विज्ञान उत्सव २०२५ —विज्ञान सोच हो, केवल किताब होइन, प्रत्यक्ष जिवनमा कस्ता प्रभाब पार्छ?

दमक, ३ कार्तिक । विज्ञान केवल किताबी विषय होइन, यो त प्रयोगात्मक र व्यावहारिक शैली हो।” यही सोचलाई आत्मसात गर्दै झापाको दमकस्थित झापा मोडल अंग्रेजी विद्यालयमा नेपाल विज्ञान उत्सव २०२५ को भव्य आयोजना सम्पन्न भयो ।

 

कार्यक्रमको उद्देश्य विज्ञानप्रतिको घट्दो आकर्षणलाई पुनः जागृत गराउँदै विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास गर्नु र प्रयोगात्मक सिकाइलाई बढावा दिनु थियो। शुक्रबार बिहानबाट सुरु भएको विज्ञान उत्सवमा विद्यालय प्राङ्गण नै रंगीन र ऊर्जा–पूर्ण देखिएको थियो। विद्यार्थी, शिक्षक, अभिभावक र आम दर्शकको उल्लेखनीय उपस्थिति रहेको यस उत्सवमा विज्ञानका विविध विधाहरूको झल्को दिने गरी दर्जनौं स्टलहरू स्थापना गरिएको थियो। विद्यार्थीहरूले आफ्नै प्रयोगात्मक कार्यहरू, मोडेल, अनुसन्धान आधारित प्रस्तुति र छोटा प्रयोगहरूको माध्यमबाट आफ्ना ज्ञान र प्रतिभा प्रदर्शन गरे। विज्ञान उत्सवको केन्द्रबिन्दु “बायोलोजी सेसन” रह्यो, जसको सहजीकरण रिसर्च ईन्स्टिच्यूट फर बायोसाईन्स एण्ड बायोटेक्नोलाजीले गरेको थियो । उक्त सत्रमा जीवविज्ञानको अध्ययनले भविष्यमा खोल्ने करियरका विविध ढोका, अनुसन्धानका अवसरहरू, र नेपालमा बायोलोजीको सम्भावनाबारे गहन छलफल गरियो।

सेसनलाई सहजीकरण गर्दै सुनिता गौतम घिमिरेले भन्नुभयो , बायोलोजी केवल डाक्टर बन्ने बाटो मात्र होइन। कृषि, खाद्य प्रविधि, औषधि उत्पादन, रोग अनुसन्धान, अनुवांशिक विज्ञान लगायत दर्जनौं क्षेत्रमा बायोलोजीको प्रयोग हुन्छ। नेपालमै बसेर पनि वैज्ञानिक अनुसन्धान गर्न सकिन्छ ।

हाम्रो शिक्षामा अझै पनि याद गर्ने प्रवृत्ति हाबी छ। विज्ञानको मूल कुरा भनेकै प्रश्न गर्नु हो — किन? कसरी? यदि यस्तो भयो भने के हुन्छ? विद्यार्थीले ‘सोच्ने’ तरिका सिक्नुपर्छ। त्यो सोच वैज्ञानिक बन्ने पहिलो पाइला रहेको अर्कि बक्ता रोषनी तामाङले भन्नुभयो ।
सेसनमा भाग लिएका सहभागिहरुले पनि छलफल प्रेरणादायी भएको बताएका छन् । बिज्ञाा बिषय कसरी सहज बनाउने,अघि बढने साईन्समा कस्तो भबिश्य खोज्ने, यसका अबसरहरु कस्ता रहेको छन् जस्ता बिषयमा जानकारी पाएको उल्लेख गरे ।
यसै बिद्यालयमा अध्ययनत अभिमन्यु चापागाईले साईन्सलाई जीबनसंग जोडेर देखाएको बताउनहुन्छ । उहालाई बायोलोजीले बिभिन्न क्षेत्र जसले मानब जीबनलाई प्रत्यक्ष प्रभाब पार्ने कुराले सकरात्मक प्रेरणा दिएको उल्लेख गर्नुभयो ।

पुस्तकका ज्ञान मात्र लिईरहेको बिद्यार्थीहरुलाई यस उत्सब महत्वपूर्ण रह्यो । अहलेको बर्तमान परिस्थितीलाई कसरी प्रयोगमा ल्याउने । भबिष्यको लक्ष्यप्रति कसरी माईण्डसेट तयार गर्ने, बिज्ञानले कसी प्रभाब पार्छ जस्ता महत्वपूर्ण सिकाई लाग्यो अर्का बिद्यार्थी साकास सेढाईलाई।

नेपाल विज्ञान उत्सव २०२५ को आयोजनले झापा क्षेत्रका विद्यार्थीहरूलाई विज्ञानसँग गहिरो रूपमा परिचित गराउनुका साथै विज्ञानप्रतिको रुचि र सोचलाई प्रेरित र्गयो। प्रयोगात्मक सिकाइ, विशेषज्ञसँगको अन्तरक्रिया, र विद्यार्थीको सक्रिय सहभागिताले यस उत्सवलाई वैज्ञानिक सोचको विस्तार गर्ने दिशामा महत्वपूर्ण टेवा र्पुयाउने विश्वास लिइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,