प्रतिष्ठानको वार्षिक साधारणसभा

बुबाको मुख हेर्ने दिनको अवसरमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान

प्रतिष्ठानले महिला ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै तीजको ’दर खाने’ विशेष कार्यक्रम समेत आयोजना गरेको थियो ।

 

दमक, ३० साउन । ज्येष्ठ नागरिकप्रति सम्मान र कदर प्रकट गर्ने उद्देश्यका साथ जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक–१ शाखाले विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ ।

 

प्रतिष्ठानले बार्षिक साधारण सभाको अवसरमा सम्पन्न उक्त कार्यक्रममा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ढाकाको टोपी र छाता प्रदान गरी सम्मान गरिएको हो ।

दमक नगरपालिका वार्ड नं १ का वार्ड सदस्य रघुविर बुढाथोकी (प्रकाश) प्रमुख अतिथी रहनु भएको कार्यक्रमले ज्येष्ठ नागरिकहरूको मनोबल बढाउन, उनीहरूलाई सक्रिय जीवनयापनतर्फ प्रेरित गर्न र भावी पुस्तालाई ज्येष्ठ नागरिकप्रति सम्मान गर्न प्रेरित गर्ने उद्देश्य राखिएको प्रतिष्ठान केन्द्रिय अध्यक्ष दुर्गा पौडेलले प्रकाश पार्नु भयो ।

 

 

प्रतिष्ठानका अध्यक्ष अम्बर ब. बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाले  संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिवेदनमार्फत उहाँले पछिल्लो एक वर्षको अवधिमा संस्थाले बुबाको मुख हेर्ने दिन कार्यक्रम, जेष्ठ नागरिक तिर्थटान कार्यक्रम,मातातिर्थ औशीमा आमालाई सम्मान तथा स्वस्थ्य सचेतना, मुक्तिनाथ तिर्थयात्रा भ्रमण,लगायतका विविध सामाजिक कार्य सम्पन्न गरेको जानकारी दिनुभयो ।

 

 

अध्यक्ष अम्बर ब. बस्नेतले प्रतिष्ठानको उद्धेश्य नै जेष्ठ नागरिकको संरक्षण र सम्मान गर्ने रहेको उल्लेख गर्दै यसअघि गर्दे आएको सम्मान कार्यक्रमलायृ निरन्तरता दिएको बताउनुभयो ।

 

 

सम्मान कार्यक्रममा बोल्दै सम्मानित ज्येष्ठ नागरिकहरूका प्रतिनिधिले आफूहरू प्रति संस्थाले देखाएको सम्मान र सद्भावप्रति आभार व्यक्त गर्दै यस्ता प्रयासहरूले समाजमा सकारात्मक सन्देश फैलाउने धारणा राखेका छन् ।

 

 

कार्यक्रमलाई थप सांस्कृतिक र उत्साहपूर्ण बनाउने उद्देश्यले प्रतिष्ठानले महिला ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै तीजको ’दर खाने’ विशेष कार्यक्रम समेत आयोजना गरेको थियो ।

 

प्रतिस्ठान वार्ड नं १ साखाका सचिव भोलानाथ ओलीले सन्चालन गर्नुभएको कार्यक्रममा ,उपाध्यक्ष  मनी कुमार सुबेदीले स्वागत गर्नुभएको थियो ।

 

कार्यक्रममा सस्थाका पदाधीकारी, ज्येष्ठ नागरिक तथा महिलाहरुको उल्लेख  उपश्थिती रहेको थियो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये