सहयोगको सरहना

दमकमा प्रज्ञा पौडेललाई जुट्यो पढाई खर्च

आगामी दिनहरुमा पनि आवश्कताका आधारमा अन्य क्षेत्र र समुदायमा सहयोग गर्ने

दमक, ३१ साउन । दमक ५ मा एक परिवारले कक्षा ११ मा अध्ययनरत कमजोर आर्थिक अवस्था भएको एक छात्रालाई सहयोग गरेको छ । उक्त परिवारले छात्रा प्रज्ञा पौडेलको पढाई खर्च वेहोरेको हो । सोही सहयोगको कदर गर्दै दमक ५ वडा कार्यालयले शुक्रबार सो परिवारलाई बोलाएर सम्मान गरेको हो ।

 

 

छात्रा प्रज्ञा पौडेललाई दमक बहुमुखी क्याम्पसमा भर्ना गराउँदै पढाई खर्च समेत वेर्होने दमक ५ कै दाहाल परिवार हुन् । यो परिवारले यसभन्दा अघि पनि विभिन्न सहयाृग गर्दै आएको छ । सम्मान कार्यक्रममा छात्राकी हजुरआमा कन्चनी राइले सहयोगी परिवारप्रतिआभार व्यक्त गर्दै यस सहयोगले आफ्‌नो नातिनीको भविष्य उज्जवल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

 

 

पैसाकै अभावमा कसैले पढ्न नपाउनु भनेको अन्याय हो । हुनेले सकेको सहयोग गर्ने र एकजना हुनेले एकजना नहुनेलाई पढाउने मात्रै गर्यो भने पनि त्यसले परिणाम दिन सक्छ । सामाजीक रुपान्तरणको एउटा आधार बन्न सक्छ । त्यसैले सहयोगकर्ता परिवारका छोरा उत्सव दाहालले आगामी दिनहरुमा पनि आवश्कताका आधारमा अन्य क्षेत्र र समुदायमा सहयोग गर्ने उल्लेख गर्नुभयो ।

 

 

हुन त यसखाले काम राज्यको तहबाट हुनुपर्ने हो । तर राज्यले सबै क्षेत्रमा भनेकै समयमा गर्ने क्षमता पनि राख्न सकिरहेको हुँदैन । समाजमा रहेका यस्ता सहयोगीहरुको सहकार्यबाट यहाँका आवश्कता र समस्याको जुक्ति निकाल्दै काम गरिरहेको दमक नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष इन्द्र गुरुङले बताउनु भयो ।

 

समाज परिवर्तन गर्न र समाजका समस्या समाधान गर्न एउटा पक्षमात्रै सकरात्मक भएर सम्भव हुँदैन । सबै पक्ष यसमा लाग्नै पर्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु