सचेतनाका कार्यक्रम:

लागूऔषधविरुद्ध सचेतना फैलाइँदै युवाहरु

 

 

झापा :  नेपालमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा युवाहरु फस्ने क्रम बढ्दै गएको छ । देश बनाउने युवा नै दुव्र्यसनीमा फस्दै गएपछि यसको नियन्त्रण सचेतना कार्यक्रम गरिँदै छ । गरिबी, बेरोजगार, अशिक्षा, साथीभाइको लहैलहै, नियन्त्रणमा फितलो सुरक्षा प्रणाली यसका प्रमुख कारण हुन् । खुला सिमानाको फाइदा लिँदै इलाममा भारतबाट लागूऔषधको ओसार–प्रसार भइरहेको छ ।

भौगोलिक जटिलता र सुरक्षाको पहुँच पुग्न नसक्दा जिल्लामा लागूऔषधको कारोबार र प्रयोगकर्ता बढ्दै गएको जिल्ला प्रहरी कार्यालय इलामको अध्ययनले देखाएको छ । किशोर अवस्थादेखि नै युवाले लागूऔषध सेवन गरेका कारण विभिन्न जघन्य अपराधका घटनासमेत बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङका अनुसार २० देखि ४० बर्ष उमेर समूहका युवायुवती लागूऔषध दुव्र्यसनीमा सबैभन्दा बढी फसेका छन् ।

दुव्र्यसनीमा महिलाको संख्या पनि उच्च छ । अध्ययनका अनुसार इलाममा मात्र ९ जना महिला दुव्र्यसनीमा फसेको तथ्यांकले देखाउँछ छ । तामाङका अनुसार ५९ प्रतिशत मानिस साथीभाइको लहैलहैमा लागेर दुव्र्यसनीमा फसेका छन् ।

इलामसहित नेपालमा युवायुवतीको जमात लागूऔषध दुव्र्यसनीमा फस्ने क्रम बढ्दै गएपछि यसको नियन्त्रणमा सघाउ पु¥याउनका लागि विभिन्न निकायबाट सचेतनाका कार्यक्रमहरु सञ्चालन हुँदै पनि आएका छन् । तर, जति मात्रामा सचेतनाका कार्यक्रम हुनुपर्ने हो त्यो भने अझै हुन सकेको छैन । जसले गर्दा पनि लागूऔषध दुव्र्यसन नियन्त्रणमा कठिनाइ भइरहेको छ ।

इलाममा जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायले सचेतना कार्यक्रमहरु विद्यार्थीलाई दिँदै आएका छन् । यसै क्रममा इलाम सदरमुकाममा रहेको जागृति नेपाल संस्थाले नगरपालिकाको प्रज्ञा सदनको एजुकेसन अंग्रजी माविका विद्यार्थीका लागि लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ९ र १० का ४० जना विद्यार्थीलाई लागूऔषध के हो ?, लागूऔषध प्रयोगबाट पर्ने असर, लागूऔषधसम्बन्धी बनेका ऐन–कानुन, दुव्र्यसनमा लाग्ने कारण, प्रयोगकर्ताको लक्षण तथा यसबाट बच्ने उपायका बारेमा सचेतना दिइएको इन्स्पेक्टर तामाङले जानकारी दिनुभयो ।

विद्यार्थीको माध्यमबाट लागूऔषधसम्बन्धी सचेत गराउन सकेको खण्डमा यसको नियन्त्रणमा थप मुद्दत पुग्ने भएकाले लागूऔषधविरुद्धको सचेतना कार्यक्रम गरिएको संस्थाका सचिव गोपाल पौड्यालले बताउनुभयो । इलाम नगरपालिकाअन्तर्गतको न्यायिक समितिको सहयोगमा सञ्चालन गरिएको यस किसिमको कार्यक्रम इलाम नगरपालिका–१० गोदकको पूर्ण स्मारक मावि र वडा नम्बर १२ सांगरुम्बाको सांगरुम्बा माविमा पनि सञ्चालन गरिन लागेको संस्थाका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।

सचेतना कार्यक्रमले जिल्लामा बढ्दो लागूऔषध न्यूनीकरण हुने नागरिक समाजको अपेक्षा छ । सुर्तीजन्य र मदिराजन्य वस्तुबाट बालबालिकालाई टाढा राख्न विज्ञहरुको सुझाव छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो