मधुमल्ला मिनी महोत्सव,रमाईलो क्षण र प्रकाश सपुतको जादु 

मधुमल्ला ,४ कार्तिक। कार्तिक ६ गते भाईटिकाको दिन देशभर एक साथ प्रसारणमा आउन लागेको नेपाली चलचित्र सोल्टिनीको टिम यतिबेला देशभर प्रचार प्रसारमा व्यस्त छन् । चलचित्रका मुख्य कलाकारसहितको टोलि पूर्बी नेपालको मुख्य शहर र महोत्सबमा सहभागि भई आफ्नो चलचित्रको प्रचार गरिरहेको छन् । यस्तै दृश्य मोरङको मधुमल्ला बजारमा पनि देखियो । गत कार्तिक २ गतेको महोत्सबमा चलचित्रका कलाकार प्रकाश सपुत, परीक्षा लिम्बु महोत्सबमा दर्शकमाझ रमाईरहेका थिए । आफ्नो चलचित्र हेर्न आह्नान गरिरहेको थिए ।

 

महोत्सवको मुख्य आकर्षणका रुपमा गायक तथा अभिनेता प्रकाश सपुत थिए । सपुतका आगमनसँगै महोत्सवमा उत्साह बढेको देखिन्थ्यो । सपूतले गीत गाउदा महोत्सब साच्चिकै हेर्न लायक थियो । दर्शकहरुले सपूतलाई साथ दिदै उत्साह भरिरहेको थिए । यसले मेलाको रौनकता नै बढाएको थियो ।

 

 

साँझपख झिलिमिली बत्तीसंगीत र नृत्यको साथमा कार्यक्रम अझ रंगीन बनेको थियो । स्थानीय कलाकारहरुको प्रस्तुति , रोटेपिङ जस्ता रमाईला खेलले स्थानीयवासीलाई मात्र होईन, आसपासका क्षेत्रका मानिसहरुलाई पनि आकर्षित थियो ।

स्थानीय क्षेत्रमा पछिल्ला समय मेला र महोत्सब आयोजना हुन थालेका छन् । यी महोत्सबहरु केबल मनोेरञ्जनको लागि मात्र नभई चलचित्र प्रचार र स्थानीय स्थानको पहिचान बढाउन पनि उत्तिकै महत्व खेलिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,