यी गीत जसले दशैलाई सँधै जीवन्त बनाइराख्छ

चर्चा गरिएका गीतहरु साढे दुई दशकको अवधिमा दर्शक–श्रोताका मुख झुण्डिन सफल भएका हुन् । अहिले पनि यी गीतहरु उत्तिकै चर्चित छन् ।

दमक , १६ असोज । नेपालीहरूको महान् चाड वडा दशैँ नजिकिँदै गर्दा यसको रौनक गाउँदेखि शहरसम्म फैलिन थालेको छ। दशैँको सुरुवातसँगै बजारमा यस पर्वसँग सम्बन्धित गीत–संगीतको बहार पनि सुरु हुन्छ। रेडियो, टेलिभिजन, युट्युबदेखि सामाजिक सञ्जालसम्म दशैँका गीतहरू बज्न थालेपछि साँच्चै दशैँ आएको अनुभूति हुन्छ।परिवारको भेटघाट, रमाइलो जमघट, खानपिनसँगै दशैँ गीत बज्दा चाडको माहोल झन् उत्सवमय बन्छ। पछिल्ला वर्षहरूमा थुप्रै नयाँ दशैँ गीत सार्वजनिक भइरहे पनि आम नेपालीको रोजाइमा अझैपनि पुराना गीतहरू नै अगाडि देखिन्छन्। ती गीतहरू जसले सांस्कृतिक मौलिकता, भावना, र परदेशीको पीडालाई छोएको छ।े दशैँताका बढी बज्ने गीत हो ‘होओ‘ दशैँ आयो’ । अर्थात, ‘चरि ररी री रै’, चलचित्र मुगलानमा समाबेश भएको यो गीत बढी मात्रमा सुनिने गर्छ ।

 

त्यस्तै, दशैँमा गीतको चर्चा गर्दा गायक सुगम पोखरेललाई छुटाउनै मिलेन । दशैँमा सर्वाधिक बज्ने गीत उनको स्वर रहेको ‘दशैँ तिहार’ हो । साढे २ दशकअघि सार्वजनिक भएको यो गीतमा अहिले टिकटक बनाउने क्रम बढ्दो छ ।

 

त्यसैगरि सशस्त्र प्रहरीको ‘धानकै बाला झुलौंला’ गीतले पनि उत्तिकै स्थान पाउने गरेको छ । देशको सुरक्षर्थ खटिएका सुरक्षाकर्मीहरुको ब्याथालाई समेटेर बनाईएको यस गीतमा घरबाट टाढा रहेर दशैमा परिवारलाई सम्झना गरेको देख्न सकिन्छ । अर्थात, बिदा नपाएर ब्यारेकमै दशैँ मनाएका प्रहरीहरुको ‘बेदना’मा यो गीत तयार पारिएको छ ।यो गीत २०६२ सालमा तयार गरिएको हो ।

 

गायक कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा रहेको ‘नमुछे आमा दहीमा टीका’ गीतले दशैँमा घर जान नपाएका परदेशीकोे पीडा बालेको छ । यो गीत पनि दशैँको बेला घरदैलोमा बज्ने गीतमध्ये एक हो ।

 

दसैंमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ उत्तिकै लोकप्रिय छ। चलचित्र अल्लारेमा समाबेश गरिएको यो दशै सम्बन्धीको गीतलाई पछिल्लो पटक चलचित्र रातो टिका निधारमा चलचित्रमा रिमेक गरिएको छ ।

माथि चर्चा गरिएका गीतहरु साढे दुई दशकको अवधिमा दर्शक–श्रोताका मुख झुण्डिन सफल भएका हुन् । अहिले पनि यी गीतहरु उत्तिकै चर्चित छन् । त्यसो त पछिल्ला बर्षहरुमा गीत दशैको गीत सार्बजनिक नभएका भने हैनन् । तर समयकाल अनुरुप आउन नसक्दा श्रोता र दर्शकको मनमा भने पुरानै गीतले स्थान पाईरहेको छन् । तिनै गीतलाई खोजी खोजी सुन्ने गरिएको पाईन्छ ।

https://www.facebook.com/share/v/19sDBtixJQ/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही