दमक/
२०७६ साल चैत्र ११ गते कोरोनाको पहिलो लहर सुरु भएको हो । यहि दिनदेखी नेपालमा कोरोना नियन्त्रण गर्न भनेर देशव्यापीरुपमा लक डाउन गरियो । कोरोनाको जोखिम अत्यन्तै धेरै थियो । आफ्नै परिवारका सदस्यमा शंकाको दृष्टिकोणले हेुर्न पर्ने अवस्था थियो । बाहिर निस्कन सक्ने अवस्थानै थिएन । त्यो बेलामा विषेश गरि विपन्न नागरिकको गाँस समेत टुटेको थियो । स्वास्थ्य सामाग्रीको हाहाकार भएको थियो । यो अवस्थामा झापाको दमकमा पनि थियो । तर यहाँ दमक नगरपालिकासँगको सहकार्यमा दमकमा रहेका विभिन्न सघं सस्थाहरुले निकै उपलब्धीमुलक काम गरे । जसले गर्दा यहाँ भोकी कोहि भएन । उपलब्ध भएसम्म स्वास्थ्य सामाग्रीको अभाव हुन पाएन । त्यसैले त अन्य पालिकामा भन्दा दमक कोभिड नियन्त्रणमा अब्बल ठहरीयो । दमकमा रहेका सघं सस्थाहरुले कोरोना कालमा पुर्याएको योगदानका बारेमा कोभिड बुटिको तेस्रो भाग अन्तर्गत एघारौ श्रींखलामा तयार पारिएको छ ।
दमक स्थित उद्योग वाणिज्य सघं कोरोना कालका बेलामा निकै सकृय बन्यो । आफ्ना ब्यापारीलाई आपत्तका बेला कसरी माग र पुर्ती गराउने भन्नेबारमा सचेत गरायो । कतै आफ्ना सेवाग्राहि तथा ग्राहकको आम्दानीको श्रोतनै सकिएर घरको चुल्हो त निभेन भनेर राहत प्याकेज ल्यायो ।नगरपाकिला मार्फत राहत सामाग्रीका साथै स्वास्थ्य सामाग्री प्रदान गर्यो । स्वास्थ्य संरचना निर्माणमा समेत अग्रणी भूमिका खेलेको उद्योग वाणिज्य सघंले अहिलेपनि दमकका ब्यापारीलाई सजगताका लागि अपील गरिरहेको सघंका प्रथम उपाध्यक्ष गोपाल गुरागाई बताउनु हुन्छ
दमक उद्योग वाणिज्य संघ मात्रै होईन । यहाँ रहेको समाजीक संस्था लायन्स क्लवहरुपनि निकै सकृय भए । कोहिपनि भोकै नबसुन भनेर फुड बैंक स्थापना देखी लिएर स्वास्थ्य सामाग्रीको अभागका कारण कोरोनाको जोखिम नबढोस भनेर त्यस्ता आवश्यक सामाग्रीको वितरणमा केन्द्रिकृत भयो । यती मात्र हैन दमक स्थित आम्दा अस्पतालमा निकै कोभिड संक्रमितको पहिचान गर्न सहज होस भनेर इमरजेन्सि भवननै निर्माण गर्योे । सहयोगी भावना भएका लायन्कर्मीहरुले दमक २ स्थित कोभिड उपचार केन्द्र नजिकै आइसुलेन निर्माण गरे ।अस्पतालमा संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स तथा विरामीका साथै बिरामी कुरुवाहरु सम्मलाई निशुल्क खाना समेत खुवाउने काम दमकका लायन्सहरुले गरेको लायन्सका एरिया २ का इम्प्याक्ट एरिया चिफ ज्ञाननाथ पौडेलले जानकारी दिनुभयो ।
कोरोना निन्त्रणमा सकडमा खटिएका सुरक्षाकर्मी , समाचार संकलनमा हिड्ने संचारकर्मी तथा अन्य अग्रभागमा खटिनेहरु त्यसबेला निकै असुरक्षीत हुने गर्दथे । स्वास्थ्य सामाग्रीको कला बजारी थियो । सामान्य मास्कलाई कुनै बेला ५० रुपैँया सम्म पथ्र्यो । अभाव उत्तीकै थियो । यस्तो बेलामा पनी अग्रपंक्तीमा खटिएहरुलाई सुरक्षाका सामाग्री प्रदान गर्न र आवश्यकताका आधारमा स्वास्थ्य सस्थामा समेत स्वास्थ्य सामाग्री र उपकरण सहयोग गर्न दमकका रहेको रोटरी क्लवले काम गरेको बताउनुहुन्छ क्लवका अध्यक्ष भरत चम्लाईगाई ।
महामारी आउँदा यसको नियन्त्रण गर्न एक्लैले कोहि बलवानलेपनि सक्दैन । तर सामुहिक एकता भयो र सबैमा सहयोगी भावनाको विकास भयो भने जस्तो सुकै महामारीलाईपनि परास्त पार्न सकिन्छ भन्ने उदाहरण दमकका सामाजिक संघ सस्था बनेका छन् । केहि प्रतिनिधीमुलक सस्थाको मात्र यहाँ कुरा गरेपनि यो बेला दमकमा रहेका साना भन्दा साना संसस्थाहरुले पनि आफ्नो क्षमता अनुसारको काम गरेका छन् ।
भिडियो