आन्दोलनपछि नागरिकको अपेक्षा

जेनजी आन्दोलन सडकबाट सरकार निर्माण गर्न मात्र हो त ? के छ आम नागरिकको अपेक्षा ?

पालको इतिहासमा बिभिन्न कालखण्डमा आन्दोलनहरू भएका छन,१०४ बर्षे जहानीय राणा शासन हटाउन होस या त पञ्चायती ब्याबस्था । राजतन्त्र हटाएर गणतन्त्र स्थापना नै किन नहोस सबै आन्दोलन। सबै आन्दोलनले नेपाली जनतालाई केहि न केहि केहि उपलब्धी दिएका छन् ।

 

दमक, २ असोज  । नेपालको इतिहासमा बिभिन्न कालखण्डमा आन्दोलनहरू भएका छन,१०४ बर्षे जहानीय राणा शासन हटाउन होस या त पञ्चायती ब्याबस्था । राजतन्त्र हटाएर गणतन्त्र स्थापना नै किन नहोस सबै आन्दोलन। सबै आन्दोलनले नेपाली जनतालाई केहि न केहि केहि उपलब्धी दिएका छन् । गत भदौ २३ र २४ गते देशभर फैलिएको जेन्जी समूहको आन्दोलन यस्तै निर्णायक मोड बनेको छ । भ«ष्टाचार र सुुासनको माग गर्दै गरेको शान्तिपूर्ण आन्दोलन हिंसामा बदलियो जसका कारण ७४ जना युवाहरुले ज्यान गुमाउन पुगे ।, सयौं घाइते भएका छन्, र अर्बौं मूल्य बराबरको भौतिक संरचनामा क्षति पुगेको छ।

आन्दोलनको चापले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राजीनामा दिनुप¥यो। त्यसपछि उत्पन्न सत्ता रिक्ततालाई सम्बोधन गर्दै, सेनाप्रमुख असोकराज सिग्देल, राष्ट्रपति रामचनद्र पौडेल र आन्दोलनरत जेन्जी समुहको प्रतिनीधीकोबीचमा भएको सहमति अनुुासार मध्याबधी निर्बाचन गराउने सर्तमा संसद बिघठन गरि पूर्व प्रधानन्यायाधीश सुसिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ। जसमा ३ मन्त्री नियुत्तध्m गरिएका छन् भने अन्य मन्त्रीहरूबारे अझै छलफल जारी छ। तर अहिलेको बहस आन्दोलन यति मात्रमा सिमित हुने कि यसलाई संस्थागत गर्दै दीर्घकालीन परिवर्तनतर्फ लैजाने भन्नेमा केन्द्रित भएको छ । बर्तमान सरकारलाई पनि निकै ठूलो चुनौति छ । तर यसका बाबजुद पनि सर्बसाधारण, ब्याबसायी, अन्य नागरिकहरुले सरकारसंग ठूलो अपेक्षा गरेको देखिन्छ ।

 

दमक नगरपालिका वडा नं ९ का स्थानीय बेदप्रसाद लामिछाने जेनजी समुहले गरेको आन्दोललाई सकरात्मक रुपमा लिएको बताउनुहुन्छ । देशमा चरम भ«ष्टचारले सिमा नाघेको र सामानइ नागरिकले केहि गर्न सक्दैनन् भन्ने दलहरुको अहमता माथि चुनौति नै दिएको उहा बताउनुहुन्छ । अहिलेको बर्तमान आबश्यक प्रदेश संरचना खारेजी र स्थानीयसरकालाई पुर्नसंरचनात्मक गरेर अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

 

आन्दोलनले सबैजसो क्षेत्रमा ठूलो मात्रामा क्षति पुगेको छ । ब्यापार र ब्याबसायहरुमा क्षति भयो । हहिलेको आन्दोलन राजनीतिक परिवर्तनकौ लागि भएको भएतापनि राजनीतिक र ब्याबसाय एकअर्कामा जोडिने भएकाले ब्यबसायीक परिवर्तन पनि हुनुपर्ने दमकका ब्याबसायी तथा चेम्बर अफ कमर्सका महासचिब बिरोध सुबेदीको भनाई छ ।

 

यस्तै राजनीतिक अस्थिरताको अन्त पनि आन्दोलनतकारी समहको माग रहेको थियो । तर उनीहरुको माग सम्बोधन गर्नका लागि संबिधान संशोधान हुनुपर्ने तर त्यसका लागि प्रकृया जटिल रहेको प्राध्यपक धनन्जय बास्कोटाको भनाई छ । यस्तो अबस्थामा संसदीय अभ्यासमार्फत नै चुनाब हुने र फेरी पुरानै दलले शासन सञ्चालन गर्ने स्थिति आउने हुनाले यसको दीर्घकालिन उपाय खोज्नुपर्ने उहाको तर्क छ ।

 

जेन्जी आन्दोलनले सरकार मात्र होइन, राज्यको सोचाइमा पनि गहिरो प्रभाव पारेको छ। अबको चुनौती भनेको यसलाई संस्थागत गर्दै एक स्थायी, जवाफदेही र जनउत्तरदायी प्रणाली निर्माणतर्फ लैजानु हो। त्यसका लागि संवाद, सहमति र जिम्मेवार राजनीतिक नेतृत्व अत्यावश्यक हुनेछ ।

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,