आधुनिकतासंगै हराउदै छ दियोको प्रयोग, तिहार नजिकिदै जादा ब्यापारीहरु ग्राहकको पखाईमा

दमक, असोज ३० । तिहार नेपालीहरूको सबैभन्दा चम्किलो र रंगीन पर्वहरू मध्ये एक हो। उज्यालो र श्रद्धाको प्रतीक यो पर्वमा घरघरमा दियो बाल्ने परम्परा रहेको छ। परम्परागत रूपमा माटोको दियो बाल्ने चलन रहँदै आएको भए पनि पछिल्लो समय इलेक्ट्रिक बत्ती, एलईडी लाइट र कृत्रिम दियोहरू को प्रयोग तीव्र रूपमा बढ्दै जादा परम्परागत माटोको दियो भने हराउदै गएको छ ।

 

तिहारमा प्रयोग गरिने माटोको दियोसँग धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व जोडिएको छ। परम्परागत रूपमा घर, मंन्दिर, आँगन तथा देवालयहरूमा माटोको दियो बालिने चलन थियो। तर, आजकल यसको महत्त्वबारे उचित जानकारी नहुनु, आधुनिक सजावटको मोह, र सहजताको खोजी जस्ता कारणले गर्दा कृत्रिम दियोको प्रयोग बढ्दो छ। त्यहि कारण ईलेक्ट्रििक पसलहरुमा उपभोक्ताहरुको भीड लाग्दा माटोको दियो बेच्न राखेका स्थानमा ग्राहकको खासै उपस्थीति देखिदैन । अघिल्ला बर्षहरुको तुलनामा हुने ब्यापार निरन्तर रुपमा घट्दै गएको ब्यापारीहरु बताउछन् । दमक ६ स्थित सडक किनारमा दियो लगायत माटोका सामाग्री बेच्न बस्नुभएकी निर्मला पण्डित खासै ब्यापार नभएको बताउनुहुन्छ । अहिले बजारमा पाईने कृतिम दियो प्रचलनमा आएकोले न्यून मात्रामा ब्यापार हुने गरेको उहाको भनाई छ ।

 

आधुनिकतासंगै कृतिम सामाग्रीहरु बढ्दै जानु र पछिल्ला पुस्ताहरुमा यसको महत्वबारे जानकारी नहुनुले पनि परम्परागत दियोको प्रचलन हराउदै गएको देखिन्छ । माटोको दियो किन्न आएका ग्राहकहरु पनि यसको महत्वका बारेमा चाँहि अनबिज्ञ देखिन्छन् । घरपरिवारको परम्परालाई निरन्तरता दिनकै लागि खरिद गरिएको दमक ४ की सबिता ढकालको भनाई छ ।

 

आजको डिजिटल युगमा सजिलो र छिटो काम हुने प्रवृत्तिले पनि परम्परा ओझेलमा पारिरहेको छ। माटोको दियोको तुलनामा कृतिम दियो प्रयोगमा सहज हुने र कम खर्चिलो भएकै कारण यसको प्रयोग बढ्दो छ । सुरक्षाका दृष्टिले पनि माटोको दियो बाट आगलागि हुने भएका कारण एलईडी लाईटको माग धेरै हुने गरेको बताउनुहुन्छ ,सिग्देल डिपार्टमेन्ट स्टोरका सञ्चालक लोकनाथ सिग्देल ।

 

माटोबाट बनेका दियो परम्परासंगै यसको धार्मिक र बैज्ञानिक पक्ष पनि उत्तिकै रहेको छ । तोरीको तेल प्रयोग गरेर बालिने दियोको धार्मिक र बैज्ञानिक पक्षबारे ज्योतिष पण्डित चक्रपाणी गौतम यसो भन्नुहुन्छ ।

माटोको दियो केवल प्रकाशको साधन होइन, त्यो तिहार पर्बको संकेत पनि हो । जसले उज्यालो मात्र होइन, संस्कार, शुद्धता र परम्पराको सम्मान पनि बोकेको हुन्छ। तर, आधुनिकतासंगै यसको महत्व घट्दो क्रममा छ । परिवर्तन र प्रविधि समयको माग हो।तर हाम्रो मौलिकता, परम्परा र सांस्कृतिक सम्पदालाई पनि संरक्षणमा पनि ध्यान दिन जरुरी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,