दमक, ३ कार्तिक । विज्ञान केवल किताबी विषय होइन, यो त प्रयोगात्मक र व्यावहारिक शैली हो।” यही सोचलाई आत्मसात गर्दै झापाको दमकस्थित झापा मोडल अंग्रेजी विद्यालयमा नेपाल विज्ञान उत्सव २०२५ को भव्य आयोजना सम्पन्न भयो ।
कार्यक्रमको उद्देश्य विज्ञानप्रतिको घट्दो आकर्षणलाई पुनः जागृत गराउँदै विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास गर्नु र प्रयोगात्मक सिकाइलाई बढावा दिनु थियो। शुक्रबार बिहानबाट सुरु भएको विज्ञान उत्सवमा विद्यालय प्राङ्गण नै रंगीन र ऊर्जा–पूर्ण देखिएको थियो। विद्यार्थी, शिक्षक, अभिभावक र आम दर्शकको उल्लेखनीय उपस्थिति रहेको यस उत्सवमा विज्ञानका विविध विधाहरूको झल्को दिने गरी दर्जनौं स्टलहरू स्थापना गरिएको थियो। विद्यार्थीहरूले आफ्नै प्रयोगात्मक कार्यहरू, मोडेल, अनुसन्धान आधारित प्रस्तुति र छोटा प्रयोगहरूको माध्यमबाट आफ्ना ज्ञान र प्रतिभा प्रदर्शन गरे। विज्ञान उत्सवको केन्द्रबिन्दु “बायोलोजी सेसन” रह्यो, जसको सहजीकरण रिसर्च ईन्स्टिच्यूट फर बायोसाईन्स एण्ड बायोटेक्नोलाजीले गरेको थियो । उक्त सत्रमा जीवविज्ञानको अध्ययनले भविष्यमा खोल्ने करियरका विविध ढोका, अनुसन्धानका अवसरहरू, र नेपालमा बायोलोजीको सम्भावनाबारे गहन छलफल गरियो।
सेसनलाई सहजीकरण गर्दै सुनिता गौतम घिमिरेले भन्नुभयो , बायोलोजी केवल डाक्टर बन्ने बाटो मात्र होइन। कृषि, खाद्य प्रविधि, औषधि उत्पादन, रोग अनुसन्धान, अनुवांशिक विज्ञान लगायत दर्जनौं क्षेत्रमा बायोलोजीको प्रयोग हुन्छ। नेपालमै बसेर पनि वैज्ञानिक अनुसन्धान गर्न सकिन्छ ।
हाम्रो शिक्षामा अझै पनि याद गर्ने प्रवृत्ति हाबी छ। विज्ञानको मूल कुरा भनेकै प्रश्न गर्नु हो — किन? कसरी? यदि यस्तो भयो भने के हुन्छ? विद्यार्थीले ‘सोच्ने’ तरिका सिक्नुपर्छ। त्यो सोच वैज्ञानिक बन्ने पहिलो पाइला रहेको अर्कि बक्ता रोषनी तामाङले भन्नुभयो ।
सेसनमा भाग लिएका सहभागिहरुले पनि छलफल प्रेरणादायी भएको बताएका छन् । बिज्ञाा बिषय कसरी सहज बनाउने,अघि बढने साईन्समा कस्तो भबिश्य खोज्ने, यसका अबसरहरु कस्ता रहेको छन् जस्ता बिषयमा जानकारी पाएको उल्लेख गरे ।
यसै बिद्यालयमा अध्ययनत अभिमन्यु चापागाईले साईन्सलाई जीबनसंग जोडेर देखाएको बताउनहुन्छ । उहालाई बायोलोजीले बिभिन्न क्षेत्र जसले मानब जीबनलाई प्रत्यक्ष प्रभाब पार्ने कुराले सकरात्मक प्रेरणा दिएको उल्लेख गर्नुभयो ।
पुस्तकका ज्ञान मात्र लिईरहेको बिद्यार्थीहरुलाई यस उत्सब महत्वपूर्ण रह्यो । अहलेको बर्तमान परिस्थितीलाई कसरी प्रयोगमा ल्याउने । भबिष्यको लक्ष्यप्रति कसरी माईण्डसेट तयार गर्ने, बिज्ञानले कसी प्रभाब पार्छ जस्ता महत्वपूर्ण सिकाई लाग्यो अर्का बिद्यार्थी साकास सेढाईलाई।
नेपाल विज्ञान उत्सव २०२५ को आयोजनले झापा क्षेत्रका विद्यार्थीहरूलाई विज्ञानसँग गहिरो रूपमा परिचित गराउनुका साथै विज्ञानप्रतिको रुचि र सोचलाई प्रेरित र्गयो। प्रयोगात्मक सिकाइ, विशेषज्ञसँगको अन्तरक्रिया, र विद्यार्थीको सक्रिय सहभागिताले यस उत्सवलाई वैज्ञानिक सोचको विस्तार गर्ने दिशामा महत्वपूर्ण टेवा र्पुयाउने विश्वास लिइएको छ।









