केराको प्रमुख बजार : मोरङ्गको उर्लाबारी किसान चौक

मोरङ्ग,२० असोज। मोरङ्गको उर्लाबारी–३ स्थित किसान चौक पछिल्ला वर्षमा केराको प्रमुख संकलन तथा बिक्री केन्द्रका रूपमा चिनिँदै आएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने यस चौकमा मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानमा उत्पादन भएका केरा जम्मा हुने गरेका छन्। मंगलवार र विशेस गरेर दशैं, छठपूजा जस्ता चाडवाढलाई लक्षित गरेर केराको संकलन तथा बिक्री केन्द्र भएकाले किसान चौक अहिले पूरै प्रदेश १ मात्र नभई देशव्यापी रूपमा केराको थलोको रूपमा परिचित हुँदै गएको छ।

 

मिक्लाजुङ गाउँपालिकाका ३, ४, ५ र ६ नं. वडाका किसानहरूले भिरालो जमिनमा अन्य बाली लगाउन छोडेर पूर्ण रूपमा केराखेतीलाई मुख्य पेशा बनाएका छन्। धानखेतीका लागि सिंचाइको अभाव र जमिनको भौगोलिक स्वरूपका कारण किसानहरूले वैकल्पिक रूपमा केराखेती रोजेका हुन्। यो खेतीले आयआर्जनको स्थायी स्रोतको रूपमा काम गर्दै आएको स्थानिय बासी लक्ष्मी घिमिरेको भनाई छ ।

 

प्रत्येक दिन किसान चौकमा केराको संकलन भए तापनि विशेष गरी मंगलबार लाग्ने हाटबजारलाई यहाँको पहिचान मानिन्छ। किसानदेखि व्यापारीसम्म भीड लाग्छ । यहाँ उत्पादन भएका केरा आर्गनिक हुने भएकाले यसको माग पूर्वका बजार मात्र नभई राजधानी सम्म उच्च रहेको जानकारहरु बताउछन् ।

 

स्थानिय व्यवसायी कमल श्रेष्ठका अनुसार, किसान चौकबाट संकलन भएका केरा गौरिगञ्ज, बिर्तामोड, विराटनगर, जनकपुर, राजविराज, वीरगञ्ज, नारायणघाट, काठमाण्डौ, पोखरा लगायतका बजारमा आपूर्ति हुन्छन्। बजार मूल्य प्रतिघरी ३ सयदेखि ७ सय रुपैयाँसम्म पर्छ। विशेष गरी दशैं, तिहार, छठ, विवाह, व्रतजस्ता पर्वका अवसरमा करोडौं रुपैयाँ बराबरको कारोबार हुने गर्दछ। व्यवसायी सखानु शाहाले हप्तामा कम्तीमा दुई ट्रक बराबर करिब २ हजार घरी केरा बाहिरिने र वार्षिक करोडौंको कारोबार हुने बताएका छन्।

 

यस क्षेत्रमा चिनीचम्पा, भोटाङ्गे, जाहाजी जातका केराको खेती गर्ने चलन छ। कालीझोर, हात्तीमारा, साखरे, श्रीलड्ढा, गुप्ती, जाँते, ढाँडे, खोलिटार, साम्लिङ, खाँकरबारी, छत्रपुर, लालमाटी जस्ता बस्तीतिर अहिले केराखेती झनै बढ्दो क्रममा छ। नेपालमा वार्षिक करिब ८ लाख मेट्रिक टन केराको माग रहे पनि उत्पादन ६.५ देखि ७ लाख मेट्रिक टन मात्र हुने गरेको सरकारी तथ्यांक छ। यसरी ५०–६० हजार मेट्रिक टन बराबर केरा भारतबाट आयात गर्नुपर्ने बाध्यता रहँदै आएको छ। तर, उर्लाबारी किसान चौक जस्ता उत्पादन केन्द्रहरूले मुलुकभित्रै राजधानीसम्मको बजार धान्न थालेपछि आयातमा केही हदसम्म कमी आएको छ। केरा स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण फल हो। यसमा कार्बोहाइड्रेट, फाइबर, भिटामिन c, भिटामिन b6, पोटासियम, म्याग्नेसियम तथा एन्टिअक्सिडेन्ट तत्व पाइन्छ। यसले शरीरलाई तत्काल ऊर्जा दिन्छ, पाचन स्वास्थ्य सुधार गर्छ, रक्तचाप नियन्त्रणमा राख्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

 

सामान्यतया बालबालिका, गर्भवती महिला, खेलाडी र श्रमिकका लागि केरा उत्तम फल मानिन्छ। तर, मधुमेहका बिरामीले चिकित्सकको सल्लाहबिना बढी मात्रामा खानु उपयुक्त मानिँदैन। त्यसैगरी, किड्नीका समस्या भएका व्यक्तिहरूले पनि पोटासियमको उच्च मात्रा भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ।

 

यसरी हेर्दा मोरङ्गको उर्लाबारी किसान चौक मुलुकको माग धान्ने एउटा महत्वपूर्ण केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। “एक गाउँ, एक उत्पादन“ अभियानलाई सार्थकता दिँदै यहाँलाई केराको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिएमा, यस क्षेत्रका किसान मात्र नभई मुलुककै आर्थिक विकासमा ठूलो योगदान पुग्ने निश्चित देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको