रतुवाको पाता फर्काइदै

धमाधम बन्दै रतुवमा बाँधः स्थानीयबासी भन्छन् ‘ बाँध भन्दा ठुलो आशा पलाएको छ ’

दमक/

झापाको क्षेत्र नं ५ मा हरेक चुनावमा प्रमुख मुद्धा बनेर उठ्ने विषय हो नदि तटबन्ध । विषेश गरि रतुवा र मावा नदिबाट अत्यधिक क्षती हुने गरेपछि हरेक निर्वाचनमा यहाँ तटबन्ध निर्माण गर्ने मुद्धा उठ्ने गर्दछन् । केहि वर्ष अघि सम्म चुनावी एजेण्डा मात्रै बनेको यो विषय केन्द्र, प्रदेश र स्थानीय तह सम्ममा पनि एकै प्रकारका जनप्रतिनिधी भएपछि भने कार्यान्वायन हुन थलेको छ । अहिले रतुवा नदिको पूर्व र पश्चिम दुवै तर्फ गरि धमाधम तटबन्ध निर्माणको काम भइरहेको छ । यसले यस क्षेत्रका नगरिकले अगामी बर्खामा डुवान र कटानबाट बाच्ने अपेक्षा गरेका छन् ।
दिउँसो बाढी आउँदा जसो तसो ज्यान जोगाउन सफल भए पनि राती बाढी पस्दा वृद्धवृद्धा तथा बालबालिकालाई जोगाउनै कठिन हुने खयरबारीका जीवन सापकोटा सुनाउँनुहुन्छ ।
रतुवा किनारका बासिन्दा ठुलो वर्षा भएको रात राम्ररी सुत्न समेत नपाउने गरेको गोहावारीका रुद्रप्रसाद पौडेलको भनाई छ । कति खेर बाढि आउँछ र भाग्नु पर्ला भन्ने पीर हुने गरकोे भन्दै उहाँले बाँध निर्माण पछि यो समस्याको अन्त्य हुने आशा पलाएको उहाँले बताउनु भयो ।

झापाको कमल गाउँपलिका वडा नं ६ का अनिल बानीयाको खेत रतुवा नदिको किनारमै छ । घर खेत भएको ठाउँबाट २ सय मिटर जती पूर्व । रतुवा नदि मा आएको बाढीका कारण उहाँको गाउँ घर पुरै जलाग्न हुने गरेको थियो । खेतबारीमा खोला कुद्थ्यो । बाली लगाएर खाने सबै खेत बगर बन्थ्यो ।
अहिले भने उहाँले आफ्नो खेतमा फसल लगाउन थल्नु भएको छ । उहाँलाई अव चाहि केहि राहत मिलेको छ । मावा रतुवा बाढी नियन्त्रण परियोजना अन्तर्गत कमल ६ को खयरबारी तथा गोहावारी टोल नजिकै बाँध निर्माणको कार्य सुरु भएपछि उहाँमा आशा पालएको हो ।
दमक ८ स्थित ईलाका प्रशासन कार्यालय दक्षिण रतुवाको पूर्वी खण्डबाट वर्षेनी बाढी पस्दा वर्षायाममा स्थानीयलाई बाँच्ननै कठिन हुने गरेको स्थानीयबासी यादवकुमार मिश्रले बताउनु भयो । यसै वर्ष समेत कातिकमा आएको बाढिले समेत ठुलो नोक्सानी पुर्याएको भन्दै उहाँले सो ठाउँमा बाँध बने पछि चाँहि यस्तो हैरानी भोग्न नपर्ला कि भन्ने आशा व्यक्त गर्नुहुन्छ ।

वर्षौ देखि रतुवा खोलाको बाढीका कारण नोक्सानी व्यहोर्दै आएका झापाको कमल ६ गोहावारी तथा खयरबारीका बासिन्दा आउँदो वर्षायाममा पनि ढुक्कले सुत्न पाईएला कि भन्ने आशामा छन् । उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय, जलश्रोत तथा सिँचाई विभाग मार्फत रतुवा खोलाको पूर्वी भागमा बाँध निर्माण शुरुभएसँगै उनीहरुमा बाँध भन्दा अग्लो आशा पलाएको हो ।

एशियाली विकास बैंकको सहयोग मार्फत बाँध निर्माण भई रहेको छ। यहाँ अहिले खोलातिरबाट साढे ३ मिटर उचाईको डिल बनाइदै छ । बस्ति तथा सर्वसाधरणको जमिनतर्फबाट पनि उतीनै उचाईको डील बन्ने छ । दुवै तीर गरेर ५ मिटर सम्मको चौडा हुने छ । यो क्षेत्रलाई सर्वसाधरणले सडकको रुपमा प्रयोग गर्न सक्ने निर्माण कम्पनी एच जेठ एम सि ,मैनचुली, रोषन जेविका साईड इन्जिनियर उपेन्द्र शर्माले जानकारी दिनुभयो ।

मोरङ र झापा गरेर रतुवा नदिमा ११ दशमलव ७ किलोमिटर रतुवा किनारमा तटबन्ध निर्माण गरिदै छ । यसलाई १९ वटा क्लसटरमा बर्गिकरण गरेको छ । यी मध्ये ५ वटा कल्सटर अर्थात २ दशमलव ५ किलोमिटर तटबन्ध निर्माण गरिसक्नु पर्ने सम्झौता छ । गत माघ ८ गते देखी यसको भौतीक निर्माण थालीएको पनि इन्जिनियर शर्माले जानकारी दिनुभयो । सबै कल्सटर निर्माण गर्नकालागि ७ करोड ४६ लाख ५ हजार ३ सय २० रुपैँया ८९ पैसामा ठक्का सम्झौता भएको छ । २०७८ साल जेठ ११ गते काम सम्झौता भएको यो काम २०८१ साल असार २ गते सम्पन्न गरि सक्नु पर्ने सम्झौता छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न