पथरीमा सम्पन्न ‘‘चरणदास चोर”

मोरङ्ग,१६ भदौ । मोरङ्गको पथरीशनिश्चरे स्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविवतन्वीरको नाटक “चरणदास चोर”प्रदर्शन गरेर चर्चा कमाएको छ । आशान्तशर्मा र राजन खतिवडाले नेपालीमा रुपान्तर गर्नु भएको नाटकलाई निर्देशकजिवन बरालले नेपालको गतिविधी सुहाउदो बनाएर प्रस्तुत गरेपछि नाटकले चर्चा कमाएको हो ।

राजधानी काठमाण्डौमा बसेर अभिनय र विभिन्न नाट्य घरमा नाटक निर्देशनगरि अनुभव सँगालेर आफ्नै थलो पथरीशनिश्चरे फर्किएर समाजलाई जनचेतना जगाउनलागि परेका निर्देशक जिवन बरालले स्थानियको मन जित्न सफल हुनुभएको छ । नेपालको गतिविधी सुहाउदो बनाएर प्रस्तुत गरेपछि नाटकले चर्चा कमाएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, ब्यावसायी, सवै नगरबासीतथा छिमेकीपालिका बाट समेत नाटक हेर्न आउनेहरुको हुलले हलखचाखच भरिए पछि आयोजकहरुको मन प्रफूल्लित भएको हो । नगरबासीमा चेतनाजगाउने उद्देश्य भएकोले नाफा नभए पनि कलाकारलाई पारिश्रमिक दिनपुगेमा आगामी दिनमानयाँ प्रस्तुती देखाउन सहजतामिल्ने शब्द थिएटरका अध्यक्ष अशोक साम्पाङ्गको भनाई छ ।

पथरीशनिश्चरे पहिला देखिनैं कला र साहित्यको क्षेक्रमा त्रियाशिल रहेकोले रङ्गमञ्चलाई विस्तार, ब्यावस्थित र प्रबर्धन गर्नका लागि युवाहरु जुटेका छन् । नगर तथा छिमेकीनगर बासीलाई कला र साहित्यको महत्वदर्शाउन नाटक मञ्चन गरेर जाग्रित गराई, नाट्यशालाको स्थापनाका लागि जनदवाव सिर्जना गराउने उद्देश्यका साथ यो अभियान चलाईएको शब्द थिएटरका सचिव, पत्रकार, साहित्यकार, गजलकारभूपेन्द्र तिम्सिनाको भनाई छ ।

प्रेम प्रसाद खतिवडा, नाटकमा मुख्यपात्र चरणदास चोर भईकन पनि पण्डित गुरु सँग कानूनले बर्जित गरेका कार्य नगर्ने प्रतिज्ञा गरे पछि उ सदैव निष्ठवान रहन्छ । नाटकमा साधु सन्तले राजनिती खेल्न र मन्त्रीलाई कसरी घुमाउछन् भन्ने चित्रण गरिएको छ । कफन, धोती, गेरु वस्त्र धारण गरी ७ खात रुद्राक्ष र तुलसीकामाला लगाएर चन्दन धस्दैमा आचरण सुद्ध नहुने भावदर्साईएको छ ।

जब समाजमा ठूला भनाउँदाजन प्रतिनिधि, जमीन्दार, साधु–सन्यासी, मन्त्री र महारानी समेत आफ्नु फाईदाकालागिजतिसुकै गिर्न र स्वाथ्र्यका लागि निमुखाको ज्यानै लिन समेत् पछि पर्दैनन् भन्ने नाटले सन्देस दिन खोजेको छ । चरणदासले आफ्नो ईमान्दारी र सत्यतामा अडिग रहँदै कानूनी ब्यावस्था र समाजको दोहनलाई प्रश्नगर्दै, महारानीको प्रेम प्रस्ताबलाई समेत अस्विकार गरेकै कारण उसलाई छुरा धसाई हत्या गराईन्छ । सत्य बोल्ने मानिस समाजमा असहज हुन्छ, जवकी झूट, भ्रष्टाचारी र शोषकहरु मुलुकमासुरक्षित रहन्छन् । चरणदासको हत्याहुनुूनैं यो विडम्बनाको चरम प्रतिकहो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि