सेवा भाव

ग्लोरी सञ्चालिकाको जन्मदिन वृद्धाश्रममै, भोजन र सहयोगसहित मनाइयो

“मैले कहिल्यै होटल वा रिसोर्टमा जन्मदिन मनाएको छैन । बरु यहाँ आउने हो, एकदिन भएपनि वृद्धाश्रममा रहेका बुबाआमालाई मिठो खुवाउने र थोरै भए पनि सहयोग गर्ने गर्छु,”

दमक| १२ भदौ | दमकस्थित ग्लोरी ब्यूटी पार्लर एण्ड द ब्युटी वर्ल्ड की सञ्चालिका गीता लिम्बुले आफ्नो जन्मदिन यस वर्ष पनि विशेष तरिकाले वृद्धाश्रममै मनाउनुभएको छ ।

 

बिहीबार उहाँले दमक चियादोकानमा रहेको रत्न जेष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रमा पुगेर त्यहाँ बसोबास गर्ने बुबाआमाहरूसँग जन्मदिन मनाउनुभएको हो ।

जन्मदिनको अवसरमा उहाँले वृद्धवृद्धालाई भोजन खुवाउनुका साथै सिरानी, तन्ना र सिरानीका खोलजस्ता दैनिक जीवनमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्नुभयो ।

यसअघि पनि ग्लोरी ब्यूटी पार्लर एण्ड द ब्युटी वर्ल्डले विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका खेलेको छ । तर जन्मदिनलाई वृद्धाश्रममै मनाउने परम्परा लिम्बुको खास विशेषता हो । वृद्धाश्रमका सञ्चालकहरूका अनुसार उहाँले हरेक वर्ष जन्मदिन यस्तै रूपमा यहाँका बुबाआमासँगै बिताउँदै आउनुभएको छ ।

“मैले कहिल्यै होटल वा रिसोर्टमा जन्मदिन मनाएको छैन । बरु यहाँ आउने हो, एकदिन भएपनि वृद्धाश्रममा रहेका बुबाआमालाई मिठो खुवाउने र थोरै भए पनि सहयोग गर्ने गर्छु,”

वृद्धाश्रमका सञ्चालकहरूले लिम्बुको यो कदमलाई सबैका लागि प्रेरणादायी भएको बताएका छन् । उनका अनुसार, यदि हरेक मानिसले यस्तै सोच राख्ने हो भने वृद्धाश्रममा रहेका बुबाआमाले हरेक दिन माया, सम्मान र मिठो खान पाउने थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।

झापामा ६५ मिलिलिटर वर्षा, मैनाचुलील मापन केन्द्रभने बिग्रियो

दमक, १४ कार्तिक । झापामा गएरातीदेखी निरन्तर पानी परिरहेको छ । राती भारी वर्षा भएपनि अहिले बिहान वर्षात सामान्य छ । तर पानी निरन्तर परिरहेकोले

चक्रवात “मोन्था” के हो

दमक, १४ कार्तिक | बङ्गालको उपसागरमा विकसित भएको शक्तिशाली उष्णकटिबंधीय चक्रवात “मोन्था” अहिले सक्रिय अवस्थामा छ । भारत र म्यानमारको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव

नागरिकमा डर भरिएको छ ‘हामी साथमा छौ भन्न मोटरसाईकल र्याली निकाल्ने छौ ’

दमक १३ कार्तिक । विवेश शर्मा भट्टराई । उहाँ नेकपा एमाले दमक नगर कमिटीको सचिवालय सदस्य र जनर्गीय संगठन संयन्त्र समितीको संयोजक हुनुहुन्छ । र

नर्सहरुको आन्दोलनः अस्पतालमा बिहान १० बजे देखी १२ बजे सम्म सेवा बन्द

दमक, १३ कार्तीक । दमक १ मा रहेको सरकारी अस्पताल दमक अस्पतालमा आज बिहान १० बजे सेवाग्राहि पुग्दा नर्सहरु बिरामीसग भेटिएका थीएनन । उनीहरु अस्पताल