दमक, २० साउन | दमक–२ खरखरेमा रहेको आम्दा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा आइतबार एक भव्य तथा भावनात्मक बिदाइ समारोह सम्पन्न भएको छ । सामान्य चिकित्सा अर्थात जेनरल मेडिसिन, रेडियोग्राफी, पिसिएल नर्सिङ लगायतका विषयमा अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई विदाई गरिएको हो । यहाँको अध्ययन पछि जीवनको नयाँ अध्याय सुरु गर्ने संक्लप सहित विद्यार्थीहरुलाई बिदाई गरिएको थियो । प्रतिस्ठानसगको सम्बन्ध ताजगी बनाइराख्न मनोरञ्जनात्मक सहित उत्प्रेरात्मक प्रस्तुती सहितका प्रस्तुती समेत देखाइएको थियो ।
२०८२ साल साउन १८ गते आईतबार । दमक २ मा रहेको आम्दा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा रमाईलो महोल थियो । भव्य पण्डाल लगाएर आकर्षक सज्जी सज्जावटले सजाईको प्रतिष्ठानको आँगन विद्यार्थी, अभिभावक र अतिथीहरुले भरिभराउ रहेको थियो । सबैजनामा उत्साह र उमङ्ग भरीएको थियो । अनी विद्यार्थीमा नयाँ जीवनको नयाँ अध्याय सुरु गर्ने संक्लप पनि ।
नाचगान र रमाईला प्रस्तुती देख्दा विद्यार्थी आनन्द मानीरहेका छन् । रमई रहेका छन् भन्ने देख्न सकिन्थ्यो । तर उनीहरुले तीन वर्ष सम्म पढेको यो प्रतिस्ठान छोडेर जादा यहाँका सम्बन्धको साथ छुट्नुको पीडा पनि उनीहरुको आँखामा देख्न सकिन्थ्यो ।
कार्यक्रममा बिदा हुदैँ गरेका विद्यार्थीहरूको अनुहारमा थोरै उदासिन्ताको साथ मुस्कान मिसिएका पनि देखिन्थ्यो । । विद्यार्थीहरूले आफ्नो तीन वर्षे यात्रा, संघर्ष, सिकाइ र सम्झनालाई स्मरण गर्दै आम्दा कलेजप्रतिको आभार व्यक्त गरेका छन् ।
मानवसेवामा समर्पित यस्ता पेशागत विद्यार्थीहरूको भूमिका समाजका लागि अतुलनीय योगदान बन्न सक्नु पर्ने उत्प्रेरणाका सन्देश पनि विद्यार्थीले पाए । दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले यहाँ अध्ययन सकेर बिदा हुदैँ गरेका विद्यार्थीहरु अव समाज रुपान्तरण र सामाजीक सेवामा लाग्न सक्ने दक्षताका साथ अघी बढ्न सुझाव दिनुभयो ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिस्ठानले आईतबार यहाँ अध्ययन सकेका विद्यार्थीको केवल बिदाइ मात्रै गरेन , स्वास्थ्य सस्थामा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरेर अव सेवामा लाग्न योग्य जनशत्तिक्त पनि उत्पादन गरेको छ । अव यसले समाजमा कस्तो काम र प्रभाव जमाउन सक्ला ? त्यो भने हेर्न बाँकी छ ।









