सचेतनाका कार्यक्रम:

लागूऔषधविरुद्ध सचेतना फैलाइँदै युवाहरु

 

 

झापा :  नेपालमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा युवाहरु फस्ने क्रम बढ्दै गएको छ । देश बनाउने युवा नै दुव्र्यसनीमा फस्दै गएपछि यसको नियन्त्रण सचेतना कार्यक्रम गरिँदै छ । गरिबी, बेरोजगार, अशिक्षा, साथीभाइको लहैलहै, नियन्त्रणमा फितलो सुरक्षा प्रणाली यसका प्रमुख कारण हुन् । खुला सिमानाको फाइदा लिँदै इलाममा भारतबाट लागूऔषधको ओसार–प्रसार भइरहेको छ ।

भौगोलिक जटिलता र सुरक्षाको पहुँच पुग्न नसक्दा जिल्लामा लागूऔषधको कारोबार र प्रयोगकर्ता बढ्दै गएको जिल्ला प्रहरी कार्यालय इलामको अध्ययनले देखाएको छ । किशोर अवस्थादेखि नै युवाले लागूऔषध सेवन गरेका कारण विभिन्न जघन्य अपराधका घटनासमेत बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङका अनुसार २० देखि ४० बर्ष उमेर समूहका युवायुवती लागूऔषध दुव्र्यसनीमा सबैभन्दा बढी फसेका छन् ।

दुव्र्यसनीमा महिलाको संख्या पनि उच्च छ । अध्ययनका अनुसार इलाममा मात्र ९ जना महिला दुव्र्यसनीमा फसेको तथ्यांकले देखाउँछ छ । तामाङका अनुसार ५९ प्रतिशत मानिस साथीभाइको लहैलहैमा लागेर दुव्र्यसनीमा फसेका छन् ।

इलामसहित नेपालमा युवायुवतीको जमात लागूऔषध दुव्र्यसनीमा फस्ने क्रम बढ्दै गएपछि यसको नियन्त्रणमा सघाउ पु¥याउनका लागि विभिन्न निकायबाट सचेतनाका कार्यक्रमहरु सञ्चालन हुँदै पनि आएका छन् । तर, जति मात्रामा सचेतनाका कार्यक्रम हुनुपर्ने हो त्यो भने अझै हुन सकेको छैन । जसले गर्दा पनि लागूऔषध दुव्र्यसन नियन्त्रणमा कठिनाइ भइरहेको छ ।

इलाममा जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायले सचेतना कार्यक्रमहरु विद्यार्थीलाई दिँदै आएका छन् । यसै क्रममा इलाम सदरमुकाममा रहेको जागृति नेपाल संस्थाले नगरपालिकाको प्रज्ञा सदनको एजुकेसन अंग्रजी माविका विद्यार्थीका लागि लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ९ र १० का ४० जना विद्यार्थीलाई लागूऔषध के हो ?, लागूऔषध प्रयोगबाट पर्ने असर, लागूऔषधसम्बन्धी बनेका ऐन–कानुन, दुव्र्यसनमा लाग्ने कारण, प्रयोगकर्ताको लक्षण तथा यसबाट बच्ने उपायका बारेमा सचेतना दिइएको इन्स्पेक्टर तामाङले जानकारी दिनुभयो ।

विद्यार्थीको माध्यमबाट लागूऔषधसम्बन्धी सचेत गराउन सकेको खण्डमा यसको नियन्त्रणमा थप मुद्दत पुग्ने भएकाले लागूऔषधविरुद्धको सचेतना कार्यक्रम गरिएको संस्थाका सचिव गोपाल पौड्यालले बताउनुभयो । इलाम नगरपालिकाअन्तर्गतको न्यायिक समितिको सहयोगमा सञ्चालन गरिएको यस किसिमको कार्यक्रम इलाम नगरपालिका–१० गोदकको पूर्ण स्मारक मावि र वडा नम्बर १२ सांगरुम्बाको सांगरुम्बा माविमा पनि सञ्चालन गरिन लागेको संस्थाका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।

सचेतना कार्यक्रमले जिल्लामा बढ्दो लागूऔषध न्यूनीकरण हुने नागरिक समाजको अपेक्षा छ । सुर्तीजन्य र मदिराजन्य वस्तुबाट बालबालिकालाई टाढा राख्न विज्ञहरुको सुझाव छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत