महिला शशक्तिकरणका कुरा

तीज र महिला सशक्तिकरण, आर्थिक उपार्जनको पाटो बन्दै

महिलाहरु अहिले आफै कमाउने भएका छन् । आफ्‌ना आवश्कता आफ्‌नै कमाईबाट जुटाउने गरेका छन् । जसले उनीहरुलाई तीज एक महिना देखीनै मनाउँदा पनि परिवारमा कसैलाई आर्थीक भार पार्नु पर्दैन ।

 

दमक, १० भदौ । नेपाली हिन्दु महिलाहरुको महान चाडको रुपमा मनाईने गरिन्छ हरितालीका तीज । पहिला पहिला तिज एकदिने पर्वको रुपमा मात्र मनाईन्थ्यो । तर पछिल्लो समय तीजलाई केवल चाड मात्र हैन यसले महिलाहरुलाई सशक्तीकरण हुन पनि ठूलो भुमिका खेलेको छ । तीजका गितहरु मार्फत महिलाहरुले आफ्‌नो अधिकार र आवाज उठाउने गरेका छन् ।

 

दमक ५ स्थित धनेश्वर मन्दिरमा पनि मंगलबार पूजा गर्न आउने महिलाहरुको भिड थियो । सबै जनाको अनुहारमा तीज मनाइरहँदा खुसी झल्कीरहेको थियो । कोही पूजा गरिरहेका थिए ,कोही नाचिरहेका थिए, कोही गाईरहेका थिए भने कोही फोटो अनि भिडियो खिच्नमा व्यस्त देखिन्थे ।
यसरी एकै ठाउँ भेला भई गित गाउँदै नाचिरहदाँ महिलाहरु बिचको एकता प्रस्टै झल्कीरहेको थियो ।

 

पहिलाको र अहिलेको तिजमा धेरै अन्तर छ। पहिला पीडा र वेदना गाइन्थे । त्यहिमा रमाइन्यो । तर अहिले महिलाका अधिकार र शशक्तिकरणका कुरा सुनिन्छन् । महिलाहरु अहिले आफै कमाउने भएका छन् । आफ्‌ना आवश्कता आफ्‌नै कमाईबाट जुटाउने गरेका छन् । जसले उनीहरुलाई तीज एक महिना देखीनै मनाउँदा पनि परिवारमा कसैलाई आर्थीक भार पार्नु पर्दैन । आफ्‌नो दक्षता र क्षमता बढाएर आफुलाई सवल बनाएको प्रमाणीत गर्ने अवसरका रुपमा पनि पछिल्लो समय तीजलाई लिने गरिएको छ । झापाको धनेस्वर शिव पाञ्चायन मन्दिरमा भेटिनुभएकी बिराटनगर निवासी सईसवि निरौला महिला स्वतन्त्रता र अधिकार प्राप्तीले यसखाले परिवर्तन आएको प्रतिकृया दिनुहुन्छ ।

 

महिलाहरुको अवस्था हिजो जस्तो थियो । आज त्यस्तो छैन । महिलाहरु अव दविएर बस्न सक्दैनन । हेपिएर र होचीएर घरभीत्रै सहेर बस्नु पर्ने परिस्थिती पनि छैन । किनकी महिलाहरुको स्वतन्त्रताले उनीहरुको क्षमता बढेको छ । क्षमता बढेसगै रोजगार र स्वरोजगार बन्न सक्ने स्थिती बनेको छ । यसरी कसैको परनिर्भरमा बस्न नपरेपछि महिलाहरुले पहिलाको जस्तो दुःखबाट बाहिर निस्केर खुसी र सुखको अनुभव पनि गर्न सकिरहेका छन् । र अहिले तीज मनाउदा पनि दुख र वेदना हैन । खसी र सफलताका चर्चा हुन्छन् । चुनौती र अवसरका कुराहरु गरिन्छन । यो महिलाहरुमा आएको निकै परिवर्तन रहेको बताउनु हुन्छ दमक ८ की सरु दाहाल ।

 

तर अरुकोभन्दा भिन्नै सोच छ दमक ५ की सुनिता पोख्रेलको । उहाँ भन्नु हुन्छ महिलाहरुले स्वतन्त्रता प्राप्त गरेका छन् । यो राम्रो कुरा हो । तर त्यो स्वतन्त्रतालाई सहि ठाउँमा प्रयोग गर्न नसकिएको भन्दै गलत हर्कत र कृयाकलपाले महिलाहरुले प्राप्त गरेको स्वतन्त्रता माथी समेत प्रश्न उठ्न थालेकोमा उहाँको चिन्ता छ । एक महिना अघी देखी तीज मनाउन भन्दै होटल, रेष्टुरेण्टमा जाने मादक पदार्थ सेवन गर्ने, हिन्दि गीतमा नाच्ने र त्यसलाई भीडियो बनाएर सामाजीक सञ्जालमा प्रकाशन गर्ने । यो गलत काम रहेको र यसले सामाजीक बिखण्डन समेत ल्याउने उहाँको तर्क छ । हुने खाने महिलाहरुले गर्ने यस्ता गतिविधिबाट हुदा खाने वर्गका महिलाको मनमा ठेस पुग्न सक्ने र उनीहरुलाई तीज खल्लो लाग्न सक्ने भएकोले तीजलाई सस्कार सहितको सस्कृतीको रुपमा सबैले मनाउन आवश्यक रहेको पोखरलेको सुझाव पनि छ ।

 

अहिले राज्यले महिलाका नाममा धेरै छुट र सुविधा दिएको छ । जसले गर्दा उद्यमी बन्न, व्यवसायमा लाग्न महिलाहरु प्रोत्साहीत पनि भएका छन् । यसखाले पर्वहरुमा महिलाहरुले प्रयोग गर्ने गहना र पहिरनको कारोबार उच्च हुन्छ र त्यसको व्यापार गर्नेहरु अधिकांश महिलाहरुनै रहेका छन् । यसले गर्दापनि तीज पर्वले महिला शशक्तिकरणको आन्दोलनलाई थप टेवा पुर्याइएको रहेको छ । त्यसैले तीजलाई गलत तरिकाले मनाउने भन्दा पनि र्सिजनशिल बनेर आफ्‌नो शशक्तिकरणमा लाग्न सक्ने हो भने यसको गरिमा अझ बढेर जान सक्नेमा कुनै दुई मत छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,