तीजको व्यापार

अघील्लो वर्ष भन्दा बढ्यो, अनलाईनले भने प्रभावित

यो समयमा कपडा व्यापारीहरुले पनि चाडपर्वमा लक्षित गरि विभिन्न अफर र छुट ल्याउने गर्छन् । यस्तो समयमा उपभोक्ताहरुको पनि कपडा पसलहरुमा भिड लाग्ने गर्छ ।

दमक, ८ भदौ । बजार अहिले राताम्मे छ । कारण हो हरितालिका तीज । तीजमा राता पहिरन लगाउने कारणले बजारनै राताम्मे बनेको हो । महिलाहरुले लगाउने साडी होस वा कुर्ता सरवाल । अधिकांश राता छन् , वा राता बुटा भरिएका कुनै न कुनै रङ्ग मिसिएका । यो समयमा कपडा व्यापारीहरुले पनि चाडपर्वमा लक्षित गरि विभिन्न अफर र छुट ल्याउने गर्छन् । यस्तो समयमा उपभोक्ताहरुको पनि कपडा पसलहरुमा भिड लाग्ने गर्छ ।

 

 

 

यो वर्ष दमकको कपडा पसलहरु खाली खाली देखिन्छ । सडकहरु पनि सुनसान छन् । कोभिड १९को माहामारी फैलिएको साल देशै भरि लकडाउन लगाईएको थियो । त्यो समयमा व्यापारीहरुले आफ्‌नो सामान बेच्न अनलाईनमा सामान राखी बेच्न थाले । मानिसहरुलाई पसल धाएर किन्न जानुभन्दा अनलाईन लिन सजिलो हुने भएकाले अधिकांश उपभोक्ताहरुले अनलाईन लिन थालेका छन् । अहिले साडी भन्दा कुर्ता सरवाल बढि बिकीरहेको छ । दमक ६ पशुपती मार्गमा रहेको प्रनिस स्टोरका सञ्चालन अरविन्द चौधरीका अनुसार अनलाईन कारण बढि व्यापार हुने तर ग्राहक पसलमै आएर कम किन्ने गरेको बताउनु हुन्छ ।

 

 

 

अनलाईनमा नाच्दै, चटक्क परेर विभिन्न मोडलनै प्रयोग गरेर आकर्षक भिडियो बनाएर प्रचार गर्दै व्यापार गर्नेहरु बढि रहेका छन् । अझ महिलाका पहिरनमा यसखाले व्यापार बढेको छ । जसले गर्दा बजारमा सर्टर भाडामा लिएर राज्यलाई कर कर तिरेर व्यापार गर्नेहरुलाई मर्का परेको बताउनु हुन्छ दमक बजारमा खाटु स्टोर सञ्चालन गरिरहनु भएका सञ्जय अग्रवाल । अझ अनलाईनबाट फोटो तथा भिडियो डाउनलोड गरेर ल्याउनु र त्यस्तै दुरुस्तै चाहियो भन्ने ग्राहकहरु पनि आउनाले अर्को दुविधा बढाउने गरेको पनि उहाँले सुनाउनु भयो ।

 

 

 

व्यापार हुँदै नभएको चाहि हैन । चल्दै नचलेको पनि हैन । अनलाईनबाटै पनि दमकका अधिकांश व्यापारीहरुले प्रर्वधन गरिरहेका छन् । सामान बेचिरहेका छन् । मेचि महाकाली सम्मनै दमकको सामान पनि किनबेच भइनै रहेको छ । यो समयको माग हो । यसलाई सबैले स्विकार गर्दै अघी बढ्न पर्छ । कोभिड भन्दा अघी यसखाले व्यापार कम हुन्थ्यो । अर्थात अनलाईनमा आकर्षण कम थियो । अहिले अली बढेको मात्रै हो । यसलाई आफ्‌नो व्यापारमा प्रयोग गर्ने हो भने फाईदा हुने अनुभव दमक बजारमा रहेको गणेश स्टोरमा काम गर्ने कर्मचारी देवि फूँयालको छ । त्यसैले उहाँ भन्नु हुन्छ अहिले कपडाको व्यापार कोभिड भन्दा अघी जत्तिको नभएपनि त्यस यता र अहिले भन्दा अघील्ला वर्षको तुलनामा यो वर्ष व्यापार राम्रो भएको अनुभव सुनाउनु हुन्छ ।

 

 

 

तीज होस वा अन्य जुनसुकै पर्व । ग्राहकको भीड अनलाईन छ वा अफलाईन । त्यो व्यापारीले नजर अन्दाज गर्नु पर्छ । अनी आफुले पनि चलेको ट्रेण्डमा गएर आफ्‌नो सेवा र बस्तुको सहि ढंगले व्यापार गर्यो भने त्यसले प्रतिफल पनि दिन सक्ने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका