सहयोगको सरहना

दमकमा प्रज्ञा पौडेललाई जुट्यो पढाई खर्च

आगामी दिनहरुमा पनि आवश्कताका आधारमा अन्य क्षेत्र र समुदायमा सहयोग गर्ने

दमक, ३१ साउन । दमक ५ मा एक परिवारले कक्षा ११ मा अध्ययनरत कमजोर आर्थिक अवस्था भएको एक छात्रालाई सहयोग गरेको छ । उक्त परिवारले छात्रा प्रज्ञा पौडेलको पढाई खर्च वेहोरेको हो । सोही सहयोगको कदर गर्दै दमक ५ वडा कार्यालयले शुक्रबार सो परिवारलाई बोलाएर सम्मान गरेको हो ।

 

 

छात्रा प्रज्ञा पौडेललाई दमक बहुमुखी क्याम्पसमा भर्ना गराउँदै पढाई खर्च समेत वेर्होने दमक ५ कै दाहाल परिवार हुन् । यो परिवारले यसभन्दा अघि पनि विभिन्न सहयाृग गर्दै आएको छ । सम्मान कार्यक्रममा छात्राकी हजुरआमा कन्चनी राइले सहयोगी परिवारप्रतिआभार व्यक्त गर्दै यस सहयोगले आफ्‌नो नातिनीको भविष्य उज्जवल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

 

 

पैसाकै अभावमा कसैले पढ्न नपाउनु भनेको अन्याय हो । हुनेले सकेको सहयोग गर्ने र एकजना हुनेले एकजना नहुनेलाई पढाउने मात्रै गर्यो भने पनि त्यसले परिणाम दिन सक्छ । सामाजीक रुपान्तरणको एउटा आधार बन्न सक्छ । त्यसैले सहयोगकर्ता परिवारका छोरा उत्सव दाहालले आगामी दिनहरुमा पनि आवश्कताका आधारमा अन्य क्षेत्र र समुदायमा सहयोग गर्ने उल्लेख गर्नुभयो ।

 

 

हुन त यसखाले काम राज्यको तहबाट हुनुपर्ने हो । तर राज्यले सबै क्षेत्रमा भनेकै समयमा गर्ने क्षमता पनि राख्न सकिरहेको हुँदैन । समाजमा रहेका यस्ता सहयोगीहरुको सहकार्यबाट यहाँका आवश्कता र समस्याको जुक्ति निकाल्दै काम गरिरहेको दमक नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष इन्द्र गुरुङले बताउनु भयो ।

 

समाज परिवर्तन गर्न र समाजका समस्या समाधान गर्न एउटा पक्षमात्रै सकरात्मक भएर सम्भव हुँदैन । सबै पक्ष यसमा लाग्नै पर्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका