करोडौको संरचना भत्कन थाल्यो

अझै सञ्चालनमा आएन दमकको अर्गानिक कृषि बजार

करिब १० कठ्ठा क्षेत्रफलमा फैलिएको दमक ८ मा रहेको यो अर्गानिक कृषि बजारको भवन काेशी प्रदेश सरकारको २ करोड ७५ लाख  र दमक नगरपालिकाको १ करोड १७ लाख ४८ हजार ८३८ रुपैयाँ बजेटमा बनेको हो ।

दमक, २९ साउन । दमकका होटल व्यवसायीहरुले हरेक पटक भन्ने गर्छन्र  दमकको पहिचान अर्गानिक खाना हो । यहाँ अन्तको भन्दा अर्गानिक खाना पाइन्छ ।

सायद दमकमा विषादी नमिसाइएका तरकारी उत्पादन हुन्छन् र  त्यही ल्याएर पकाउने र बेच्ने गरेकोले होटल व्यवसायीले यस खाले दाबी गरेको हुन सक्छ । दमकलाई अर्गानिकको हव बनाउन यहाँका व्यवसायी मात्रै नभएर सरकार पनि लागी परेकै छ । त्यसैले दमकमा भव्य , सुविधासम्पन्न र आधुनीकी अर्गानिक कृषि बजारनै बनाइएको छ ।

 

करोडौको लगानी गरेर । तर यो बजारमा अहिले अर्गानीक तरकारी पाउँदैन । किनकी यहाँ ताला लागेको । ताला खोलेर भीत्र गइहाल्यो भने झार उम्रेर सबै ढाकीन थालेको छ । बनेका संरचना भत्कन पनि थालेका छन् । दमक नगरपालिकाले यो बजार बनीकेको ४ वर्ष भइसक्दा पनि अझै सञ्चालनमा ल्याउन सकेको छैन । त्यसैले यस्तै बेलामा प्रयोग गर्न बनाइएको होला माल पाएर चाल नपाएको भन्ने उक्ती ।

 

गत वर्षको फागुन २७ र २८ दमक नगरपालिकाले अर्गानिक कृषि बजारमा रैथाने उत्पादनको प्रर्वधन गर्न भन्दै भव्य मेलाको आयोजना गर्यो । सो अवसरमा दमक सहित आसपासका किसानहरुले आ आफ्‌नो उत्पादन ल्याए । प्रर्दशन मात्रै गरेरन राम्रो व्यापार पनि भयो । तर यो काम निरन्तर हुन्छ होला भन्ने अपेक्षा थियो । तर त्यो कार्यक्रमपछि  यो बजारको मुल गेटमा लागेको ताल्चा अहिले सम्म खुलेको छैन । खुल्यो त गत असारमा जुत्ता चप्पल मेला लगाउन । तर यहाँ किसानले कहिले आफ्‌ना उत्पादन ल्याएर बेच्ने । दमक बजारमा रहेको तरकारी बजारमा कुन अर्गानीक कुन विषादी त्यो छुटिदैन । दुवै उत्पादनलाई एकै ठाउँमा पनि राखेर बेचीरहेका छन् । यो दुविधा उपभोक्तामा नहोस भनेर विषादि रहित तरकारी तथा कृषिजन्य उत्पादनको छुट्टै बिक्रि वितरण गर्न यो बजार निर्माण गरिएको हो । तर यो बजार चलाउन दमक नगरपालिकाका अहिलेका जनप्रतिनिधीलाई फलमको चिउरा चपाउनु जस्तै भएको छ । अघील्लै कार्यकालमा निर्माण भएको यो बजार अहिलेका जनप्रतिनिधीको कार्यकाल आदा भन्दा धेरै अवधी सकिसक्दा पनि यसको सञ्चालनको सुरसार अझै भएको छैन । किसान आफ्‌नो उत्पादन कुन बजारमा लगेर बेच्नु भन्दै प्रश्न गरिरहेका छन् । दमक ८ मै व्यवसायीक कृषि कर्म गरिरहनु भएका उमेश कृृषि फर्मका सञ्चालक राजु यादव अर्गानिक कृषी बजार सञ्चालनमा आईदिए आफूहरुले सिधै उपभोक्तासँग जोडिन पाउने र यसरी उपभोक्ताले व्यापारीलाई अनावश्यक बढी पैसा तिर्न नपर्ने बताउनुहुन्छ ।

 

करिब १० कठ्ठा क्षेत्रफलमा फैलिएको दमक ८ मा रहेको यो अर्गानिक कृषि बजारको भवन काेशी प्रदेश सरकारको २ करोड ७५ लाख  र दमक नगरपालिकाको १ करोड १७ लाख ४८ हजार ८३८ रुपैयाँ बजेटमा बनेको हो । अहिले यो भवनको भीत्रपट्टिका संरचनाहरु भत्कन थालीसकेका छन् । आँगनभरी झार उम्रेर ढाकीएको छ । चिस्यान केन्द्र बनीसकेर पनि यत्तीकै वेवारीसे अवस्थामा थन्कनु परेको छ । किसान भने सहज चिस्यानको सुविधा नपाएर छटपटि रहेका छन् । यसरी किसान, उपभोक्ता र व्यापारी सबैलाई सहज र सुविधा हुने यो बजार सञ्चालन गर्न किन आनाकानी गर्नु भएको भनेर हामीले दमक नगरपालिकाका प्रमुख राम कुमार थापालाई प्रश्न गरेका छौ । उहाँले यसको सञ्चालनको मोडालिटी र कार्यविधि बन्न ढिला भएका कारणले गर्दा सञ्चालनमा ल्याउन नसकीएको प्रतिकृया दिनु भएको छ ।

 

आधुनीक भवन छ । फराकीलो क्षेत्र छ । खुल्ला र आनन्दको संरचना छ । सबै सुविधा छ । यो भवन चलाउने हो भने दमक नगरपालिकालाई राजस्व पनि आउछ । तर पनि सञ्चालनमा अझै ढिलासुस्ती हुनुलाई जनताले माल पाएर चाल नपाउने नेतृत्व भन्दै कुरीकुरी गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु