आवतजावत गर्न निकै मुस्किल

पुल समयमा निर्माण नहुँदा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गर्न बाध्य स्थानीय

mai.jpg

 

 

झापाहुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने माई नदीको पुल एक दशकदेखि अलपत्र छ । ३१ जे७ २०६८ मा चार वर्षभित्र सक्ने सर्तसहित पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का लिएको माई पुल एक दशकदेखि अलपत्र अवस्थामा छ ।

हिउँदमा काम हुन्छ बर्खामा बनाएको पुलको केही भाग खोल र राखिँदै आएको छ । २०७२ जेठ मसान्तमा सक्ने गरी ३४ करोडमा ठेक्का लगाइएको छ । पुल ७ सय २४ मिटर लम्बाइको छ । पुल समयमा निर्माण नहुँदा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गर्न बाध्य छन् स्थानीय । खोला तरेबापत पैसा तिर्नुपर्ने बाध्यता स्थानीयलाई छ । यो बाटो भएर दैनिक एक हजार बढी मानिस आवतजावत गर्दै आएका छन् ।

गत वर्षसम्म हिउँदमा बाँसको पुल लगाइने गरिएको थियो । स्थानीय ईश्वर माझी र उनका भाइ विपीन माझीले बर्खामा डुंगा र हिउँदमा बाँसको पुल लगाउँदै आएका छन् । यसपटक भने मध्यहिउँदमा पनि डुंगाकै भरमा नदी तर्नुपर्ने बाध्यता छ । जसकारण मोटरसाइलक आवतजावत गर्न निकै मुस्किल छ । डुंगमा चढाएर पार गर्दा दुई सय रुपैयाँसम्म लाग्ने गरेको छ ।

यसपटक हुलाकी राजमार्ग निर्माण गर्दै आएको निर्माण कम्पनी मोतिदानले नदी वारपारका लागि अस्थायी पुल निर्माण गर्ने बताएपछि ईश्वर र विपीनले यसपटक बाँसको पुल लगाएनन्, जसको मार स्थानीयले खेप्नु परेको छ । ‘पहिला त बाँसको पुल हुँदा धेरै सजिलो थियो । अहिले त हिउँदमा पनि डुंगाकै भरमा हिँड्नुपर्छ,’ सञ्जय राजवंशी भन्छन्, ‘बाँसको पुलमा भएको भए मोटरसाइकल पनि अलिक सहजै वारपार गर्न सकिन्थ्यो । डुंगामा त धेरै गाह्रो हुन्छ ।’

यसपटक सडक निर्माण कम्पनीले नदीमा अस्थायी पुल लगाउने भनेकाले आफूहरूले बाँसको पुल नलगाएको विपीन बताउँछन् । ‘बाटो बनाउनेले अस्थायी पुल लगाउँछु बाँसको पुल नलगाउनु भने । त्यही भएर यसपटक बाँसको पुल लगाइएन । तर, निर्माण कम्पनीले पनि अहिलेसम्म पुल लगाएको छैन,’ उनी भन्छन्, ‘नाउविना मान्छे र बाइक तार्न पनि सकिँदैन । नाउका लागि पानी कम हुँदा वारपार नाउ तार्न पनि समस्या छ । यसपटक साह्रै समस्या भयो ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित