युथ लिडर्स नेपालको प्रहरी कार्यलयलाई सहयोग

दमकमा मुख्य कार्यलय रहेको सस्थाले नेपालभरि सामाजिक कार्य गर्दै

दमक, असोज १३ । सामाजिक गतिबिधीमा सक्रिय सस्था युथ लिडर्स नेपालले ईलाका प्रहरी कार्यलय उर्लाबारीलाई केहि अत्यावसकीय सामग्री बितरण गरको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड पश्चात प्रहरीलाई दैनिक कार्यसम्पादनमा असहज परिस्थितीलाई मध्यनजर गर्देै सस्थाले उक्त सामाग्री बितरण गरेको हो ।सोमबार ईलाका प्रहरी कार्यलय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच एक थान वाटर फिल्टर, एक थान वाटर डिस्पेन्सर र १० थान टर्च लाईट हस्तान्तरण गरेको हो । सस्थाका अध्यक्ष मिलन आचार्यको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री एबम उर्लाबारी नगरपालिकाका सस्थापक नगरप्रमुख खड्ग फागोले ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी प्रमुख रञ्जन बराललाई टर्च लाईट हस्तान्तरण गर्दे सामागी्र बितरण गर्नुभएको हो ।

 

सामाग्री हस्तान्तरणपश्चात संक्षिप्त भनाई राख्नुहुदै फागोले जैन्जी आन्दोलन पश्चात समाजमा अझैपनि लुटपाट दर अपराधिक क्रियाकलाप बढ्दै गएको बताउनुभयो । यस्तो असहज परिस्थितीमा शान्ति सुब्याबस्था कायम गर्न युथ नेपाल लिडरले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

सस्थाले बिगत ५÷७ बर्षदेखि समाजमा रहेका बिपन्न बर्ग,असक्त र आबश्यक परेका ठाउमा सहयोग हस्तान्तरण गर्दै आएको सस्थाका अध्यक्ष मिलन आचार्यले बताउनुभयो । उहाँले बर्तमान परिस्थितीमा सुरक्षाकर्मीको आवश्यकतालाई मध्यनजर गर्देै सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर कार्यलयलाई आवश्यकीय सामग्री हस्तान्तरण गरिएको स्पष्ट पार्नुभयो ।

 

यसैगरि हस्तान्तरण गरिएका सामाग्री बुझ्दै ईलाका प्रहरी कार्यलयका प्रमुख रञ्जन बरालले खासगरि भर्खरै जेन्जी आन्दोलनले प्रहरी कार्यलयमा भएको तोडफोडले भएको क्षतिमा सामाजिक सस्थाले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले प्रहरी कार्यलय क्षति हुदा प्रहरी आफैपनि ससक्त ढङगले कार्यसम्पादन गर्न नसकिएरहेको र थुनुवा कक्षमा रहेको कैदीबन्दी भागेको हुनाले टोल बिकासमा भईरहेका सुरक्षा गतिबिधिलाई केहि समय निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा सस्थाका अध्यक्ष मिलन आचार्य,नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो, उर्लाबारी वडा ४ का सभापति प्रेम याख्य, वडा ५ का सभापति तुल ब थापा उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष तारामान श्रेष्ठ,सहित बिभिन्न सस्थाका प्रतिनिधीका सहभागीता रहेको थियो ।

दमकमा मुख्य कार्यलय रहेको सस्थाले नेपालभरि सामाजिक कार्य गर्दै आएको छ । यसअघि सस्थाले उराउ बस्ती दमक ९,संचार क्लब उर्लाबारी,जिबन बचाउ अभियान उर्लाबारी,नमुना बाल गृह उर्लाबारी जेष्ठ नागरिक केन्द्र उर्लाबारी , अनाथ बाल आश्रम दमक हेमन चर्च उर्लाबारी, सरस्वती आधारभुत बिद्यालय उर्लाबारी, दुर्गा मन्दिर उर्लाबारीमा समेत आवश्यक सामाग्री हस्तान्तरण गरिसकेको सस्थाका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ