दमक, १६ भदौ। केही दिन अघि मात्रै देशभरका निजी विद्यालयहरुले सरकारले ल्याउन लागेको नयाँ विधेयकको बिरोध गर्दै आफ्नो विद्यालयको पहेँलाा गाडी निकाली शान्तिपूर्ण र्याली निकालेको थियो । निजी विद्यालय र विद्यालयसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले सरकारको यो निर्णयमा सहमती नरहेको भन्दै पत्रहरु पठाएपनि सरकारले बेवास्ता गरि नै रहेको छ । केही दिन अघि आन्दोलन स्वरुप र्याली निकालेको थियो । त्यही र्यालीको दोस्रो चरण अन्तर्गत दमकमा पनि निजी विद्यालयका सञ्चालकहरुले स्कुल बस प्रर्दशन गरेका छन् ।
दमकमा रहेका निजी विद्यालयहरुले पनि सोमबार विद्यालयका गाडीहरु निकाली नगर परिक्रमा गरेको दृष्य हो यो । जबसम्म सरकारले आफ्नो माग पूरा गर्दिदैन तबसम्म आफूहरु यसरीनै बिभिन्न आन्दोलनमा उत्रिरहने निजी विद्यालयका सञ्चालक र विभिन्न संघ संस्थाको भनाई छ ।
राज्यले ल्याउन लागेको शिक्षा सम्बन्धीको विधेयक आफु अनुकुल नभएकोले स्विकार गर्न नसकिने बताउनु हुन्छ दमक नगर प्यावसनका उपाध्यक्ष मित्र खत्री ।
गत साउन २९ गते देखी निजी विद्यालयका सञ्चालकहरु निरन्तर आन्दोलनमा छन् । यस अवधीमा पालिका, जिल्ला , प्रदेश सम्म ज्ञापन पत्र बुझाई सकियो । धर्ना दिने । र्याली निकाल्ने र पत्रचार गर्ने काम पनि भइसक्यो । तर सरकारले कानमा तेल हेलेर बसेको भन्दै उनीहरु आन्दोलनलाई अझ शशक्त बनाउने योजनामा छन् । जस अन्तर्गत भदौ १८ गते देखी सरकारले ल्याउन लागेको बिधेयक अनुसार विद्यालय सञ्चालन गर्न नसक्ने भन्दै विद्यालयमा ताला लगाएर ताल्चा सरकारलाई बुझाउने तयारी गरिएको छ । तर सरकारले आफुहरुलाई यो हद सम्म पुग्न नदिने र माग सम्बाधन गरिदिने विस्वास व्यक्त गर्नु हुन्छ प्याव्सन कोशी प्रदेशा सल्हाकार एल डि राई ।
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालयलाई क्रमशः गैर नाफामूलक बनाउने सहमती गरी प्रतिवेदन तयार पारे पछि निजीका सञ्चालक विरोधमा उत्रिएका हुन् । निजी विद्यालयका सञ्चालक आवद्ध प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायत संस्थाले विधेयकमा रहेको क्रमशः गैर नाफामूलक शब्द सहित पूर्ण छात्रवृत्तिको व्यवस्था हटाउन माग गरेका छन् । गत भदौ ५ गते बहुमतका आधारमा पारित समितिको उक्त प्रतिवेदन भदौ ६ गते संसदमा पेश भएको छ । शिक्षा विधेयक माथि भदौ २५ गते छलफल गर्ने गरी संसदले कार्यतालिका तयार पारेको छ । यही बिचमा आफू अनुकुल कानून निर्माण गर्न दवाव दिने उद्देश्यले निजीका सञ्चालकहरुको लविङ् तिब्र छ ।









