मधुमल्ला ,४ कार्तिक। कार्तिक ६ गते भाईटिकाको दिन देशभर एक साथ प्रसारणमा आउन लागेको नेपाली चलचित्र सोल्टिनीको टिम यतिबेला देशभर प्रचार प्रसारमा व्यस्त छन् । चलचित्रका मुख्य कलाकारसहितको टोलि पूर्बी नेपालको मुख्य शहर र महोत्सबमा सहभागि भई आफ्नो चलचित्रको प्रचार गरिरहेको छन् । यस्तै दृश्य मोरङको मधुमल्ला बजारमा पनि देखियो । गत कार्तिक २ गतेको महोत्सबमा चलचित्रका कलाकार प्रकाश सपुत, परीक्षा लिम्बु महोत्सबमा दर्शकमाझ रमाईरहेका थिए । आफ्नो चलचित्र हेर्न आह्नान गरिरहेको थिए ।


महोत्सवको मुख्य आकर्षणका रुपमा गायक तथा अभिनेता प्रकाश सपुत थिए । सपुतका आगमनसँगै महोत्सवमा उत्साह बढेको देखिन्थ्यो । सपूतले गीत गाउदा महोत्सब साच्चिकै हेर्न लायक थियो । दर्शकहरुले सपूतलाई साथ दिदै उत्साह भरिरहेको थिए । यसले मेलाको रौनकता नै बढाएको थियो ।


साँझपख झिलिमिली बत्तीसंगीत र नृत्यको साथमा कार्यक्रम अझ रंगीन बनेको थियो । स्थानीय कलाकारहरुको प्रस्तुति , रोटेपिङ जस्ता रमाईला खेलले स्थानीयवासीलाई मात्र होईन, आसपासका क्षेत्रका मानिसहरुलाई पनि आकर्षित थियो ।

स्थानीय क्षेत्रमा पछिल्ला समय मेला र महोत्सब आयोजना हुन थालेका छन् । यी महोत्सबहरु केबल मनोेरञ्जनको लागि मात्र नभई चलचित्र प्रचार र स्थानीय स्थानको पहिचान बढाउन पनि उत्तिकै महत्व खेलिरहेका छन् ।









