बल्दै बल्दैनन् लाइट

ट्राफिक लाइटको औचित्य पुष्टि गर्नै सकेन दमक नगरपालिकाले

दातृ सस्थाले जे दिन्छ त्यो लिने र चले चल्छ नचले उसैको जान्छ नि भन्ने मानसिकताको विकासले यस्ता सार्वजनिक सम्पत्ती र संरचनाको औचीत्य माथी नागरिकले प्रश्न उठाइरहेका छन् ।

 

दमक, २२ भदौ । कहाँ के आवश्यकता हो त्यहाँ त्यहि अनुसार बजेट बनाउने र खर्च गर्ने गर्नुपर्छ । अनी अरुको सहयोग लिदा पनि आफ्‌नो आवश्यकतालाई पुर्ती गर्ने खालको लिनु पर्छ । तर दमकमा दुई वटा ट्राईफिक लाईट गाडीएको छ । तर यो लाईट जडान भएदेखिनै यसको प्रयोग भएको छैन । अहिले त यो बल्न पनि छोडीसक्यो । दातृ निकायको सहयोगमा दमक नगरपालिका वार्ड ६ क्षेत्रमा जडान गरिएका ट्राफिक लाईट कसले र किन जडान गरिदिएको हो ?

 

दमकको बेलगाँडी रोड र भृकुटी चोकको बाटो भएर तपाई हिड्नु भएको छ भने यी ठाउँमा तपाईले पक्कै पनि ट्राफिक लाईट देख्नु हुन्छ यी लाईट कतिबेला बल्छन् , यहाँ बलेको बत्तिको आधारमा सडकमा हिड्ने यात्रु र गुडिरहेका सवारी साधनले कत्तिको नियम पालना गरेका होलान त त्यसको पनि तपाईले महसुस गर्नुनै भएको होला । हो यी सडकमा जडान भएका ट्राफिक लाईटमा बल्ने संकेतको कसैले प्रयोग गरेका छैनन । किनकी यसको यहाँ अहिले औचीत्यनै छैन । स्थानीयबासी चन्द्र प्रसाद उपाध्याय भन्नु हुन्छ यो के हो ? किन गाडेको, गाडेर बालेपछि किन यसको पालना नभएको वा नगराएको केहि बुझ्‌नै सकिएन ।

 

दमक नगरपालिकाको बजार क्षेत्रमा रहेका विभिन्न स्थानहरुमा केही वर्ष अघि ट्राफिक लाईट जडान गरिएको थियो । सवारी दुर्घटना न्युनीकरण, यातायात व्यवस्थापन गर्ने जस्ता विभिन्न उद्धेश्यका साथ यी ट्राफिक लाईट जडान भएका थिए । तर, त्यो लाईट एक वर्ष पनि टिक्न सकेन । अहिले ती लाईटहरु दमकमा छन् तर, कुनै बल्दैनन् । त्यो सजाउनको लागी मात्र राखिएको जस्तो देखिन्छन् । यहाँ रहेको ट्राफिक लाईट जडान भएको ६ महिना जती मात्र चलेको स्थानीयहरुको भनई छ । नियम कसैले पालना नगर्ने हुनाले यो लाईटको खासै काम नदेखेको बताउनुहुन्छ स्थानीय राम कार्की ।

 

 

दमकमा रहेको यी दुई ओटा ट्राफिक लाईटहरु केही वर्ष अघि लुथरनले जडान गरिदिएको हो । स्थानीय तह दमक नगरपालिकाकै सिफारीसमा उल्लेखीत ठाउँमा दातृ सस्थाले जडान गरिदिएका यी ट्राफिक लाईटको औचीत्य के हो भनेर अहिले स्थानीय तहका जनप्रतिनिधीलाई प्रश्न गर्दा यसको पुष्टि गर्नै नसक्ने जवाफ दिन्छन् । त्यसबेला दमक ६ का दुई ठाउँ देखाइदिन पर्यो हामी ट्राफिक लाईट जडान गरिदिन्छौ भनेपछि हामीले ती ठाउँ सिफारिस गरेका हौ । तर हामीलाई आवश्यकता नै छ भनेर ट्राफिक लाईट जडानको माग गरेरनै चाहि जडान भएको हैन । दमक नगरपालिकाका यातायात तथा ट्राफिक व्यवस्थापन समितीका अध्यक्ष प्रजापति सापकोटाले भन्नु भयो । अहिले यसको औचीत्य र प्रयोग पनि खासै देखिएन अव यो उखाल्छौ । उहाँले भन्नु भयो ।

 

 

दमकमा सवारीको चाप बढ्दो छ । ट्राफिक लाईट जडान गर्नु गलत काम त हैन । तर यसको उपयोगीता र प्रयोग चाहि महत्वपूर्ण हो । यसले दातृ सस्थाले जे दिन्छ त्यो लिने र चले चल्छ नचले उसैको जान्छ नि भन्ने मानसिकताको विकासले यस्ता सार्वजनिक सम्पत्ती र संरचनाको औचीत्य माथी नागरिकले प्रश्न उठाइरहेका छन् ।

भिडियो हेर्न तलको टिक टिक लिंक खोल्नुहोला

 

https://www.tiktok.com/@ujyaalokhabar4/video/7547331724145888530?is_from_webapp=1&sender_device=pc

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि