स्वास्थ्य सेवा विस्तार

दमक अस्पतालमा अव नसर्ने रोगका रोगीका लागि नयाँ कार्यक्रम आउँदै , डा. भगवान कोइरालासँग भयो सम्झौता

दमक/
झापाका दमक अस्पतालमा नयाँ सेवा बिस्तार हुने भएको छ । यो सेवा नेपालका ७ सय ५३ मध्ये ३ वटा पालिकामा दमकपनि छनौट भएको हो । उप प्रमुख गीता अधिकारीको पहलमा नसर्ने रोगहरुको व्यवस्थापन(पेन-प्लस) गर्ने गरिको नयाँ स्वास्थ्य सेवा बिस्तार गरिएको दमक नगरपालिकाकी उप प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

यो कार्यक्रम अन्तर्गत कार्डियो( मुटु) डाइबेटिज, सिओपिडि र पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर पहिचान गरि उपचार सम्म गरिन्छ । यहाँ उपचार सम्भव नभए धरान स्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा रिफर गरेर पठाईने पनि बताइएको छ । धरानमा यहाँबाट पठाइएका बिरामीकालागि सहयोग गर्न छुट्टै हेल्प डेस्क स्थापना गर्न अस्पतालका भिसि लगयात अन्य व्यवस्थापन पक्षसँग परामर्ष गर्ने प्रतिस्ठानका प्रा. डा. सञ्जिव शर्माले जानकारी दिनुभयो ।

दमक अस्पतालमा नयाँ सेवा बिस्तार गर्ने सम्बन्धमा काठमाडौ इन्स्टिच्यूट अफ चायल्ड हेल्थसँग दमक नगरपालिकाले सम्झौता पनि गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा नगरका प्रमुख रोमनाथ ओली, उप प्रमुख गीता अधिकारी र काठमाडौ इन्स्टिच्यूट अफ चायल्ड हेल्थका तर्फबाट अध्यक्ष प्रा.डा. भगवान कोईराला बिच सम्झौता भएको हो ।
सम्झौतामा सेवा सञ्चालन गर्नकालागि दुवै पक्ष आवश्यक सहकार्य गरेर काम गर्न तयार हुने, आवश्यकता र उपयोगिताका आधारमा यससँग सम्बन्धीतका सबै सरोकारवालाहरुले काम गर्ने र गराउने, कार्यक्रमलाई कार्यान्वायन गर्न आवश्यक पर्ने निती बनाउन सरोकारवाला बिच सहकार्य हुनुपर्ने र माथी उल्लेखीत बाहेक अन्य सेवा गर्नुपरेमा आपसि समझदारीमा सहमति जुटाएर काम गर्ने उल्लेख गरिएको छ ।
यसकालागि आवश्यक पर्ने जनशक्ति तथा उपकरण व्यवस्थपनमा केहि चुनौती देखिएपनि दमक तथा दमक आसपासका लागि यो कार्यक्रम महत्वपूणर् भएको नगरका प्रमुख ओलीले बताउनु भयो । अव यो सुविधा लिनैका लागि दमक बाहिर रहेका निजी अस्पतालमा महगो शुल्क तिर्न जानु पर्ने बाध्यता पनि हट्ने प्रमुख ओलीले बिस्वास गर्नु भएको छ ।

यो सेवा बिस्तार हुने बित्तीकै यस क्षेत्रका ७ हजार बढिले सेवा लिन सक्ने काठमाडौ इन्स्टिच्यूट अफ चायल्ड हेल्थले अनुमान गरेको छ । डा.बिराजमान कर्मचार्यले कार्यक्रमको बारेमा जानकारी दिदै भन्नुभयो ‘यो कार्यक्रम यहाँ कार्यान्वान हुनु यस क्षेत्रका नागरिकका लागि निकै अर्थपूणर् र प्रभावकारी हुने छ ।’

यसकालागि आवश्यक पर्ने जनशक्ति स्वास्थ्य मन्त्रालयले नैे दर्बन्दी खडा गरेर पठाउन पनि माग गरिएको छ । यस विषयमा मन्त्रालयमा छलफल गरेर हुन सक्ने सम्मको सहयोग गर्ने मन्त्रालयका नसर्ने रोग कार्यक्रमका संयोजक डा. फडिन्द्र बरालले बताउनु भयो ।


नगरपालिकामा यो कार्यक्रमको सम्झौता पछि यहि टोलीले निर्माणाधिन दमक अस्पताल भवनको अनुगमन पनि गरेको छ । अनुगमन पछि बोल्दै डा. कोईरालाले भवन भब्य बन्दै गरेको र यसको निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकको स्वास्थ्यसँग जोडिएका अन्य सेवापनि यहाँबाट चलाउन सकिने सुझाव दिनुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ओडिसामा व्यापक असर ,७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी

काठमाडौँ,८ असोज। भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ। मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको

देशभर बाढीको जोखिम बढ्यो , प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं,८ असोज । लगातारको वर्षासँगै देशभरका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन कोशी, नारायणी, कर्णाली, महाकालीसहितका प्रमुख नदी

गति निकै कम भइसकेकाले ठूलो दुर्घटना हुन पाएन

डोल्पा,८ असोज । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गरेर पार्किङतर्फ जाने क्रममा पछाडिको दाहिने भागको एउटा चक्का छुट्टिएको छ। बिहीबार बिहान नेपालगन्जबाट ७

हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

काठमाडौं,८ असोज । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई

स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे छानबिन हुनुपर्छ : संग्रौला

काठमाडौँ ,८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं ,८ असोज। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप