महाकबी देबकोटाको जन्मजयन्ती, दश वर्षमै कबिता लेखन शुरु,महाकबिका रुपमा साहित्य जगतमा 

दमक,३ कार्तिक । नेपालका साहित्यिक आकाशका असाधारण नक्षत्र हुन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा। वि.सं. १९६६ साल, कार्तिक कृष्णपक्षको तृृतिया तिथी लक्षमी पूजाकादिन दिन जन्ममुभएका देबकोटाको हरेक बर्ष लक्ष्मी पूजाका दिन जन्मजयन्ती मनाईने गरिएको छ ।

 

नेपाली साहित्यमा आधुनिकताको सुरुवात गर्ने, मानवता र राष्ट्रियताको आवाज बुलन्द गर्ने महाकविलाई नेपालीभासी रहेको बिश्वका जुनसुकै स्थानमा पनि उत्तिकै सम्झना गर्ने गरिएको छ । देबकोटाले नेपाली साहित्यमा कबिता, निबन्ध, खण्डकाब्य प्रकाशित छन् । साहित्यमा उचाई चुम्नुभएका देबकोटाको जीबन र जीबनीमा बिभिन्न चर्चा हुने गरेको छ । दश बर्षकै उमेरमा कबिता मार्फत साहित्यको पाईला अघि बढाउनुभएको देबकोटाको पारिवारिक पृष्ठभूमिले पनि उत्तिकै स्थान पाउने गरेको छ । खासगरि उहाको बाल्यकाल सुखमय नभएको ठूला घरनाका कारण आर्थिक अभाब भोग्नु परेको अध्यापक तथा साहित्यकार भूमिप्रसाद दाहालको बुझाई छ ।

महाकबि देबकोटाको शाकुन्तल महाकाब्य मा अध्ययन गरिरहनुभएका दाहालले नेपाली साहित्यमा ‘महाकवि’ उपाधि पाउनुभएका देवकोटाका साहित्यमा संख्यात्मक र गुणात्मक दुबै दृष्टिले उचाइमा रहेको रहेको बताउनुहुन्छ । ‘शाकुन्तल’ उहाँको सबैभन्दा रुचाइएको महाकाव्य हो भने, ‘मुनामदन’ भने जनस्तरमा सबैभन्दा लोकप्रिय काव्यकृति बन्न पुगेको छ। मात्र कविता वा महाकाव्य लेख्नेमात्र होइन, उहाँ निबन्धकारका रूपमा पनि उत्तिकै सक्षम रहनुभएको थियो। उहाँका निबन्धहरूमा दार्शनिकता, तर्क, भावना र राष्ट्रिय चेतनाको अनुपम संगम पाईने दाहालले बताउनुभयो ।

नेपाली मात्र होइन, अङ्ग्रेजी साहित्यमा पनि उहाँको दखल उल्लेखनीय थियो। उहाँले अङ्ग्रेजी भाषामा लेखिएका कृतिहरू समेत सिर्जना गर्नुभएको थियो। यही कारणले गर्दा कतिपयले उहाँको तुलना विश्वप्रसिद्ध अंग्रेजी साहित्यकार विलियम सेक्सपियरसँग तुलना गरेर चर्चा हुने गरेको छ । उहालाई नेपाली साहित्यका सेक्सपियरको उपाधी दिईएको छ ।
देवकोटाको लेखनीमा मानवता र राष्ट्रियताको सुगन्ध भरिएको पाइन्छ। ‘मानवता मेरो धर्म हो’, ‘कवि समाजको दर्पण हो’ जस्ता दृष्टिकोण उहाँका काव्य चिन्तनका मूल आधार हुन्। मुनामदनमा त उहाँले सीधै आममानिसका पीडा, प्रेम, वियोग र संवेदना बोलेका छन्, जुन हिजो जति आज पनि उत्तिकै सान्दर्भिक छन्। तर यति विपुल योगदान दिए पनि महाकवि देवकोटाले आफ्नो जीवनमा धेरै कठिनाइहरू भोग्नुर्पयो। आज पनि हाम्रा पुस्तकालयहरूमा, साहित्यिक फोरमहरूमा, रेडियो र टेलिभिजनमा देवकोटाका काव्य चर्चा भइरहन्छन्। तर उहाँले जति योगदान दिनुभयो, त्यो अनुरूपको सम्मान र संरक्षण भने आजसम्म पनि पूर्ण रूपमा भएको छैन भन्ने गुनासो साहित्यप्रेमीहरूको छ ।यसलाई नेपाली साहित्यकै बिडम्बना भएको बताउनुहुन्छ, अध्यापक भूमिप्रसाद दाहाल ।

वि.सं. २०१६ सालमा ५० वर्षको उमेरमा महाकविको देहावसान भयो। तर उहाँका विचार, लेखन र कृतिहरू भने सधैं जीवित छन् । .नेपाली साहित्यलाई आधुनिक दिशा दिनमा देवकोटाको योगदान महत्त्वपूर्ण छ। देवकोटाको विचार, भावना र सिर्जनाले आज पनि नयाँ पुस्तालाई सोच्न, प्रश्न गर्न र परिवर्तन गर्न प्रेरणा दिन्छ। उहाँका शब्दहरू आज पनि समाजलाई दिशा दिने दीपझैँ जलिरहेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,