झापामा नेपाली सेना,सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त गस्ती शुरु

उक्त गस्ती कात्तिक १५ गतेसम्म फरक–फरक समयमा दैनिक गरिने

झापा, ४ कात्तिक । झापामा नेपाली सेना,सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त गस्ती शुरु भएको प्रहरीले जनाएको छ ।

३ वटा सुरक्षा निकायले दैनिक रुपमा संयुक्त गस्ती थालेका छन्। हिजो सोमबार विहान नेपाली सेनाका अरिदमन गुल्म चन्द्रगढीबाट सहायक सेनानि भिमप्रसाद ढकालको कमाण्डमा ६ जनाको टोली , जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी सहायक निरीक्षक सुशान्त पौडेलको कमाण्डमा ५ जनाको टोली र सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बुद्धिराज राईको कमाण्डमा ७ जनाको टोली दुई वटा सवारी साधनमा भद्रपुर १०चन्द्रगढी बिमानस्थल हुँदै भद्रपुर ५ को सीमा एरियातर्फ गस्ती खटिएको छ।

 

त्यस्तै हिजो दिउँसो ३;३० बजे दमक नगरपालिका वडा नं. –१,५ र ६ दमक बजार क्षेत्रमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षक दावा थिङको कमाण्डमा ७ जना, अरिदमन गण चारआलीबाट उप–सेनानी बिजय पाण्डेको कमाण्डमा १० जना, ३८ न.रिजव गण पाडाजुंगीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठको कमाण्डमा ६ जना गरी जम्मा २३ जनाको संयुक्त पैदल गस्ती निस्किएको थियो भने उक्त गस्ती कात्तिक १५ गतेसम्म फरक–फरक समयमा दैनिक गरिने प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित