प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक, एमसिसीका विषयमा छलफल

shangiya_samsad-5_K1n3EKMkHu

 

 

काठमाडौं : बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको संभावित कार्यसूची सार्वजनिक गरिएको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अमेरिकी सहयोग एमसिसीका विषयमा छलफल अघि बढ्ने उल्लेख छ।

अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

गत फागुन ८ गते बसेको संसद बैठकमा अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदमा टेबल गरेका थिए।

बिहीबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पनि कार्यसूची राखिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन