हाडजोर्नी पत्यारोपणसम्मको सेवा

हाडजोर्नी तथा नसारोगको उपचार अब न्यूरोमा

 

 

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले हाडजोर्नी पत्यारोपणसम्मको सेवा दिन थालेको छ । विशेषज्ञ चिकित्सक तथा आधुनिक उपकरणसहित अस्पतालले दिने सेवाप्रति जनविश्वास बढ्दै गएको अस्पतालले जनाएको छ ।

प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट हुन थालेको अस्पतालले जानकारी दिएको छ । यस्तो उपचार यसअघि काठमाडौ बाहिर नभएको अस्पतालले दाबी गरेको छ ।

न्यूरोमा अर्थोस्कोपिक प्रविधिबाट, हाडजार्नी सम्बन्धी उपचार, मेरुदण्ड शल्यक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) को हुने गरेको बताइएको छ । जोर्नी प्रत्यारोपणसम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. नवीनकुमार कर्णले बताए ।

‘दुरबिनको माध्यमबाट गरिने काँधको शल्यक्रिया भर्खरै सुरु गरिएको हो । दुर्घटनामा परेर खुस्किएको काँधको जोर्नी तान्ने र वा पटक पटक खुस्किएको जोर्नीलाई दुरबिनका माध्यमबाट शल्यक्रिया गरेर ठाउँमा राख्ने काम न्यूरोमै हुन थालेको छ,’ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. कर्णले भने । उनले उमेर वृद्ध हुँदै जाँदा काँधको मसल्स च्यातिने समस्या पनि दुरबिनको माध्यमबाट शल्यक्रिया गरेर उपचार गर्ने गरिएको बताए ।

काँधमा समस्या भएर उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको भन्दै उनले वर्षमा दुई पटक काँधको जाँच गराउनु उपयुक्त हुने जानकारी दिए । न्यूरो अस्पतालमा अहिलेसम्म २७ वटा घुँडाको प्रत्यारोपण भइसकेको छ भने ६ जनाको दुबै घुँडाको प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट इम्प्लान्ट राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्याआउने गरेको बताउँदै चिकित्सक कर्णले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट