उर्लाबारी क्याम्पसमा चुनाव

‘शिक्षामा राजनीति गर्ने कि राजनीतिमा शिक्षा खोज्ने ?’

कुनै समय आर्थिक अवस्था धरासायी बनेर अधिकांशले सेताहात्ती ठानेका उर्लाबारी बहुमुखी क्याम्पस, जग्गादाता, अक्षयकोष दाताहरुको पहलमा मुनाफामा गएपछि सवैको गिद्दे नजर परेको कतिपयको ठम्याई छ ।

 

उर्लाबारी, ६ भदौ ।  उर्लाबारी नगरकै उच्च शिक्षा प्रदान गर्ने अग्रणी संस्था उर्लाबारी बहुमुखी क्याम्पस स्थापना भएको ३९ बर्ष भयो । यसले नयाँ इतिहाँस रचिसकेको छ । २०४३ सालमा स्थापना भएको यस क्याम्पसमा यो भन्दा अघि आपसी समझदारीमा नेतृत्व चयन हुदै आएकोमा यस पटक निर्बाचन प्रकृया बाट नेतृत्व चयन हुने भएको छ ।

 

 

शिक्षा, स्वास्थ्य, विकास निर्माण, बाटो, पूल, वन, खानेपानी लगायत अति महत्वपुर्ण क्षेत्रमा पनि राजनैतिक भागबण्डा लगाउनु पर्ने अवस्थाले ब्याप्त भएको मुलुकमा क्याम्पसको शैक्षिक भविस्य र संस्थागत विकासलाई कस्तो दिशा दिने हो भन्ने प्रश्न अहिले स्थानिय सरोकारवालाबिच बहसको विषय बनेको छ ।

 

स्थापनाभएको ३९ बर्ष पछि आगामी भाद्र ७ गते हुन गईरहेको नेतृत्व चयनका लागि उर्लाबारी बहुमुखी क्याम्पस नया मोडमा धकेलिदैछ ।

 

 

शिक्षा क्षेत्रका विज्ञहरुका अनुसार, सहमतिमा नेतृत्व चयनगर्नु संस्थागत एकताको दृष्टिले सहज भएपनि निर्वाचन प्रकृयाले पारदर्शिता र जवाफदेहिता सुनिश्चितता हुने विस्वास व्यक्त गर्नुहुन्छ जीवन घिमिरे

 

 

सहमतिमै बनेका समितिको पहलमा भैतिक संरचना, रंगरोगन, विद्यार्थी वसार पसारकालागि सबारी साधन,लाईव्रेरी, प्रयाप्त कक्षाकोठा थपिने क्रम, चमेना गृह लगायतका सुविधा थप्ने काम भए । यससघै यहाँ अध्ययनरत विद्यार्थी संख्या बढेकाछन् ।, अभिभावको समेत विश्वास जित्न सफल भएको सालक समिति सदस्य मुक्तिप्रकाश न्यौपानेको भनाई छ ।

 

 

कुनै समय आर्थिक अवस्था धरासायी बनेर अधिकांशले सेताहात्ती ठानेका उर्लाबारी बहुमुखी क्याम्पस, जग्गादाता, अक्षयकोष दाताहरुको पहलमा मुनाफामा गएपछि सवैको गिद्दे नजर परेको कतिपयको ठम्याई छ ।

 

 

भैतिक संरचना, रंग रोगन,सबारी साधन, लाईव्रेरी, प्रयाप्त कक्षाकोठा, चमेना गृह लगायतका सुविधाथप्ने काम भएपछि विद्यार्थी संख्या बढेर समयले साथदिदा फड्को मार्न सफल भएको, क्याम्पस प्रमुख खेमराज कार्कीको भनाई छ ।

 

 

यस पटक यो क्याम्पसको निर्वाचनमा दलगत महत्वकांक्षा, ब्याक्तिगत पद लालसा र राजनैतिक हैसियतका कारण प्रतिस्पर्धात्मक निर्वाचनमा धकेलिएको जानकारहरु बताउछन् ।

 

 

प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नया नेत्रृत्व चयनकालागि प्रगतिशिल विचारधाराका उम्मेद्वारहरु संयुक्त गठबन्धन भएका छन् ।

जसमा नेकपा एमाले, एकीकृत समाजबादी र नेकपा माओवादी मिलेर निर्वाचनमा जाने भएका हुन् ।

 

 

त्यस्तै संयुक्त लोकतान्त्रीक समूह नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल र लिम्वुवान मिलेर निर्वाचनमा जाने भएका छन् ।

निर्वाचनमा १५ जनाको छनौटका लागि ३८ जनाबिच प्रतिस्पर्धा हुनेछ, जसकालागि ९ सय १२ जनाले मत खसाल्ने निर्वाचन संयोजक हस्तबहादुर भट्टराईले जानकारी दिनुभयो ।

 

 

भावना नमिल्ने राजनैतिक गठबन्धनले कस्तो परिणाम ल्याउला र यसको प्रतिफल कस्तो होला भन्नेमा उर्लाबारी बासी पर्ख र हेरको अवस्थामा रहेका छन् । तसर्थ ”शिक्षामा राजनिति गर्ने कि, राजनितिमा शिक्षा खोज्ने?भन्ने प्रश्नको उत्तर उर्लाबारीमा खोजीदैछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण