जेष्ठलाई सहज

दमकमा जेष्ठ नागरिक चौतारी

स्थानीय तहमा जेष्ठ नागरिक लक्षित यस किसिमका संरचनात्मक पहलहरू न्यून नै छन्।

दमक,  ५ भदौ । दमक नगरपालिका–६ का जेष्ठ नागरिकले अब आफ्नो समय घरभित्र मात्रै सीमित गरेर काट्नुपर्ने बाध्यता भोग्नु पर्ने छैन । वडाले बुधबार एक कार्यक्रम आयोजना गरी “जेष्ठ नागरिक चौतारी”को औपचारिक उद्घाटन गरेपछि उनीहरूका लागि भेटघाट, भजनकीर्तन र विविध मनोरञ्जनात्मक गतिविधि गर्न सहज भएको छ।

 

वडा कार्यालय परिसरमै तयार गरिएको संरचनालाई जेष्ठ नागरिकका लागि *‘साझा स्थल’*का रुपमा सञ्चालन गरिने भएको हो । यसअघि यस्ता क्रियाकलापका लागि टाढासम्म पुग्नुपर्ने बाध्यताले धेरैलाई असहज बनाउँदै आएको थियो। तर यस चौतारीको स्थापना सँगै उनीहरूको त्यो समस्या समाधान भएको छ।

 

उद्घाटन समारोहमा वडाध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्य थियो। उद्घाटन मात्र होइन, कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले भजन गाएर नाच्दै खुशीयाली साटासाट गरे। कार्यक्रममा उनीहरूको अनुहारमा देखिएको उत्साह र आत्मसन्तुष्टि आफैंमा यस ‘चौतारी’को प्रभावशाली सुरुवातको सङ्केत थियो।

 

कार्यक्रममा सहभागी भोजराज तिम्सिनाले वडाले जेष्ठ नागरिकका लागि दैनिक भेटघाट गर्न, दुःख–सुख साटासाट गर्न र मादल–हारमोनियमजस्ता रमाइला गतिविधि सञ्चालन गर्न साझा स्थल उपलब्ध गराएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उमेर ढल्केका जेष्ठ नागरिकहरुलाई घरभित्र मात्र सीमित नराखी बाहिरी वातावरणमा रमाउन सकोस् भन्ने उद्देश्यले यो चौतारी बनाइएको वार्ड अध्यक्ष टेक बहादुर थापाको भनाई छ । केही दिनभित्र धार्मिक ग्रन्थ, पत्रपत्रिका र खाजाको व्यवस्था पनि गरिने उहाले बताउनु भयो ।

स्थानीय तहमा जेष्ठ नागरिक लक्षित यस किसिमका संरचनात्मक पहलहरू न्यून नै छन्। तर दमक–६ वडाले सुरु गरेको यो कदमले समुदायमा सम्मान र माया सहितको सामाजिक वातावरण निर्माण गरिरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,