तीजसँगै राजनीति

अनेमसंघको तीज : यस्तो देखियो दृष्य, नेताका भाषणमा कस्ता सन्देश ?

‘अनेम संघले सामाजीक रुपान्तरण र राजनैतिक परिवर्तनमा उल्लेख्य योगदान गरेको छ ।

दमक, ६ भदौ | महिलाका पीडा र वेदाना बोकेका गीत । अनी त्यही गीतमा महिलाहरुको छमछमी नृत्य । सबै सहभागी महिलाहरु राता सारी लागको राताम्मे दृष्य । सबैको मुहारमा खुसी र उमङ्ग । झापाको दमक स्थित एक पार्टि प्यालेसमा देखिएको यो दृष्य देखिएको थियो ।

परिवर्तनकालागी महिलाहरुले केके योगदान गर्नु पर्ने हो ? ती सबै योगदान र आफुहरुले गर्नुपर्ने दावित्व पुरा गर्न तयार रहेको यहाँ सहभागी महिलाहरुले गीत सङ्गीत मार्फत सन्देश दिएका थीए ।

 

झापाभरीबाट आएका महिला नेतृहरुको यहाँ उल्लेखय उपस्थिती रहेको थियो । यो माहोल जुराएको थियो अखिल नेपाल महिला संघ झापाले ।

 

 

महिला शशक्तिकरणकालागि र महिलाको अधिकार स्थापीत गर्नकालागी अनेमसंघले बिगतमा के गर्यो ? र अव अझै के गरिन बाँकी छ भन्नेबारेमा पनि बेला बेलामा राजनैतिक बिचार र सन्देश पनि दिइएको थियो ।

 

 

नेकपा एमालेको शशक्त जनवर्गीय संगठन रहेको यो संघको ७५ वर्षको इतिहाँस रहेको बताउँनु हुदै नेकपा एमालेका स्थाई कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले भन्नु भयो ‘अनेम संघले सामाजीक रुपान्तरण र राजनैतिक परिवर्तनमा उल्लेख्य योगदान गरेको छ । इतिहाँसमा उर्जाशील बनेको यो यो संघ अहिले पनि सामाजीक रुपान्तरणमा उत्तीकै सकृय रहेको र यसमा लाग्ने नेतृहरुको भविष्यपनि उज्वल रहेको छ । ’

अनेम संघको केन्द्रिय उपाध्यक्ष मेनुका काफ्‌लेको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनका बिभिन्न तहका महिला नेतृ तथा पार्टिका केन्द्र, प्रदेश, जील्ला र नगर स्तरका नेता एवं नेतृत्वहरुको उल्लेख्य उपस्थिती रहेको अनेम सघं झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालले जानकारी दिनुभयो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।

झापामा ६५ मिलिलिटर वर्षा, मैनाचुलील मापन केन्द्रभने बिग्रियो

दमक, १४ कार्तिक । झापामा गएरातीदेखी निरन्तर पानी परिरहेको छ । राती भारी वर्षा भएपनि अहिले बिहान वर्षात सामान्य छ । तर पानी निरन्तर परिरहेकोले

चक्रवात “मोन्था” के हो

दमक, १४ कार्तिक | बङ्गालको उपसागरमा विकसित भएको शक्तिशाली उष्णकटिबंधीय चक्रवात “मोन्था” अहिले सक्रिय अवस्थामा छ । भारत र म्यानमारको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव