हो । यहाँको अध्ययन पछि जीवनको नयाँ अध्याय सुरु गर्ने संक्लप सहित विद्यार्थीहरुलाई बिदाई गरिएको थियो । प्रतिस्ठानसगको सम्बन्ध ताजगी बनाइराख्न मनोरञ्जनात्मक सहित उत्प्रेरात्मक प्रस्तुती सहितका प्रस्तुती समेत देखाइएको थियो ।

 

 

२०८२ साल साउन १८ गते आईतबार । दमक २ मा रहेको आम्दा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा रमाईलो महोल थियो । भव्य पण्डाल लगाएर आकर्षक सज्जी सज्जावटले सजाईको प्रतिष्ठानको आँगन विद्यार्थी, अभिभावक र अतिथीहरुले भरिभराउ रहेको थियो । सबैजनामा उत्साह र उमङ्ग भरीएको थियो । अनी विद्यार्थीमा नयाँ जीवनको नयाँ अध्याय सुरु गर्ने संक्लप पनि ।

 

 

नाचगान र रमाईला प्रस्तुती देख्दा विद्यार्थी आनन्द मानीरहेका छन् । रमई रहेका छन् भन्ने देख्न सकिन्थ्यो । तर उनीहरुले तीन वर्ष सम्म पढेको यो प्रतिस्ठान छोडेर जादा यहाँका सम्बन्धको साथ छुट्नुको पीडा पनि उनीहरुको आँखामा देख्न सकिन्थ्यो ।

 

 

कार्यक्रममा बिदा हुदैँ गरेका विद्यार्थीहरूको अनुहारमा थोरै उदासिन्ताको साथ मुस्कान मिसिएका पनि देखिन्थ्यो । । विद्यार्थीहरूले आफ्नो तीन वर्षे यात्रा, संघर्ष, सिकाइ र सम्झनालाई स्मरण गर्दै आम्दा कलेजप्रतिको आभार व्यक्त गरेका छन् ।

 

 

मानवसेवामा समर्पित यस्ता पेशागत विद्यार्थीहरूको भूमिका समाजका लागि अतुलनीय योगदान बन्न सक्नु पर्ने उत्प्रेरणाका सन्देश पनि विद्यार्थीले पाए । दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले यहाँ अध्ययन सकेर बिदा हुदैँ गरेका विद्यार्थीहरु अव समाज रुपान्तरण र सामाजीक सेवामा लाग्न सक्ने दक्षताका साथ अघी बढ्न सुझाव दिनुभयो ।

 

 

आम्दा स्वास्थ्य विज्ञान प्रतिस्ठानले आईतबार यहाँ अध्ययन सकेका विद्यार्थीको केवल बिदाइ मात्रै गरेन , स्वास्थ्य सस्थामा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरेर अव सेवामा लाग्न योग्य जनशत्तिक्त पनि उत्पादन गरेको छ । अव यसले समाजमा कस्तो काम र प्रभाव जमाउन सक्ला ? त्यो भने हेर्न बाँकी छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने