जिएनएम नर्सिङ अध्ययनका लागि भारत किन जाने ? क्याम्ब्रिज एजुकेशनका यी सुझाव सुनौ

दमक, भदौ १३ । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरूको आकर्षण विभिन्न विदेशी मुलुकतर्फ बढ्दो छ। जापान, अस्ट्रेलिया, कोरिया लगायतका देश अग्रस्थानमा देखिए पनि, भारत कम लागत र सहज प्रक्रियाका कारण नेपाली विद्यार्थीहरूका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ। विशेष गरी मेडिकल क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि भारत उपयुक्त स्थल बनिरहेको छ।

 

त्यसै सन्दर्भमा, दमकको बेलडागी रोडमा सञ्चालनमा रहेको क्याम्ब्रिज एजुकेशन एब्रोडले भारतको बेंगलुरुस्थित आदित्य कलेजसँगको सहकार्यमा जिएनएम नर्सिङ अध्ययनका लागि नयाँ इन्टेकको काम सुरु गरेको क्याम्ब्रिज एजुकेशन एब्रोडका दमक प्रबन्धक आर एन सिम्खडाले जानकारी दिनुभयो ।

प्रबन्धक सिम्खडाका अनुसार, भारत अन्य देशको तुलनामा कम लगानीमा गुणस्तरीय शिक्षा प्रदान गर्ने मुलुक हो। साथै, भिसा नचाहिने, कुनै अध्यागमन पार गर्नु नपर्ने, लगायत अन्य सहज प्रक्रियाले गर्दा पनि जटिलता नहुने तर पढाईको गुणस्तरीयता अन्य विदेशको जस्तै रहने उल्लेख गर्नुभयो ।

विद्यार्थीहरूको आकर्षणलाई ध्यानमा राख्दै क्याम्ब्रिज एजुकेशन एब्रोडले विशेष उपहार योजना पनि ल्याएको छ। जिएनएम अध्ययनका लागि भारत जान चाहने विद्यार्थीहरूले यस योजना अन्तर्गत अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्ने उहाले बाउनुभयो ।

जिएनएम पढ्नका लागि कक्षा १२ मा जुनसुकै विषयमा पढेकाले पनि आवेदन दिन सक्छन्। कम्तिमा १.६ जीपीए भएको विद्यार्थी, र विज्ञानमा अझ कम जीपीए भए पनि यो कोर्ष गर्न सक्ने बताईएको छ । बिगत १० बर्षदेखि दमकमा सञ्चालना रहेको क्यामम्ब्रजले बिभिन्न मुलुकमा अध्यययनका लागि जाने बिद्यार्थीहरुलाई भाषाको अध्ययनसंगै डकुमेण्टेसन लगाायतका कामहरु गर्दै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,