उज्यालो शिक्षा

मधुमल्लाको भगवती माविः इतिहास, वर्तमान अवस्था र भावी योजन

कम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको यस बिद्यालयमा बिज्ञान संकायका लागि बिभिन्न क्षेत्रका बिद्यार्थीहरु आउन थालेका छन ।

 

दमक, २० साउन । पूर्वी नेपालको मोरङ जिल्ला, मिक्लाजुङ गाउँपालिका–७ मा अवस्थित भगवती माध्यमिक विद्यालय, शिक्षा, अनुशासन र समर्पणको एक उदाहरण हो ।

 

 

वि.सं. २०१४ सालमा स्थापना भएको यस विद्यालयले दशकौँदेखि ग्रामीण भेगका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । स्थापनाको प्रारम्भमा आधारभूत कक्षा सम्म सीमित रहेको विद्यालयले सन् २०१० को दशकपछिको शैक्षिक आवश्यकता बुझ्दै वि.सं. २०६७ मा प्लस टु तहको पढाइ सुरु गर्‍यो ।त्यसपछि २०८० सालदेखि विज्ञान संकाय सुरु गरी, मिक्लाजुङको मात्रै नभई वरिपरिका जिल्लाहरूका विद्यार्थीहरूको पनि गन्तव्य बन्न पुगेको छ । पठनपाठनलाई अझ प्रभावकारी बनाउन इन्टरएक्टिभ बोर्ड पनि प्रयोगमा ल्याइएको छ।

 

हाल विद्यालयमा करिब १ हजार १०० विद्यार्थी अध्ययनरत छन्। कक्षा ११ र १२ मा मात्रै ३५० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । कम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको यस बिद्यालयमा बिज्ञान संकायका लागि बिभिन्न क्षेत्रका बिद्यार्थीहरु आउन थालेका छन ।

 

विद्यालयमा विज्ञान संकायलाई आबश्यक बिज्ञान प्रयोगशाला अर्न्तगत फिजिक्स, केमेस्ट्री, बायोलोजी र आईसिटी ल्याबको व्यवस्था गरिएको छ। जहा बिद्यार्थीहरुले प्रत्येक शुक्रबार प्रयोगात्मक अभ्यास गर्दै आएका छन् । । यसले बिद्यार्थीहरुको सिकाईलाई थप प्रभाबकारी बनाएको छ ।

 

 

विद्यालयले विद्यार्थीहरूको नियमितता र अनुशासनमा उल्लेखनीय सुधार ल्याएको छ भने शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि विभिन्न तालिमहरू पनि सञ्चालन गरिएको छ। आगामी दिनमा विद्यालयलाई आधुनिक र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बिद्यालयका प्रधानाध्यापक प्रेमप्रकाश कोईराला बताउनुहुन्छ ।

 

 

बिद्यालयले गरेको अथक प्रयासले त्यहि अनुरुपको नतिजा पनि पाईरहेको छ । हालै बिद्यालय शिक्षा अर्न्तगतको माध्यमिक शिक्षा परिक्षा एसईमा बिद्यँलयले ७० प्रतिषत भन्दा बढी बिद्यार्थीहरु उतिर्ण भएका छन् भने पछिल्लो ३ बर्षयता मिक्लाजुङ गाउपालिकाकै उत्कृष्ट सामुदायिक बिद्यालयको उपाधि प्राप्त गर्दै आएको छ।
यस बिद्यँलयको शैक्षिक गुणस्तरको बृद्धिका लागि यहाको बिद्यँलय ब्यबस्थापन समिती, शिक्षक र अभिभाबकको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

 

 

विद्यालय सुधारमा व्यवस्थापन समितिले नीतिगत निर्णय, स्रोत व्यवस्थापन र अभिभावक–समुदायको सहकार्यद्वारा महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा विद्यालयलाई पूर्णरूपमा आधुनिक, प्रविधिमैत्री र समुदायमैत्री शिक्षालय बनाउने योजना रहेको बिद्यालय ब्याबस्थापन समिती अध्यक्ष नरेन्द्र प्रसाद ढुङगेलले बताउनुभयो ।

 

विद्यालयले बनाएको वार्षिक कार्ययोजना अनुसार यस बिद्यालयले शुक्रबारको दिन बिभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । त्यसैगरी, बिद्यालयले हरेक वर्ष खाना महोत्सब आयोजना गर्दै आएको छ । जहा खानाका बिभिन्न परिकार बनाईनुका साथै, बिज्ञानका प्रर्दशनी समेत हुने गरेको छ । यसले विद्यार्थीहरूको सिर्जनशीलता र सहभागिता दुवै मा बृद्धि गराइएरहेको छ ।

 

यहा अध्ययन गरिरहेका बिद्यार्थीहरु विद्यालयमा उपलब्ध उत्कृष्ट प्रयोगशाला, इन्टरएक्टिभ शिक्षण विधि, नियमित अतिरिक्त गतिविधि र शिक्षकहरूको सहयोगी व्यवहारले उनीहरूलाई सिकाइमा सहजता र आत्मविश्वास दिलाएको प्रतिक्रिय दिन्छन् ।

 

विद्यालयले भौतिक पूर्वाधारको क्षेत्रमा पनि सुलभ बन्दै गईरहेको छ । ८ वटा छुट्टाछुट्टै ब्लकहरूमा कक्षा सञ्चालन गरिदै आएको छ । बिद्याथीहरुका लागि खेलमैदान पनि बिद्यालयकै मातहतमा रहेको छ ।

 

भगवती माध्यमिक विद्यालय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै सामुदायिक बिद्यँलयमा छुट्टै पहिचान बनाएको छ । यहाँको समर्पण, व्यवस्थापन, पूर्वाधार र शिक्षकहरूको लगनशीलतालेयस विद्यालयलाई शैक्षिक क्षेत्रको गन्तब्य बनाईरहेको छ । जसले बिद्यार्थीहरुको उज्वल भबिश्य निर्माण गरिरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा भोटेकोशी बाढीको कहर : ६१६ जनाको शव फेला, २३ सयभन्दा बढीको उद्धार

काठमाडौं , भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।नेपाल प्रहरीले शनिबार बिहान ७ बजे

बाढीपीडितको सहयोगमा त्रिभुवन विश्वविद्यालय, पदाधिकारी र कर्मचारीले उद्धार कोषमा रकम दिने

काठमाडौं , भदौ १३ । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा