तीजको व्यापार

अघील्लो वर्ष भन्दा बढ्यो, अनलाईनले भने प्रभावित

यो समयमा कपडा व्यापारीहरुले पनि चाडपर्वमा लक्षित गरि विभिन्न अफर र छुट ल्याउने गर्छन् । यस्तो समयमा उपभोक्ताहरुको पनि कपडा पसलहरुमा भिड लाग्ने गर्छ ।

दमक, ८ भदौ । बजार अहिले राताम्मे छ । कारण हो हरितालिका तीज । तीजमा राता पहिरन लगाउने कारणले बजारनै राताम्मे बनेको हो । महिलाहरुले लगाउने साडी होस वा कुर्ता सरवाल । अधिकांश राता छन् , वा राता बुटा भरिएका कुनै न कुनै रङ्ग मिसिएका । यो समयमा कपडा व्यापारीहरुले पनि चाडपर्वमा लक्षित गरि विभिन्न अफर र छुट ल्याउने गर्छन् । यस्तो समयमा उपभोक्ताहरुको पनि कपडा पसलहरुमा भिड लाग्ने गर्छ ।

 

 

 

यो वर्ष दमकको कपडा पसलहरु खाली खाली देखिन्छ । सडकहरु पनि सुनसान छन् । कोभिड १९को माहामारी फैलिएको साल देशै भरि लकडाउन लगाईएको थियो । त्यो समयमा व्यापारीहरुले आफ्‌नो सामान बेच्न अनलाईनमा सामान राखी बेच्न थाले । मानिसहरुलाई पसल धाएर किन्न जानुभन्दा अनलाईन लिन सजिलो हुने भएकाले अधिकांश उपभोक्ताहरुले अनलाईन लिन थालेका छन् । अहिले साडी भन्दा कुर्ता सरवाल बढि बिकीरहेको छ । दमक ६ पशुपती मार्गमा रहेको प्रनिस स्टोरका सञ्चालन अरविन्द चौधरीका अनुसार अनलाईन कारण बढि व्यापार हुने तर ग्राहक पसलमै आएर कम किन्ने गरेको बताउनु हुन्छ ।

 

 

 

अनलाईनमा नाच्दै, चटक्क परेर विभिन्न मोडलनै प्रयोग गरेर आकर्षक भिडियो बनाएर प्रचार गर्दै व्यापार गर्नेहरु बढि रहेका छन् । अझ महिलाका पहिरनमा यसखाले व्यापार बढेको छ । जसले गर्दा बजारमा सर्टर भाडामा लिएर राज्यलाई कर कर तिरेर व्यापार गर्नेहरुलाई मर्का परेको बताउनु हुन्छ दमक बजारमा खाटु स्टोर सञ्चालन गरिरहनु भएका सञ्जय अग्रवाल । अझ अनलाईनबाट फोटो तथा भिडियो डाउनलोड गरेर ल्याउनु र त्यस्तै दुरुस्तै चाहियो भन्ने ग्राहकहरु पनि आउनाले अर्को दुविधा बढाउने गरेको पनि उहाँले सुनाउनु भयो ।

 

 

 

व्यापार हुँदै नभएको चाहि हैन । चल्दै नचलेको पनि हैन । अनलाईनबाटै पनि दमकका अधिकांश व्यापारीहरुले प्रर्वधन गरिरहेका छन् । सामान बेचिरहेका छन् । मेचि महाकाली सम्मनै दमकको सामान पनि किनबेच भइनै रहेको छ । यो समयको माग हो । यसलाई सबैले स्विकार गर्दै अघी बढ्न पर्छ । कोभिड भन्दा अघी यसखाले व्यापार कम हुन्थ्यो । अर्थात अनलाईनमा आकर्षण कम थियो । अहिले अली बढेको मात्रै हो । यसलाई आफ्‌नो व्यापारमा प्रयोग गर्ने हो भने फाईदा हुने अनुभव दमक बजारमा रहेको गणेश स्टोरमा काम गर्ने कर्मचारी देवि फूँयालको छ । त्यसैले उहाँ भन्नु हुन्छ अहिले कपडाको व्यापार कोभिड भन्दा अघी जत्तिको नभएपनि त्यस यता र अहिले भन्दा अघील्ला वर्षको तुलनामा यो वर्ष व्यापार राम्रो भएको अनुभव सुनाउनु हुन्छ ।

 

 

 

तीज होस वा अन्य जुनसुकै पर्व । ग्राहकको भीड अनलाईन छ वा अफलाईन । त्यो व्यापारीले नजर अन्दाज गर्नु पर्छ । अनी आफुले पनि चलेको ट्रेण्डमा गएर आफ्‌नो सेवा र बस्तुको सहि ढंगले व्यापार गर्यो भने त्यसले प्रतिफल पनि दिन सक्ने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,