युथ लिडर्स नेपालको प्रहरी कार्यलयलाई सहयोग

दमकमा मुख्य कार्यलय रहेको सस्थाले नेपालभरि सामाजिक कार्य गर्दै

दमक, असोज १३ । सामाजिक गतिबिधीमा सक्रिय सस्था युथ लिडर्स नेपालले ईलाका प्रहरी कार्यलय उर्लाबारीलाई केहि अत्यावसकीय सामग्री बितरण गरको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड पश्चात प्रहरीलाई दैनिक कार्यसम्पादनमा असहज परिस्थितीलाई मध्यनजर गर्देै सस्थाले उक्त सामाग्री बितरण गरेको हो ।सोमबार ईलाका प्रहरी कार्यलय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच एक थान वाटर फिल्टर, एक थान वाटर डिस्पेन्सर र १० थान टर्च लाईट हस्तान्तरण गरेको हो । सस्थाका अध्यक्ष मिलन आचार्यको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री एबम उर्लाबारी नगरपालिकाका सस्थापक नगरप्रमुख खड्ग फागोले ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी प्रमुख रञ्जन बराललाई टर्च लाईट हस्तान्तरण गर्दे सामागी्र बितरण गर्नुभएको हो ।

 

सामाग्री हस्तान्तरणपश्चात संक्षिप्त भनाई राख्नुहुदै फागोले जैन्जी आन्दोलन पश्चात समाजमा अझैपनि लुटपाट दर अपराधिक क्रियाकलाप बढ्दै गएको बताउनुभयो । यस्तो असहज परिस्थितीमा शान्ति सुब्याबस्था कायम गर्न युथ नेपाल लिडरले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

सस्थाले बिगत ५÷७ बर्षदेखि समाजमा रहेका बिपन्न बर्ग,असक्त र आबश्यक परेका ठाउमा सहयोग हस्तान्तरण गर्दै आएको सस्थाका अध्यक्ष मिलन आचार्यले बताउनुभयो । उहाँले बर्तमान परिस्थितीमा सुरक्षाकर्मीको आवश्यकतालाई मध्यनजर गर्देै सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर कार्यलयलाई आवश्यकीय सामग्री हस्तान्तरण गरिएको स्पष्ट पार्नुभयो ।

 

यसैगरि हस्तान्तरण गरिएका सामाग्री बुझ्दै ईलाका प्रहरी कार्यलयका प्रमुख रञ्जन बरालले खासगरि भर्खरै जेन्जी आन्दोलनले प्रहरी कार्यलयमा भएको तोडफोडले भएको क्षतिमा सामाजिक सस्थाले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले प्रहरी कार्यलय क्षति हुदा प्रहरी आफैपनि ससक्त ढङगले कार्यसम्पादन गर्न नसकिएरहेको र थुनुवा कक्षमा रहेको कैदीबन्दी भागेको हुनाले टोल बिकासमा भईरहेका सुरक्षा गतिबिधिलाई केहि समय निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा सस्थाका अध्यक्ष मिलन आचार्य,नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो, उर्लाबारी वडा ४ का सभापति प्रेम याख्य, वडा ५ का सभापति तुल ब थापा उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष तारामान श्रेष्ठ,सहित बिभिन्न सस्थाका प्रतिनिधीका सहभागीता रहेको थियो ।

दमकमा मुख्य कार्यलय रहेको सस्थाले नेपालभरि सामाजिक कार्य गर्दै आएको छ । यसअघि सस्थाले उराउ बस्ती दमक ९,संचार क्लब उर्लाबारी,जिबन बचाउ अभियान उर्लाबारी,नमुना बाल गृह उर्लाबारी जेष्ठ नागरिक केन्द्र उर्लाबारी , अनाथ बाल आश्रम दमक हेमन चर्च उर्लाबारी, सरस्वती आधारभुत बिद्यालय उर्लाबारी, दुर्गा मन्दिर उर्लाबारीमा समेत आवश्यक सामाग्री हस्तान्तरण गरिसकेको सस्थाका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही