निजी विद्यालयका सञ्चालकले फेरी गाडी प्रदर्शन गरे, १८ गते देखी स्कुलमा ताल्चा लाग्ला ?

दमक, १६ भदौ। केही दिन अघि मात्रै देशभरका निजी विद्यालयहरुले सरकारले ल्याउन लागेको नयाँ विधेयकको बिरोध गर्दै आफ्नो विद्यालयको पहेँलाा गाडी निकाली शान्तिपूर्ण र्याली निकालेको थियो । निजी विद्यालय र विद्यालयसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले सरकारको यो निर्णयमा सहमती नरहेको भन्दै पत्रहरु पठाएपनि सरकारले बेवास्ता गरि नै रहेको छ । केही दिन अघि आन्दोलन स्वरुप र्याली निकालेको थियो । त्यही र्यालीको दोस्रो चरण अन्तर्गत दमकमा पनि निजी विद्यालयका सञ्चालकहरुले स्कुल बस प्रर्दशन गरेका छन् ।

दमकमा रहेका निजी विद्यालयहरुले पनि सोमबार विद्यालयका गाडीहरु निकाली नगर परिक्रमा गरेको दृष्य हो यो । जबसम्म सरकारले आफ्नो माग पूरा गर्दिदैन तबसम्म आफूहरु यसरीनै बिभिन्न आन्दोलनमा उत्रिरहने निजी विद्यालयका सञ्चालक र विभिन्न संघ संस्थाको भनाई छ ।
राज्यले ल्याउन लागेको शिक्षा सम्बन्धीको विधेयक आफु अनुकुल नभएकोले स्विकार गर्न नसकिने बताउनु हुन्छ दमक नगर प्यावसनका उपाध्यक्ष मित्र खत्री ।

 

गत साउन २९ गते देखी निजी विद्यालयका सञ्चालकहरु निरन्तर आन्दोलनमा छन् । यस अवधीमा पालिका, जिल्ला , प्रदेश सम्म ज्ञापन पत्र बुझाई सकियो । धर्ना दिने । र्याली निकाल्ने र पत्रचार गर्ने काम पनि भइसक्यो । तर सरकारले कानमा तेल हेलेर बसेको भन्दै उनीहरु आन्दोलनलाई अझ शशक्त बनाउने योजनामा छन् । जस अन्तर्गत भदौ १८ गते देखी सरकारले ल्याउन लागेको बिधेयक अनुसार विद्यालय सञ्चालन गर्न नसक्ने भन्दै विद्यालयमा ताला लगाएर ताल्चा सरकारलाई बुझाउने तयारी गरिएको छ । तर सरकारले आफुहरुलाई यो हद सम्म पुग्न नदिने र माग सम्बाधन गरिदिने विस्वास व्यक्त गर्नु हुन्छ प्याव्सन कोशी प्रदेशा सल्हाकार एल डि राई ।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालयलाई क्रमशः गैर नाफामूलक बनाउने सहमती गरी प्रतिवेदन तयार पारे पछि निजीका सञ्चालक विरोधमा उत्रिएका हुन् । निजी विद्यालयका सञ्चालक आवद्ध प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायत संस्थाले विधेयकमा रहेको क्रमशः गैर नाफामूलक शब्द सहित पूर्ण छात्रवृत्तिको व्यवस्था हटाउन माग गरेका छन् । गत भदौ ५ गते बहुमतका आधारमा पारित समितिको उक्त प्रतिवेदन भदौ ६ गते संसदमा पेश भएको छ । शिक्षा विधेयक माथि भदौ २५ गते छलफल गर्ने गरी संसदले कार्यतालिका तयार पारेको छ । यही बिचमा आफू अनुकुल कानून निर्माण गर्न दवाव दिने उद्देश्यले निजीका सञ्चालकहरुको लविङ् तिब्र छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,