राजनीतिमा वाकाे चासाे

दमकका यी युवा भन्छन्–‘राजनीतिमा सिर्जजशिलता चाहिए युवा नेतृत्व आवश्यक’

यूवाहरू राजनीतिलाई केवल शक्ति प्राप्तिको माध्यम होइन, सामाजिक सेवा र परिवर्तनको सशक्त माध्यमका रूपमा बुझ्‌न थालेका छन्।

दमक, ६ भदौ ।  राजनीति राष्ट्रको समग्र विकास, नीति निर्माण र शासन सञ्चालनको मेरुदण्ड हो। समृद्धि, सामाजिक न्याय र दिगो विकासका लागि सशक्त राजनीतिक चेतना आवश्यक हुनेमा विज्ञहरू जोड दिँदै आएका छन्। पछिल्लो समय नेपाली युवाहरूमा राजनीतिक चेतना बढ्दो देखिएको छ।

 

हालको पुस्ताका युवाहरू सामाजिक सञ्जाल, शैक्षिक माध्यम राजनीतिक विषयमा सचेत छन्। उनीहरू पुराना राजनीतिक अभ्यासहरूप्रति आलोचनात्मक दृष्टिकोण राख्छन् र नयाँ, उत्तरदायी तथा पारदर्शी राजनीतिक अभ्यासको माग गर्छन्। युवाहरू राजनीतिलाई केवल शक्ति प्राप्तिको माध्यम होइन, सामाजिक सेवा र परिवर्तनको सशक्त माध्यमका रूपमा बुझ्‌न थालेका छन्। दमक बहुमुखी क्याम्पस स्नातक तह चौथो बर्षमा अध्ययनरत युवा राकेश खड्काले युवाहरूले ईतिहासबाट पाठ सिकेर, समय अनुसारको योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

 

 

युबा बिद्यार्थी पर्वत बस्नेतले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, अहिलेका प्रमुख राजनीतिक दलहरूले युवाहरूलाइ केवल साधनका रूपमा प्रयोग गरिरहेका छन्, जसले युवाको सशक्त भूमिका र सिर्जनशील योगदानलाई ओझेलमा पारेको छ।

 

युवाहरू प्रविधिमा दक्ष भएकाले देशको प्रशासनिक सुधार र डिजिटल गभर्नेन्समा समेत उनीहरूको भूमिका महत्वपूर्ण हुने दमक बहुमुखी क्याम्पसकी कोषाध्यक्ष प्रिती रानाको भनाइ छ।
यद्यपि युवाहरूमा राजनीतिक चेतना बढ्दो छ, प्रत्यक्ष सहभागिता भने अपेक्षा अनुसार देखिँदैन। राजनीतिक दलहरूले पुराना पुस्तालाई मात्र प्राथमिकता दिने चलनले युवाहरूलाई पछाडि पार्ने गरेको स्नातक तहका विद्यार्थी प्रबिन कार्कीको भनाइ छ।

 

 

तर राजनीतिलाई लिएर सबै युवाहरुको एकमत भने छैन । युवाहरूलाई राजनीतिमा देवताकरण गर्नु गलत हुने धारणा राख्नु हुन्छ स्नातक चौथो वर्षमा अध्ययनरत सबिन गौतमको। राजनीतिमा आउने युवाहरूमा योग्यता, क्षमता र स्वच्छ छवि अनिवार्य हुनुपर्ने धारणा उहाँको छ।

 

नयाँ पुस्ताले राजनीतिलाई सामाजिक परिवर्तन र विकासको माध्यमका रूपमा बुझ्न थालेका छन्। उनीहरू पारदर्शिता, जवाफदेहिता र सकारात्मक नेतृत्वको अपेक्षा गर्छन्। यस्तो अवस्थामा, राज्य, राजनीतिक दल, शैक्षिक संस्था र समाजले युवाहरूलाई नेतृत्वमा अघि ल्याउने वातावरण बनाउन आवश्यक छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका