नौमती बाजा संरक्षणमा जोड

पाथीभरा महिला नौमती बाजा समूहको प्रथम साधारणसभा

पथरी, २५ असोज / मोरङको पथरी शनिश्चरे ३ को आदर्श टोलमा रहेको पाथीभरा महिला नौमती बाजा समूहको सक्रियताप्रति स्थानीयले ऐक्यवद्धता जाहेर गरेका छन् ।

 

समूहको प्रथम वार्षिक साधारणसभाका अवसरमा समुदायका विभिन्न क्षेत्रका अगुवाहरुले मौलिक संस्कृति संरक्षणमा नौमती बाजा समूहको कामप्रति प्रशंसा गर्दै सबैको सहकार्यमा मौलिक संस्कृति संरक्षण हुनसक्ने भन्दै संरक्षणमा ऐक्यवद्धता जनाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर वडाध्यक्ष विजयकुमार लिम्बुले परापूर्व कालको पुर्ख्यौली बाजा लोप हुँदै गएकाले पुनर्जागरण तथा संरक्षण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले वडाको तर्फबाट आफूले गर्न सक्ने सहयोग गर्ने पनि प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

 

सभामा बौद्धिक व्यक्तित्व एवम् पञ्चायत माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाले सामाजिक एकता र सद्भाव कायम राख्न महिला नौमती बाजा समूहले पछिल्लो पुस्तालाई पनि सांस्कृतिक समतामूलक समाजको स्थापनाको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिनुभएको छ । यो समूहको गतिविधिहरू समाजका सबै नागरिकको जागरण र परिवर्तनका लागि संवाहक बन्ने बताउनुभयो ।

 

स्थानीय जलेश्वर महादेव मन्दिरको प्राङ्गणमा समूहकी अध्यक्ष तेजमाया कार्कीको अध्यक्षतामा सम्पन्न सो सभामा अर्का स्थानीयबासी कुमारबहादुर पौडेलले पनि बाजा समूहको सक्रियताको निरन्तरताको कामना गर्नुभयो ।

 

सभामा कोषाध्यक्ष मञ्जु दहालको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष तेजमाया कार्कीले भावी योजनाका बारेमा पनि प्रतिवेदन पेश गर्नुभएको थियो । समूहका विभिन्न गतिविधि सञ्चालनबाट २ लाख ६२ हजार रूपैयाँ बढी कुल वार्षिक आम्दानी भएको र १ लाख ९३ हजार खर्च भएको सचिव यज्ञनिधि ढुंगाना ’दिपक’ले बताउनुभयो ।

 

सभामा शान्ति टोल विकास समितिका अध्यक्ष राजकुमार गेलाल, समुहकी उपाध्यक्ष जानुका भण्डारी, पूर्व वडाध्यक्ष डम्बर चेम्जोङ, वाजा गुरु नरबहादुर महतो, जलेश्वर शिवालय मन्दिरका अध्यक्ष चुडाकर्म तुम्वापोले शुभकामना व्यक्त गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका