झापाली समाज इजरायलकाे सहयाेग

दृष्टिविहिन र अटिजम बालबालिकाले पाए सहायता

दमक, २५ साउन । झापाली समाज इजरायल नामक संस्थाले आइतबार दमक–९ स्थित  सरस्वती माध्यमिक विद्यालयमा दृष्टिविहिन र अटिजम भएका विद्यार्थीहरुको लागी विशेष सहयोग हस्तान्तरण गरेको छ ।

२०१५ सालमा स्थापना भएको यस संस्थाले इजरायलमा बसोबास गर्ने नेपालीहरु विषेश गरी झापाली समुदायबाट संकलित सहयोग मार्फत निरन्तर सामाजिक सेवा कार्य गर्दै आएको छ । आजको कार्यक्रममा वडा नं ९का अध्यक्ष, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष , शिक्षक शिक्षिका , विद्यार्थी अभिभावक र विभिन्न सरोकारवालाहरुको उपस्थिति  थियो ।

कार्यक्रमको मुख्य उद्धेश्य भनेको सरस्वती माध्यमिक विद्यालयको छात्रवासमा बस्नुहुने दृष्टीविहिन र अटिजम भएका विद्यार्थीको जिमनमा सहजता ल्याउनुरहेको  झापाली समाज इजरायलका संस्थापक संरक्षक साथै इजरायल रिर्टनी जय ओडारी  बताउनुहुन्छ।

संस्थाद्धारा विद्यालयले डबल डुअर फ्रिजका साथै केही टेबल पंखा गरि करिब १ लाख बराबरको साम्रागी पाएका बताउनुहुन्छ सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितीका अध्यक्ष गगन पूरी । उहाँले यस खाले सहयोगले विद्यालयलाई निकै राहात पुग्ने भन्दै संस्थालाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।

विदेशमा बसेर पनि आफ्नो देशमा सहयोग गर्नु एउटा प्रेरणादयी उदाहरणको रुपमा लिन सकिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।