सरकारसँग सहजीकरण

दमकमा विपद् र जलवायु परिवर्तन सम्बन्धी तालिम

स्थानीयतहलाई नीति निर्माणमा सघाउने अपेक्षा ।

 

दमक, ३१ साउन । झापाको दमकमा २ दिने जलवायु परिवर्तन र विपद व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय तालिम सञ्चालन भएको छ । शुक्रबारबाट सुरु भएको तालीम शनिबार सम्म हुने छ । कमल गाउँपालिकामा रहेको वर्क फर नेपाल नामक संस्थाको आयोजना र हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डिजास्टर म्यानेजमेन्ट संस्थाको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन भएको हो ।

कोशी प्रदेशका ९ ओटा पालिकाका विपत व्यवस्थापनसँग सम्बन्धित कर्मचारी र जनप्रतिनिधीहरु दमकमा भेला भएका छन । आफ्‌नो पालिकामा विप्पत्त व्ययवस्थापनको पूर्व तयारी कसरी गरिरहिएको छ र त्यसलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भएको छ । साथै जलवायु परिवर्तन र यसले निम्ताउने विपतलाई न्युनीकरण र त्यसबाट बच्ने उपायको बारेमा स्थानीय स्तरमा जानकारी यस तालिमले गराउने अपेक्षा आयोजक संस्था वर्क फर नेपालका अध्यक्ष त्रीलोचन अधिकारीले जानकारी दिनुभयो ।

तालिममा उपस्थित गौरीगञ्ज गाउँपालिकाका आईक्यू अफिसर साथै विपत व्यवस्थापनका फोकल पर्सन राकेस राजवंशी गौरीगञ्ज गाउँपालिकाले विपत व्यवस्थापनको लागी सर्वसाधारणलाई विपत सम्बन्धी सचेतना मूलक जानकारी दिईरहेको बताउनुहुन्छ । यस तालिमबाट आफूले धेरै कूरा सिक्ने र अब अफ्‌नो यहाँको सिकाईलाई प्रयोग गरि व्यवस्थापीय कुरामा थप ध्यान दिने बताउनु भयो ।

हेल्पिङ हेन्डले विप्पत्त, शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रभावकारी काम गर्दै आएको छ । विभिन्न आवश्यकीय उपकरण तथा सामाग्री समेत उपलब्ध गराएर पालिका सरकारका कामहरुमा समेत मद्यत गर्ने गरेको यसका कार्यक्रम संयोजक जीभव पोखरेलले जानकारी दिनुभयो ।

 

यस खाले कार्यक्रमले स्थानीय तहहरुमा विप्पत्त तथा जलवायू परिवर्तनकालागी बनाउने निती र कार्यक्रम कस्तो बनाउने भन्नेबारेमा महत्वपूर्ण योगदान गर्ने देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य