दमक, २८ असोज । गत भदौ २३ र २४ गते देशका जेन्जी पुस्ताले सरकारले गरेको भ्रष्टचार र अरु विभिन्न मुद्धा उठाई सरकार विरुद्ध आन्दोलन गरेका थिए । देशबाट भ्रष्टचारलाई हटाई देशमा सुशासन कायम गर्नु नै जेन्जीहरुको आन्दोलनको मूल उद्धेश्य थियो । त्यही जेन्जी आन्दोलनका कारण शक्तिशाली केपि शर्मा ओली नेतृत्वको सरकार ढल्यो र अन्तरीम सरकार गठन भयो । त्यो अन्तरीम सरकार गठन भएको पनि अहिले एक महिना पूरा भईसक्यो । तर, के त्यो अन्तरीम सरकारले चाहीँ जेन्जीहरुको माग पुरा हुने गरी काम गरिरहेको छ त ? अन्तरीम सरकारलाई दमकका जेन्जीहरु र नागरिकहरु के सुझाब दिन चाहन्छन् ?
आन्दोलनमा कयौँले आफ्नो ज्यान दिई देशको लागी सहिद भएका थिए भने कयौँ घाईते भएका थिए । जेन्जीले देशको लागी दिएको बलिदानको अन्तरीम सरकारले कदर गरी जेन्जी र पुरै देशका नागरीकको हितको लागी काम गरिरहेको छ त ? यो प्रश्न अहिले आम नागरीकको मानबाट उठीरहेको छ । हाम्रो देश नेपालमा अवसरहरु कम भएका कारण हरेक वर्ष देशका लाखौँ युवाहरु विदेशिन बाध्य छन् । त्यही कुराको अन्त्य गर्दै देशमै धेरै रोजगारको अवसर सिर्जना गरी युवाहरुलाई आफ्नै देशमा बसेर काम गर्न सक्ने सिर्जना गर्न सरकारले गनुपर्ने बताउनुहुन्छ उर्लाबारी ८ मोरङका प्रविन निरौला ।
अहिले बनेको अन्तरीम सरकारले पनि पहिलाको सरकारले जस्तै काम गर्न निकै समय लगाएको बताउनुहुन्छ दमक ७ का स्थानीय युवा युजन लिम्बु । नयाँ बनेको अन्तरीम सरकारको अवधी छोटो । ६ महिने यो सरकारले परिणाम देखिने गरि ले छिटो छरितो काम गर्नुपर्ने सझाव उहाँको छ ।
अन्तरीम सरकारलाई धेरै अधिकार त नहोला । अर्थात राष्ट्रिय तथा अन्तरािष्टय स्तरमा प्रभाव पार्ने निर्णय गर्ने र दुरगामी निर्णय गर्न नसक्ला तर नागरीकका स–साना आकक्षा मात्रै पुरा गर्ने हो भने पनि ६ महिनाको अवधि अधिकमत नै हो । तर राज्यबाट अनुभुती हुने गरीको काम नभएको देखेर सरकार कहाँ अल्मलीरहेको छ भन्दै दमक ५ बाट केदार कार्कीले प्रश्न गर्नु भएको छ ।
तीहार लागेको छ । यस्तो बेलामा हुने कालाबजारी, चोरी पैठरी रोक्न अनेकन निर्णय र काम गर्न सक्ने अवसर छन् । बाढि र बाहिरो पीडतलाई सम्बोधन गर्दै सरकार रहेको महसुस गराउन केहि महत्वपूर्ण निर्णय गर्न सक्ने अवसर छ । साथै जेन जी आन्दोलनबाट भएको निजी क्षेत्रका व्यवसायीहरुलाई सहुलीत दिएर फेरी उठ र व्यापार गर भनेर भोषणा गर्ने अवसर पनि यही सरकारलाई छ । तर अझै हुन चाहि सकेको छैन ।









