विज्ञान प्रयोगशाला देशकै नमुना

दमक बहुमुखी क्याम्पस : ४१ वर्षको गौरव यात्रामा ऐतिहासिक देखि बर्तमानसम्म ( भिडियो)

सुरुवातमा स्थानीय र आसपासका जिल्लाका विद्यार्थीलाई टाढा नगई उच्च शिक्षा हासिल गर्न सकियोस भन्ने उद्देश्यले स्थापना भएको यो क्याम्पसले आज हजारौं विद्यार्थीको भविष्य उज्यालो बनाइरहेको छ ।

दमक, भदौ १० । वि.सं. २०३८ सालमा स्थानीय शिक्षाप्रेमीहरुको पहलमा स्थापना गरिएको दमक बहुमुखी क्याम्पस आज पूर्वी नेपालकै गौरव बनेको छ । सुरुवातमा स्थानीय र आसपासका जिल्लाका विद्यार्थीलाई टाढा नगई उच्च शिक्षा हासिल गर्न सकियोस भन्ने उद्देश्यले स्थापना भएको यो क्याम्पसले आज हजारौं विद्यार्थीको भविष्य उज्यालो बनाइरहेको छ ।

 

 

स्थापनाको ४१ वर्षसम्म आउँदा यस क्याम्पसले भौतिक अवस्थामा ठूलो फड्को मारेको छ । चालू अवस्थामा ४० वटा कक्षा कोठामा अध्ययन अध्यापनको काम हुने गर्दछ । यससँगै क्याम्पसमा मुख्य भवन, साइन्स विल्डिङ, स्नातकोत्तरका लागि छट्टै भवन, लाइबे्ररी भवन, प्रयोगशाला भवन, स्ववियू भवन, क्यान्टीन, सूचना प्रविधि भवन, प्रशासनिक भवन, सेमिनार हल, सभाकक्ष, सूचना प्रविधि प्रयोगशाला रहेका छन् । क्याम्पसको हाल १ दुई तले प्रशासनिक भवन, १ दुई तले शैक्षिक भवन जसमा कोठाहरु रहेका छन । लाइब्रेरी र पुस्तकालयको लागि छुट्टै दुई तले भवन रहेको छ ।

 

 

यस क्याम्पसमा हाल ४ हजार ३४३ विद्यार्थीहरु विभिन्न संकायमा अध्ययनरत रहेको तथ्यांक छ । क्याम्पसमा कक्षा ११ र १२ देखि स्नातकोत्तर सम्मको पढाई हुने गरेको छ । जसमा प्लस टु तर्फ विज्ञान, मानविकी र शिक्षा, स्नातक कार्यक्रम तर्फ बी.बी.एस, बी.ए., बी.एड., बी.एस्सी., बी.एस.डब्लु, बी.बी.ए र बी.सी.ए. तथा स्नातकोत्तर कार्यक्रम तर्फ एम.बी.एस., एम.ए. अर्थशास्त्र, एम.एड. नेपाली र अंग्रजी विषय रहेका छन् । यि विषयहरु अध्यापन गराउन हाल क्याम्पसमा ६८ जना प्राध्यापकहरु कार्यरत छन् । क्याम्पसले सिकाइको गुणस्तर उचाइमा र्पुयाउन विशेष पहल गर्दै आएको छ। भविष्यमा पनि यसले शैक्षिक स्तर अझ उच्च बनाउने उद्देश्य राखेको छ।

 

 

वि.सं. २९६८ मा आएर यस क्याम्पसले विश्वविद्याल अनुदान आयोगबाट शैक्षिक गुणस्तरको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्यूएए प्रमाण पत्र प्राप्त गर्न सफल भयो । क्यूएए प्रमाण पत्रले क्याम्पसको शैक्षिक ख्यातिलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको छ । यसबाट यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्रले अन्तर्राष्ट्रिय स्तरको मान्यता पाएको छ भने यहाँ पढेका विद्यार्थीहरु वैश्विक प्रतिष्पर्धामा उत्रन सफल हुने आधार तय भएको छ ।

 

 

क्याम्पसका प्राध्यापक डा. नेत्र बुढाथोकी प्राविधिक दृष्टिकोणलाई प्राथमिकतामा राखेर शिक्षण–सिकाइ प्रक्रियामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गर्न प्रतिबद्ध रहेको बताउनुहुन्छ । यसरी प्राविधिक र एआई आधारित शिक्षणले विद्यार्थीहरूको सिकाइ अनुभवलाई गुणस्तरीय बनाउँछ, व्यक्तिगत आवश्यकताअनुसार अनुकूलन सम्भव पार्छ र सिकाइ प्रक्रियामा अधिक सहभागिता रहने उहाको तर्क छ ।

 

 

यस क्याम्पसमा सूचना प्रविधियुक्त र वातानुकूलित पुस्तकालय रहेको छ । त्यस्तै विज्ञान र सूचना प्रविधि गरी छुट्टाछुट्टै दुई प्रयोगशालाको व्यवस्था गरिएको छ । प्रयोगशालामा विद्यार्थीलाई चाहिने आवश्यक सम्पूर्ण प्रयोगात्मक सामग्री छन् भने टेलिभिजन र प्रोजेक्टरको समेत उपलब्धता रहेको छ । विज्ञान प्रयोगशाला देशकै नमुना रहेको छ ।
दमक बहुमुखी क्याम्पसले विगत ४१ वर्षमा हजारौं विद्यार्थीलाई शिक्षाको उज्यालो दिएको छ। यसको निरन्तर प्रगति र आगामी योजनाहरुले यसलाई पूर्वको गहना मात्र होइन, सम्पूर्ण देशकै गौरवको शैक्षिक संस्था बनाउने छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,