कोभिड नियन्त्रणमा दमकका सामाजिक संस्थाहरुको भूमिका महत्वपूणर्, राहत सामाग्री देखी स्वास्थ्य संरचना निर्माण समम योगदान भिडियो सहित

दमक/
२०७६ साल चैत्र ११ गते कोरोनाको पहिलो लहर सुरु भएको हो । यहि दिनदेखी नेपालमा कोरोना नियन्त्रण गर्न भनेर देशव्यापीरुपमा लक डाउन गरियो । कोरोनाको जोखिम अत्यन्तै धेरै थियो । आफ्नै परिवारका सदस्यमा शंकाको दृष्टिकोणले हेुर्न पर्ने अवस्था थियो । बाहिर निस्कन सक्ने अवस्थानै थिएन । त्यो बेलामा विषेश गरि विपन्न नागरिकको गाँस समेत टुटेको थियो । स्वास्थ्य सामाग्रीको हाहाकार भएको थियो । यो अवस्थामा झापाको दमकमा पनि थियो । तर यहाँ दमक नगरपालिकासँगको सहकार्यमा दमकमा रहेका विभिन्न सघं सस्थाहरुले निकै उपलब्धीमुलक काम गरे । जसले गर्दा यहाँ भोकी कोहि भएन । उपलब्ध भएसम्म स्वास्थ्य सामाग्रीको अभाव हुन पाएन । त्यसैले त अन्य पालिकामा भन्दा दमक कोभिड नियन्त्रणमा अब्बल ठहरीयो । दमकमा रहेका सघं सस्थाहरुले कोरोना कालमा पुर्याएको योगदानका बारेमा कोभिड बुटिको तेस्रो भाग अन्तर्गत एघारौ श्रींखलामा तयार पारिएको छ ।

दमक स्थित उद्योग वाणिज्य सघं कोरोना कालका बेलामा निकै सकृय बन्यो । आफ्ना ब्यापारीलाई आपत्तका बेला कसरी माग र पुर्ती गराउने भन्नेबारमा सचेत गरायो । कतै आफ्ना सेवाग्राहि तथा ग्राहकको आम्दानीको श्रोतनै सकिएर घरको चुल्हो त निभेन भनेर राहत प्याकेज ल्यायो ।नगरपाकिला मार्फत राहत सामाग्रीका साथै स्वास्थ्य सामाग्री प्रदान गर्यो । स्वास्थ्य संरचना निर्माणमा समेत अग्रणी भूमिका खेलेको उद्योग वाणिज्य सघंले अहिलेपनि दमकका ब्यापारीलाई सजगताका लागि अपील गरिरहेको सघंका प्रथम उपाध्यक्ष गोपाल गुरागाई बताउनु हुन्छ

दमक उद्योग वाणिज्य संघ मात्रै होईन । यहाँ रहेको समाजीक संस्था लायन्स क्लवहरुपनि निकै सकृय भए । कोहिपनि भोकै नबसुन भनेर फुड बैंक स्थापना देखी लिएर स्वास्थ्य सामाग्रीको अभागका कारण कोरोनाको जोखिम नबढोस भनेर त्यस्ता आवश्यक सामाग्रीको वितरणमा केन्द्रिकृत भयो । यती मात्र हैन दमक स्थित आम्दा अस्पतालमा निकै कोभिड संक्रमितको पहिचान गर्न सहज होस भनेर इमरजेन्सि भवननै निर्माण गर्योे । सहयोगी भावना भएका लायन्कर्मीहरुले दमक २ स्थित कोभिड उपचार केन्द्र नजिकै आइसुलेन निर्माण गरे ।अस्पतालमा संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स तथा विरामीका साथै बिरामी कुरुवाहरु सम्मलाई निशुल्क खाना समेत खुवाउने काम दमकका लायन्सहरुले गरेको लायन्सका एरिया २ का इम्प्याक्ट एरिया चिफ ज्ञाननाथ पौडेलले जानकारी दिनुभयो ।

कोरोना निन्त्रणमा सकडमा खटिएका सुरक्षाकर्मी , समाचार संकलनमा हिड्ने संचारकर्मी तथा अन्य अग्रभागमा खटिनेहरु त्यसबेला निकै असुरक्षीत हुने गर्दथे । स्वास्थ्य सामाग्रीको कला बजारी थियो । सामान्य मास्कलाई कुनै बेला ५० रुपैँया सम्म पथ्र्यो । अभाव उत्तीकै थियो । यस्तो बेलामा पनी अग्रपंक्तीमा खटिएहरुलाई सुरक्षाका सामाग्री प्रदान गर्न र आवश्यकताका आधारमा स्वास्थ्य सस्थामा समेत स्वास्थ्य सामाग्री र उपकरण सहयोग गर्न दमकका रहेको रोटरी क्लवले काम गरेको बताउनुहुन्छ क्लवका अध्यक्ष भरत चम्लाईगाई ।

महामारी आउँदा यसको नियन्त्रण गर्न एक्लैले कोहि बलवानलेपनि सक्दैन । तर सामुहिक एकता भयो र सबैमा सहयोगी भावनाको विकास भयो भने जस्तो सुकै महामारीलाईपनि परास्त पार्न सकिन्छ भन्ने उदाहरण दमकका सामाजिक संघ सस्था बनेका छन् । केहि प्रतिनिधीमुलक सस्थाको मात्र यहाँ कुरा गरेपनि यो बेला दमकमा रहेका साना भन्दा साना संसस्थाहरुले पनि आफ्नो क्षमता अनुसारको काम गरेका छन् ।

 

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन