पथरीमा सम्पन्न ‘‘चरणदास चोर”

मोरङ्ग,१६ भदौ । मोरङ्गको पथरीशनिश्चरे स्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविवतन्वीरको नाटक “चरणदास चोर”प्रदर्शन गरेर चर्चा कमाएको छ । आशान्तशर्मा र राजन खतिवडाले नेपालीमा रुपान्तर गर्नु भएको नाटकलाई निर्देशकजिवन बरालले नेपालको गतिविधी सुहाउदो बनाएर प्रस्तुत गरेपछि नाटकले चर्चा कमाएको हो ।

राजधानी काठमाण्डौमा बसेर अभिनय र विभिन्न नाट्य घरमा नाटक निर्देशनगरि अनुभव सँगालेर आफ्नै थलो पथरीशनिश्चरे फर्किएर समाजलाई जनचेतना जगाउनलागि परेका निर्देशक जिवन बरालले स्थानियको मन जित्न सफल हुनुभएको छ । नेपालको गतिविधी सुहाउदो बनाएर प्रस्तुत गरेपछि नाटकले चर्चा कमाएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, ब्यावसायी, सवै नगरबासीतथा छिमेकीपालिका बाट समेत नाटक हेर्न आउनेहरुको हुलले हलखचाखच भरिए पछि आयोजकहरुको मन प्रफूल्लित भएको हो । नगरबासीमा चेतनाजगाउने उद्देश्य भएकोले नाफा नभए पनि कलाकारलाई पारिश्रमिक दिनपुगेमा आगामी दिनमानयाँ प्रस्तुती देखाउन सहजतामिल्ने शब्द थिएटरका अध्यक्ष अशोक साम्पाङ्गको भनाई छ ।

पथरीशनिश्चरे पहिला देखिनैं कला र साहित्यको क्षेक्रमा त्रियाशिल रहेकोले रङ्गमञ्चलाई विस्तार, ब्यावस्थित र प्रबर्धन गर्नका लागि युवाहरु जुटेका छन् । नगर तथा छिमेकीनगर बासीलाई कला र साहित्यको महत्वदर्शाउन नाटक मञ्चन गरेर जाग्रित गराई, नाट्यशालाको स्थापनाका लागि जनदवाव सिर्जना गराउने उद्देश्यका साथ यो अभियान चलाईएको शब्द थिएटरका सचिव, पत्रकार, साहित्यकार, गजलकारभूपेन्द्र तिम्सिनाको भनाई छ ।

प्रेम प्रसाद खतिवडा, नाटकमा मुख्यपात्र चरणदास चोर भईकन पनि पण्डित गुरु सँग कानूनले बर्जित गरेका कार्य नगर्ने प्रतिज्ञा गरे पछि उ सदैव निष्ठवान रहन्छ । नाटकमा साधु सन्तले राजनिती खेल्न र मन्त्रीलाई कसरी घुमाउछन् भन्ने चित्रण गरिएको छ । कफन, धोती, गेरु वस्त्र धारण गरी ७ खात रुद्राक्ष र तुलसीकामाला लगाएर चन्दन धस्दैमा आचरण सुद्ध नहुने भावदर्साईएको छ ।

जब समाजमा ठूला भनाउँदाजन प्रतिनिधि, जमीन्दार, साधु–सन्यासी, मन्त्री र महारानी समेत आफ्नु फाईदाकालागिजतिसुकै गिर्न र स्वाथ्र्यका लागि निमुखाको ज्यानै लिन समेत् पछि पर्दैनन् भन्ने नाटले सन्देस दिन खोजेको छ । चरणदासले आफ्नो ईमान्दारी र सत्यतामा अडिग रहँदै कानूनी ब्यावस्था र समाजको दोहनलाई प्रश्नगर्दै, महारानीको प्रेम प्रस्ताबलाई समेत अस्विकार गरेकै कारण उसलाई छुरा धसाई हत्या गराईन्छ । सत्य बोल्ने मानिस समाजमा असहज हुन्छ, जवकी झूट, भ्रष्टाचारी र शोषकहरु मुलुकमासुरक्षित रहन्छन् । चरणदासको हत्याहुनुूनैं यो विडम्बनाको चरम प्रतिकहो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।

झापामा ६५ मिलिलिटर वर्षा, मैनाचुलील मापन केन्द्रभने बिग्रियो

दमक, १४ कार्तिक । झापामा गएरातीदेखी निरन्तर पानी परिरहेको छ । राती भारी वर्षा भएपनि अहिले बिहान वर्षात सामान्य छ । तर पानी निरन्तर परिरहेकोले

चक्रवात “मोन्था” के हो

दमक, १४ कार्तिक | बङ्गालको उपसागरमा विकसित भएको शक्तिशाली उष्णकटिबंधीय चक्रवात “मोन्था” अहिले सक्रिय अवस्थामा छ । भारत र म्यानमारको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव

नागरिकमा डर भरिएको छ ‘हामी साथमा छौ भन्न मोटरसाईकल र्याली निकाल्ने छौ ’

दमक १३ कार्तिक । विवेश शर्मा भट्टराई । उहाँ नेकपा एमाले दमक नगर कमिटीको सचिवालय सदस्य र जनर्गीय संगठन संयन्त्र समितीको संयोजक हुनुहुन्छ । र

नर्सहरुको आन्दोलनः अस्पतालमा बिहान १० बजे देखी १२ बजे सम्म सेवा बन्द

दमक, १३ कार्तीक । दमक १ मा रहेको सरकारी अस्पताल दमक अस्पतालमा आज बिहान १० बजे सेवाग्राहि पुग्दा नर्सहरु बिरामीसग भेटिएका थीएनन । उनीहरु अस्पताल