दमक, भदौ १३ । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरूको आकर्षण विभिन्न विदेशी मुलुकतर्फ बढ्दो छ। जापान, अस्ट्रेलिया, कोरिया लगायतका देश अग्रस्थानमा देखिए पनि, भारत कम लागत र सहज प्रक्रियाका कारण नेपाली विद्यार्थीहरूका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ। विशेष गरी मेडिकल क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि भारत उपयुक्त स्थल बनिरहेको छ।
त्यसै सन्दर्भमा, दमकको बेलडागी रोडमा सञ्चालनमा रहेको क्याम्ब्रिज एजुकेशन एब्रोडले भारतको बेंगलुरुस्थित आदित्य कलेजसँगको सहकार्यमा जिएनएम नर्सिङ अध्ययनका लागि नयाँ इन्टेकको काम सुरु गरेको क्याम्ब्रिज एजुकेशन एब्रोडका दमक प्रबन्धक आर एन सिम्खडाले जानकारी दिनुभयो ।
प्रबन्धक सिम्खडाका अनुसार, भारत अन्य देशको तुलनामा कम लगानीमा गुणस्तरीय शिक्षा प्रदान गर्ने मुलुक हो। साथै, भिसा नचाहिने, कुनै अध्यागमन पार गर्नु नपर्ने, लगायत अन्य सहज प्रक्रियाले गर्दा पनि जटिलता नहुने तर पढाईको गुणस्तरीयता अन्य विदेशको जस्तै रहने उल्लेख गर्नुभयो ।
विद्यार्थीहरूको आकर्षणलाई ध्यानमा राख्दै क्याम्ब्रिज एजुकेशन एब्रोडले विशेष उपहार योजना पनि ल्याएको छ। जिएनएम अध्ययनका लागि भारत जान चाहने विद्यार्थीहरूले यस योजना अन्तर्गत अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्ने उहाले बाउनुभयो ।
जिएनएम पढ्नका लागि कक्षा १२ मा जुनसुकै विषयमा पढेकाले पनि आवेदन दिन सक्छन्। कम्तिमा १.६ जीपीए भएको विद्यार्थी, र विज्ञानमा अझ कम जीपीए भए पनि यो कोर्ष गर्न सक्ने बताईएको छ । बिगत १० बर्षदेखि दमकमा सञ्चालना रहेको क्यामम्ब्रजले बिभिन्न मुलुकमा अध्यययनका लागि जाने बिद्यार्थीहरुलाई भाषाको अध्ययनसंगै डकुमेण्टेसन लगाायतका कामहरु गर्दै आएको छ ।









