मृत्युदर घट्न सकेको छैन

कोरोना संक्रमणबाट ९  वर्षमुनिका ५१ जना बालबालिकाको मृत्यु

 

 

 

काठमाडौं नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म कुल ११ हजार ९२१ जनाको ज्यान गुमाएका छन्। आइतबार मात्रै  जना ४ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणदरको तुलनामा मृत्युदर भने खासै घट्न सकेको छैन। यसरी कोरोनाबाट ज्यान गुमाउनेहरुमा बालबालिका देखि बृद्धबृद्धा सम्म रहेका छन्।

अहिलेसम्म मृत्यु भएकामध्ये सबैभन्दा बढी ६० बर्ष माथिका रहेका छन्।  स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु भएकामध्ये ६० बर्ष माथिका ६ हजार ५०७ जना छन्।  यस्तै कोरोनबाट नौ बर्ष मुनिका ५१ जना बालबालिकाको ज्यान गएको छ।

 

१० देखि १९ बर्ष मुनिका ५७ जनाले कोभिडबाट ज्यान गुमाएका छन्। २० देखि २९ बर्षका ३७६ जना, ३० देखि ३९ बर्ष उमेरका ९३ जना, ४० देखि ४९ बर्ष उमेरका १६६२ जना र ५० देखि ५९ बर्ष उमेर समूहका २२९२ जनाले कोरोना संक्रमणमा परि ज्यान गुमाएका छन्।

 

६० देखि ६९ वर्षसम्म्का २५००, ७० देखि ७९ वर्षसम्मका २३७३ र ८० वर्षमाथिका १६३४ जनाले ज्यान गुमाएक छन्। यस्तै अज्ञात जनाको कोरोना संक्रमणबाट १३ जनाको ज्यान गएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले