दमक, १८ असोज । दमक नगरपालिकाले केही दिन अघि मात्रै दमकको सब्जी बजारमा बजार व्यवास्थापन गर्ने भन्दै ठूला ठूला संकेतिक र्बोडहरु बजारको चारै भागमा राखिदिएको थियो । जुन र्बोडमा सवारी साधन प्रवेश गर्ने ठाउँ , निस्कने ठाउँ कहाँ कहाँ बाट हो भन्ने प्रस्टै लेखिएको छ । यति मात्रै नभएर मालवाहक सवारी साधनहरु पनि बिहान ८ बजे देखि यता छिराईएको पाईएमा कडाईको साथ कारवाही गरिने बताईएको थियो । तर ति नियमको पालना पटक्कै भएको पाइएन ।
तरकारी बजार प्रवेश गर्न पूर्व द्धार र निस्कन पश्चिमको द्धार खुल्ला गरिएको छ । चार दिशामा प्रष्टसग लेखिएका होर्डीङ बोर्ड छन् । तर यहाँ तरकारी किन्न आउने र तरकारी पुर्याउन आउने मालवाहक गाडीहरुलाई पनि यी बोर्ड र नियमको कुनै मतलवनै छ । जहाँबाट मन लाग्यो त्यहिबाट हिडिरहिएको छ । नगरपालिकाको नियमको प्रवाह कसैलाई छैन ।
अझ यहाँ त दिउँसोको समयमा पनि मालवाहक गाडी बजारको बिचमा रोकेर, बाटो नै अबरुद्ध हुने गरि समानहरु धमाधम अनलोड गरिदैछ । सब्जीहरु लिएर आउने मालवाहक गाडीहरु बिहान ८ बजे भित्र आएर र तरकारीहरु दिएर गइसक्नु पर्ने हुन्छ । त्यसरी दिइएको तरकारी तरकारी व्यापारीले आफ्नो स्टल भित्रनै व्यवस्थापन गरिसक्नु पर्ने नियम छ । तर त्यसो हुन सकेको छैन । दिनदहाडै किन फुटपाठनै आवागमननै छेकेर गाडी तरकारी मण्डी भित्र प्रवेश गराएको भन्ने प्रश्नमा को १ च ६१७७ नम्बरको पिक अपका चालक योगेन्द्र खड्का भन्नु हुन्छ । सरी गल्ती भयो । थाह पाइन । अव देखि गर्दिन ।
त्यस्तै दमक सब्जी बजारमा सब्जी व्यापार गर्दै आउनुभएका व्यापारी लिलानन्द साह नगरपालिकाले बजार क्लिन गर्ने अभियान चलाएको राम्रो रहेको प्रतिकृया दिनुहुन्छ । तर नियम सबैलार्य र सबैमा लागु हुनुपर्नेमा उहाँको माग रहेको छ । घोषीत नियमको नियमन गाराउन यहाँ नियमीत नगर प्रहरीको व्यवस्थापन गरिदिने हो भने यसको सहज कार्यान्वायन हुने उहाँको बिस्वास छ ।
वर्षौदेखीको अस्त व्यस्त भएको यो बजार अहिले फूटपाथ क्लिन गरेर फराकिलो भएको छ । व्यापारीले फूटपाथ मिच्न पाएका छैनन । बजारको बाहिरपट्टि अनाधीकृत रुपमा दोकान गर्नेहरुको व्यवस्थापन भएको छ । तर केहि नियम अझै लागु भएको छैन । जुन कुराको अभ्यास नभए सम्म दमक नगरपालिकाले नगर प्रहरी परिचालन गराएर त्यसको नियमन गराउने हो भने दमकको तरकारी बजार साच्चै राम्रो र व्यवस्थित बजार बन्ने कुरामा कुनै दुईमत छैन ।









