हाडजोर्नी पत्यारोपणसम्मको सेवा

हाडजोर्नी तथा नसारोगको उपचार अब न्यूरोमा

 

 

विराटनगर  विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले हाडजोर्नी पत्यारोपणसम्मको सेवा दिन थालेको छ । विशेषज्ञ चिकित्सक तथा आधुनिक उपकरणसहित अस्पतालले दिने सेवाप्रति जनविश्वास बढ्दै गएको अस्पतालले जनाएको छ ।

प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट हुन थालेको अस्पतालले जानकारी दिएको छ । यस्तो उपचार यसअघि काठमाडौ बाहिर नभएको अस्पतालले दाबी गरेको छ ।

न्यूरोमा अर्थोस्कोपिक प्रविधिबाट, हाडजार्नी सम्बन्धी उपचार, मेरुदण्ड शल्यक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) को हुने गरेको बताइएको छ । जोर्नी प्रत्यारोपणसम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. नवीनकुमार कर्णले बताए ।

‘दुरबिनको माध्यमबाट गरिने काँधको शल्यक्रिया भर्खरै सुरु गरिएको हो । दुर्घटनामा परेर खुस्किएको काँधको जोर्नी तान्ने र वा पटक पटक खुस्किएको जोर्नीलाई दुरबिनका माध्यमबाट शल्यक्रिया गरेर ठाउँमा राख्ने काम न्यूरोमै हुन थालेको छ,’ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. कर्णले भने । उनले उमेर वृद्ध हुँदै जाँदा काँधको मसल्स च्यातिने समस्या पनि दुरबिनको माध्यमबाट शल्यक्रिया गरेर उपचार गर्ने गरिएको बताए ।

काँधमा समस्या भएर उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको भन्दै उनले वर्षमा दुई पटक काँधको जाँच गराउनु उपयुक्त हुने जानकारी दिए । न्यूरो अस्पतालमा अहिलेसम्म २७ वटा घुँडाको प्रत्यारोपण भइसकेको छ भने ६ जनाको दुबै घुँडाको प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट इम्प्लान्ट राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्याआउने गरेको बताउँदै चिकित्सक कर्णले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।