दुर्घटनाको पीडा

दुर्घटनामा हात भाँचियो : उपचार त भयो तर विदेश जाने सपना सकियो

दुईवटा स्टिल लगाएको कुहिनोको हड्डी अहिले जोडीएको छ भने नसामा देखिएको दखल पनि जाती भएको छ ।

 

दमक, २० साउन ।  १४ महिनाअघि झापा गौरादह ५ कोहोबोराका भीमप्रसाद ठाकुर घरबाट आफन्त भेटघाटकालागी विर्तामोड जादै हुनुहन्थ्यो । ५ वर्ष जापान बसेर आउनु भएका उहाँ नेपाल आएका बेला आफन्त भेट्न र अन्य सरकारी कामको कागजात मिलाउन भनेर बिर्तामाड जादै हुनुहन्थ्यो । तर उहाँले त्यसदिन आफन्त भेट्न पाउनु भएन ।

 

बिर्तामोड पुग्नु अघीनै उहाँको लक्ष्मीपुरमा मोटरसाईकल दुर्घटना भयो । दुर्घटनापछि बिहोस हुनु भएका उहाँ विर्तामोड स्थित बिर्ता सिटि अस्पतालको बेडमा व्यूँझिनु भयो । व्यूँझिदा उहाँको देव्रे हातको कुइँनोको हड्डी भाँचीएको र अन्य सानाखाले चोट लागेर रगत बगेको थाह पाउनु भयो ।

 

 

त्यतिञ्जेल सम्म उहाँको प्राथमीक उपचारका साथै बढि दखल परेको ठाउँको एक्स–रे पनि गरिएको थियो । एक्स–रे को रिपोर्टमा कुहिनोको हड्डी भाँचीएको र यसलाई जोड्न अपरेसशन नै गर्नु पर्छ भन्ने देखिएपछि उहाँ त्यहि रिपोर्ट बोकेर दमक ९ क्याम्पसमोडमा रहेको निम्स नेशनल हस्पिटल आउनु भयो । घरको पनि नजिक र अपरेशन पनि सुरक्षीत र राम्रो हुने सुनेरै उहाँ यस अस्पतालमा आएर अपरेशन गरेको र अहिले करिव जाती भएको प्रतिकृया दिनुहुन्छ ।

 

 

निम्स नेशलन हस्पिटल आउँदा उहाँ हातमा काम्रो जस्तो लगाएर आउनु भएको थियो । उहाँको अवस्था बारे थप प्रष्ट हुन यहाँ फेरी एक्स–रे गरीयो । त्यो रिपोर्टले पनि तुरुन्तै अपरेशन गरिहाल्नु पर्ने देखाएपछि अपरेशन थिएटरमा हालीयो ।

 

त्यसपछि यस अस्पतालका हाडजोर्नी तथा नसा रोग विषेशज्ञ तथा मेडिकल सुपरिटेण्डेण्ट समेत रहनु भएका डा. नबिन कुमार सिंहको नेतृत्वमा उहाँको अपरेशन सुरु गरियो ।

 

 

डा. सिंहको टिमले ठाकुरको अपरेशन र निरन्तर परामर्ष गराएपछि अहिले उहाँ जाती बन्नु भएको छ । अव केहि समय फिजियो थेरापी गरेपछि फेरी पहिलेकै अवस्थामा फर्कन सक्नु हुने उपचारको नेतृत्व गर्नुभएका डा. सिंहले बताउनु भएको छ ।

 

 

अहिले ठाकुर जाती त बन्दै हुनुहुन्छ । तर त्यसबेला उहाँ फेरी कामकालागी वैदेशिक रोजगारीमा जाने योजनामा हुनुहुन्थ्यो । जापान जानुअघी झण्डै १४ वर्ष कतारमा काम गरेको कम्पनीले सम्पर्क गरेर फेरी आउन भनिरहेको र त्यसैको तयारी गरिरहेका बेला दुर्घटनामा परेपछि उहाँको फेरी विदेश जाने सपना पुरा भएन ।

 

 

अहिले उहाँ घरकै खेतीपातीको अवस्था निहाल्ने र सामान्य हेरबिचार गर्ने काम गरिरहनु भएको छ । ३ छोरी , १ छोरा र श्रीमती सहित उहाँ अहिले कोहोबोरामा बसिरहनु भएको छ । दुईवटा स्टिल लगाएको कुहिनोको हड्डी अहिले जोडीएको छ भने नसामा देखिएको दखल पनि जाती भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,