मोरङकै पहिलो वगाले थापा ईटा उद्योगको स्वर्ण जयन्ती

मोरङ, १ असोज। मोरङको उर्लाबारी ३ को वगाले थापा ईटा टायल उद्योगको स्थापना भएको ५०औं बर्षं चल्दै गरेको अवसरमा स्वर्ण जयन्ती मनाएको छ ।

 

२०३२ साल फाल्गुण देखि सुरु गरिएको उद्योग विभिन्न आरोह अवरोह खेप्दै निरन्तर ५०औं बषन्त सम्म निरन्तर चल्न सफल भएको अवसरमा स्वर्ण जयन्ती मनाएको जनाएको हो ।

 

पश्चिम झापा र मोरङका अधिकाश क्षेत्रमा आफ्नो उत्पादन विस्तार गर्न सफल भएको यस उद्योगले विद्यालय, प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय, सार्बजनिक भवन, अपाङ्गता मैत्रीभवन, संघ संस्थाहरुलाई जिन्सी र नगद सहयोग गरी सामाजीक उत्तरदायीत्व समेत बहन गरिरहेको यसका प्रोप्राईटर तेजबहादुर थापाले जानकारी दिनुभयो ।

 

मोरङ्गकै पहिलो स्थापना भएको यस उद्योगले सुख्खा सिजन भरि करिब ३ सय जनालाई प्रत्यक्ष र ५० जनालाई बार्हैमास रोजगारी प्रदान गर्दै आएको छ ।

समयको माग र आवश्यकतालाई मद्यजनगर गर्दै उद्योगले उत्पादन बृद्धि गरेसगै कर्मचारीहरु पनि बढाउँदै जाने र रोजगारका अवसरमा बृद्धि गर्ने उहाँले जनाउनु भयो । उद्योगका व्यवस्थापक मोतिवुल रहमानको को भनाई छ ।

 

प्ूार्व–पश्चिम राजमार्ग बाट करिब २ किलोमिटर र बस्ती बाट करिब आधा किलोमिटर दूरीमा रहेको यस उद्योगले कामदारकालागि विजुली बाल्न तथा सिंचाईका लागि मटर चलाउनकालागि विद्युत जोड्न ठूलो संघर्ष गर्नु परेको थियो । बक्रा खोलाको किनारमा स्थापित यस उद्योगले बर्षेनी बाढिको सामना गर्नु परेको पनि प्रोप्राईटर थापाको दुखेसो छ ।

स्वर्ण जयन्त्तीको अवसरमा बुधबार कर्मचारी, सवारी चालक, स्टाफ लगायत सहभागिहरुलाई उद्योगको परिचय लोगो भएको टि सर्ट, नगद र बस्त्रले सम्मान गरिएको थियो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट