बजारमा बेचिने तरकारी कहाँबाट आउँछन् ?

के हुन स्वदेशी के हुन विदेशी ?

उर्लाबारी, ९ असोज। नेपालका बजारहरूमा अहिले स्वदेशी तरकारीले पूर्ण वर्चस्व जमाएको देखिन्छ । पहाडदेखि तराईसम्मका हाट बजारमा दैनिक उपभोग हुने सागसब्जी स्वदेशमै उत्पादन हुने मौसमी तरकारीले नै ढाकेका छन् ।

हाट बजारमा खरिद गर्न जाँदा पहाडी भेगमा फल्ने हरिया तरकारी नै बढी मात्रामा उपलब्ध हुने गरेका छन् । उपभोक्ताहरू भन्छन बिहान–साँझ भान्सामा चाहिने सागसब्जी खरिद गर्दा पहाडबाट ल्याइने ताजा तरकारी नै प्रमुख विकल्प हुने गरेको छ । गृहिणी कृषा पोख्रेलका अनुसार स्थानीय उत्पादन भएकै कारण यी तरकारी स्वादिलो, ताजा र सस्तो पनि पर्छन् ।

 

चाडपर्वको समय भएकाले तरकारीको माग सामान्य भन्दा बढी छ । आफन्तहरूको आवतजावत बढ्दा र चाडबाडको तयारी गर्दा हरेक परिवारले तरकारीमा बढी खर्च गर्नुपरेको छ । यसैबीच व्यापारी विकास विष्ट भन्छन “हालको अवस्थामा आलु, प्याज, लसुनजस्ता बाहिरी मुलुकबाट आयात हुने केही सामग्री बाहेक, बजारमा पाइने लगभग सम्पूर्ण मौसमी तरकारी स्वदेशमै उत्पादन भएका छन् । पहाडी तरकारीको वर्चस्व प्रष्ट देखिन्छ ।”

 

नेपालको भौगोलिक विविधता र मौसमीय चक्रले तरकारी उत्पादनलाई सहज बनाएको छ । अहिले काँक्रा, स्कुस, टमाटर, गाजर, मुला, बन्दा, फूलकोपी, खोर्सानी, अदुवा, कागती, अकबरे खोर्सानी, रुख टमाटर, सीस्नु, विभिन्न जातका वोडी, डौंठे निगुरो, स्कुसको मुन्टा, फर्सी, रायो साग लगायतका तरकारी पहाडी भेगमा प्रशस्त मात्रामा उपलब्ध छन् ।यिनै मौसमी तरकारीले पहाड, तराईदेखि राजधानीसम्मका बजारलाई ढाकेकोको अर्का व्यापारी तीलक बहादुर थापाको भनाई छ ।

 

नेपालमा करिब २ लाख ८९ हजार हेक्टर क्षेत्रमा तरकारी खेती हुँदै आएको छ । यसबाट वार्षिक करिब ४१ लाख ५३ हजार मेट्रिक टन तरकारी उत्पादन हुने गरेको तथ्याङ्क छ । यस उत्पादनले देशमा खपत हुने तरकारीमध्ये करिब ६० प्रतिशत माग स्थानीय उत्पादनले नै धान्ने गरेको छ । बाँकी ४० प्रतिशतमा भारतबाट आयात हुने आलु, प्याज, लसुन, केही विशेष जातका बन्दा, टमाटर, हरियो मरिच, गाजर र सिजन बाहेकका अन्य तरकारीको हिस्सेदारी रहेको व्यापारीहरू बताउँछन् ।

तर हाल सिजनमै उत्पादन हुने तरकारी बजारमा प्रशस्त मात्रामा उपलब्ध भएकाले आयातित तरकारीको हिस्सा उल्लेख्य घटेको छ । सामान्यतया वार्षिक उपभोगमा भारतबाट आउने तरकारीको हिस्सा २५–३० प्रतिशतसम्म रहने गरेको भए पनि हाल चाडबाडको सिजनमा त्यो घटेर करिब १५–२० प्रतिशतमा सीमित भएको व्यापारीहरूको अनुमान छ ।

नेपालको भौगोलिक संरचना र मौसमी विविधताका कारण एकातिर समस्या आए अर्कातिरको उत्पादनले परिपूर्ति गर्ने गरेको छ । तराईमा बाढीले तरकारी उत्पादनमा असर परे पनि पहाडका मौसमी तरकारीले बजार सम्हाल्ने गरेका छन् । त्यस्तै, पहाडमा सुक्खा परेको अवस्थामा तराईको उत्पादनले आपूर्ति धान्ने गरेको छ । यही परम्परा र भौगोलिक सहयोगका कारण नेपालमा तरकारी आपूर्ति सहज हुने गरेको छ ।
स्वदेशी तरकारीले बजारमा बढ्दो एकाधिकार जमाएको यो अवस्थाले उपभोक्ता स्वावलम्बन, मूल्य नियन्त्रण र खाद्य सुरक्षा दुवै दृष्टिले सकारात्मक सन्देश दिएको छ । तर आयातमा निर्भर हुने आलु, प्याज, लसुनजस्ता वस्तुमा भने अझै स्वदेशी उत्पादन बढाउनुपर्ने उपभोक्ताको अपेक्षा छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि