झापाका १५ पालिकाको अनुभव आदान -प्रदान

मेचीको प्रगति हेर्न लायक, दमकको चर्चा जस्तो देखिएन, भद्रपुरको गिर्दो अवस्था

कार्यक्रम महत्वपूर्ण भएपनि सहभागिता उत्साहजनक देखिएको थिएन ।

दमक| १७ भदौ | दमकमा रहेको दमक अस्पतालले वर्षको ३९ करोडको आम्दानी गर्ने र आफुलाई चाहिने सबै खर्च आफैले व्यवस्थापन गर्ने भन्दै जानकारी दिदै दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार कार्की भन्नु हुन्छ यो अस्पताल सञ्चालनकालागी दमक नगरपालिकाले एक रुपैँया पनि बजेट खर्च समेत नगरेको ब्रिफिङ गर्दै हुनुहुन्थ्यो । उहाँले यो बिफ्रिङ चाहि जिल्ला समन्वय समिती झापाको सभाहलमा गर्नु भएको हो ।

 

यस्तै बिर्तामोड नगरपालिकाको भुगोल र बढदो जनसंख्याबारेमा नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सो अवसमा ब्रिफिङ गर्नु भयो । १ लाख २० हजार जनसंख्या यहाँ स्थाई रुपमा बसेको र त्यो भन्दा धेर चाहि बाहिरबाट आएर अस्थाई बसोबास गर्नेहरुको संख्या यहाँ रहेको उहाँको प्रजेन्टेसनबाट थाह पाउन सकिन्छ ।

 

 

यसरी झापामा रहेका १५ वटै पालिकाहरुले आ आफ्‌ना गतिविधी र प्रस्तुती दिएका थीए । जिल्ला समन्वय समिती झापाले जिल्लाका १५ वटै पालिका कसरी चलीरहेका छन् भन्नेबारेमा एकै ठाउँमा भेला पारी अनुभव साटासाट र असल अभ्याससको आदान–प्रदान कार्यक्रम राख्यो । जिल्लामा रहेका स्थानीय तह, प्रदेश र संघीय सरकार मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा यो कार्यक्रम तीन दिन सम्म चल्ने छ । जसको पहिलो दिन सोमबार पालिका र केहि जिल्ला स्थित कार्यालयहरुले आ आफ्‌नो प्रस्तुती राखेका हुन । जिल्लाको विकास गतिविधिमा जिल्लामा रहेका स्थानीय तह, प्रदेश र संघीय सरकार माहतहका सरकारी अड्डाहरुको समन्वयको अवस्था कस्तो रहेछ र असल अभ्यासलाई अवलब्न गर्न सकिने सम्भावनालाई समेत मध्यनजर गरेर यो कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समितीका समन्वय अधिकारी राजमणी निरौलाले जानकारी दिनुभयो ।

 

 

जिल्लामा कुन तहबाट कति काम भएका छन् । एक वर्षमा भएका उपलब्धीहरु जिल्लामा कहाँ कहाँ कति र केमा कस्तो देखियो त भन्ने कुराको समिक्षा गर्न पनि यो कार्यक्रम महत्वपूर्ण रहेको जिल्ला समन्वय समिती झापाकी उप प्रमुख शान्ता रोका क्षेत्रीले उल्लेख गर्नुभयो ।

 

 

कोशी प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री राम रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सोमबारको कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र संघीय सांसदहरुको उपस्थिती रहेको थियो भने जिल्लाका पालिकाका जनप्रतिनिधीहरुको पनि सहभागीता रहेको थियो । तर जतिमात्रामा हुनुपर्ने उपस्थिती हो त्यो मात्रामा भने हुन सकेन । जिल्लाका पार्टिका प्रतनिधिहरुको कम उपस्थिती र सबै पालिकाबाट जनप्रतिनिधी नपुग्नु भनेको कार्यक्रमको गरिमा र महत्वलाई नबुझ्‌नु रहेको कार्यक्रममा बोल्दै कोशी प्रदेश सरकारका आर्थीक मामिला तथा योजना मन्त्री रानाले दुखेसो पोख्नु भयो ।

 

 

यद्यपी उहाँले समिक्षा गोष्ठिमा प्रस्तुत भएका प्रेजेण्टेसनहरु सुन्नु भयो र त्यस मध्येमा केहि टिप्पणीपनि गर्नु भयो । उहाँका अनुसार मेचिनगर पालिकाले वाषिक कार्यक्रम सम्पन्न गर्ने सन्दर्भमा अलि मिहनत गरेको तर भद्रपुर नगरपालिका झन झन गिर्दो अवस्थामा आइरहेको भन्दै टिप्पणी गर्नु भएको छ । दमकलाई काठमाडौ पछिकै व्यवस्थित नगर र कार्य सम्पादन होला भन्ने चर्चा सुनिएपनि त्यस अनुसारको प्रस्तुती नआएको पनि उहाँले टिप्पणी गर्नु भयो । जे होस यस्ता कार्यक्रममा सहभागी भएर आफ्‌ना प्रस्तुती राख्ने, अरुका हेर्ने । नयाँ केहि सिक्ने र सुधार गर्न पर्ने ठाउँमा सुधार गर्ने प्रतिवद्धता समेत हुने हो भने यो कार्यक्रमले सार्थकता पाउने उहाँको भनाई छ ।

 

 

कार्यक्रम महत्वपूर्ण भएपनि सहभागीता उत्साहजनक देखिएको थिएन । जिल्ला समन्वय समितीले जिल्ला भरका कार्यालयहरुलाई एकै ठाउँमा भेला गर्ने आँट गर्नु र त्यसमा समन्वय गरेर यत्ती प्रभावकारी कार्यक्रम राख्दा समेत कार्यक्रमको औचीत्व नबुझ्‌नेहरुमा राजनैतिक र जिम्मेवारीको चेतना कम भएको आभास कार्यालयले गरेको छ । यसलाई कसरी अझ आकर्षक र प्रभावकारी बनाउने भन्ने रणनिती समेत बनाइने समितीको कार्यायले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा